लेख / रचना

लेख / रचना (3)

Wednesday, 14 December 2011 17:00

बिशेष लेखहरु

Written by

‘वाम’ अवसरवादका विशेषताहरू- हेमन्तप्रकाश ओली ‘सुदर्शन

विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक छ । नेपाली कम्युनिस्ट आन्दोलन एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा ज्वाजल्यमान र भर्भराउँदो छ । यो कम्युनिस्ट पार्टी विश्वमा सबभन्दा विशाल कम्युनिस्ट पार्टी पनि हो । यसबाट त्राहिमाम अमेरिकी साम्राज्यवाद र त्यसका पिछलगुवाहरूले यो क्रान्तिकारी पार्टी विघटन एवं विर्सजन गर्ने कुत्सित मनसायका साथ पार्टीभित्रैबाट तोडफोड गर्न षड्यन्त्र गरिरहेका छन् । शान्ति प्रक्रियामा आएपछिका छ बर्षे अवधिमा यो दुस्प्रयास जारी छ र पार्टीभित्रको दुईलाईन संघर्ष कुनै न कुनै रूपमा यसबाट प्रभावित छ । कहिले दक्षिणपन्थी अवसरवाद त कहिले वाम अवसरवाद पार्टी तोडफोडका रूपमा देखा परिरहेको छ । जनयुद्धपूर्ब दक्षिणपन्थी अवसरवादले बढी सताउँने गर्थ्यो भने जनयुद्धपछि वाम अवसरवादले सताउँदै आएको छ । यहाँ जनयुद्धपछि र हाल हामीले जुध्नु परिरहेको वाम अवसरवादका विशेषताहरूबारे चर्चा गर्ने कोशिस गरिदैछ ।

केन्द्रीय समिति बैठकको कार्यभार - कमरेड बसन्त

यही कार्तिक १७ गतेको दिन हाम्रो पार्टी एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को केन्द्रीय समितिको बैठक डाकिएको थियो । त्यो दिन दिनको करीव ३ बजे बैठक कक्षमा अध्यक्षले बैठक सुरुभएको घोषणा गर्नुभयो र त्यस क्रममा केही एजेण्डाहरु पनि प्रस्तुत भए । तर बैठक करीव आधा घण्टाभन्दा बढी समय चलेन । एकमात्र एजेण्डा शहीदहरु प्रतिको श्रद्धाञ्जली सकिए पछि अध्यक्षले बैठक पुनः कार्तिक २७गते बस्ने गरी १० दिनको लागि स्थगित गर्नुभयो । बैठक उद्घाटनको मन्तव्य राख्ने क्रममा अध्यक्षले दुईवटा महत्वपूर्ण कुराहरु उठाउनु भएको छ र ती कुराले विशेष अर्थ राख्दछन् । पहिलो, अहिले अन्तरसंघर्ष उत्कर्षमा पुगेको छ अव यसलाई निस्कर्षमा पु¥याउनु पर्दछ । दोस्रो, यो अन्तरसंघर्ष एउटा वा दुईटा कार्यनीतिक योजनामा परेको अन्तरका कारणले पैदा भएको होईन बरु यो समग्र कार्यनीतिक श्रृंखलामा अर्थात रणनीतिमा परेको अन्तरका कारणले हो । तर रणनीति वा कार्यदिशामा परेको अन्तर कहां नेर हो, त्यो वहांले लिखित दस्तावेजका रुपमा आधिकारिक ढङ्घले पार्टी मिटिङ्गमा अहिलेसम्म राख्नु भएको छैन ।
 
अहिले केन्द्रीय समितिको बैठकमा भएको बहसको आरोह-अवरोह, सुरुमा सबै साथीहरु अलि बढी कडा रुपमा प्रस्तुत हुनुभएको थियोे । बीचमा अलि सन्तुलित भयो । अस्तिदेखि फेरी एउटा पक्षको एउटा विचारसमूहको पनि एउटा उपगुट -विप्लव गुट) बाट अलि कडै रुपमा प्रस्तुति भयो ।फरक फरक विचारका दुईर् वटा पक्ष भएपछि डिबेट चल्नु स्वाभाविक नै भयो । अहिले चाहीँ कार्यदिशामाथि बहस चलिरहेको छ । कार्यदिशाका पनि दुई पक्ष छन् । एउटा त नेपाली क्रान्तिको मोडेलमा २०५७ सालमा जे पारित भयो, नेपाली क्रान्तिको मोडेल । त्यो मोडेललाई अलि ओझेलमा राख्ने काम पनि भइरहेको छ । अर्को चाहीँ तत्कालीन कार्यनीतिका विषयमा छलफल भइरहेको छ । तत्कालीन कार्यनीति, कार्यदिशा र नेपाली क्रान्तिको मोडेलमाथि बहस हुनु पर्ने थियो तर, अर्कोतिरबाट त्यसलाई तलमाथि, यताउता पार्ने र गालि गलौज वा आरोप प्रत्यारोप तर्फ वैठकलाई लाने कोशिस पनि भइरहेको छ ।
पार्टीभित्रको समस्या समाधानका लागि अध्यक्षले अहिले प्रस्तुत गर्नुभएको कुरा के हो भने, विचारधारात्मक राजनीतिक कार्यदिशा दीर्घकालीन कुरा हो । माओवाद/विचारधाराको बहस पनि छ । त्यसलाई अहिले नै टुङ्गो लगाउन सक्दैनौं । त्यसलाई छलफलको प्रक्रियामा लैजाने, आन्तरिक रुपमा फोरम चलाएर लैजाने, वा अरु केहीबाट बहस चलाउने र महाधिवेशनमा लगेर टुंग्याउने । तत्कालीन कुरामा विधिमा एकरुपताका साथ जाने, अनुशासन, जनवादी केन्द्रीयता सबैले मान्ने अथवा पहिलेनै बनाइसकेको पाँचबुँदे विधिलाई सबैले मानेर जाने । बाहिर कति बहस गर्ने, कति चाहीँ भित्र बहस गर्ने भन्ने छुट्याउने ।
अर्को चाहीँ कार्यक्रममा एकरुपता गरेर जाने भन्ने हो । सबै विचारसमूहका लागि मान्य हुने साझा कार्यक्रम बनाएर जाउँ भन्ने हो । एकरुपता कायम गरेर तलैसम्म जाउँ । पार्टी प्यारालाइज भयो, त्यसलाई जीवन्त बनाएर जाउँ भन्ने प्रस्तुति अध्यक्षको छ । त्यसबाहेक शान्ति संविधानको लाइनअनुसार जे जति सहमति, सम्झौताहरु- चार बुँदे, सात बुँदे, विप्पा ) भएका छन्, ठिकै भएका छन् तर विप्पा लगायत अरु कैयौं विषयहरुमा पनि समीक्षा गर्न सकिने कुरा पनि अध्यक्षले प्रस्तुत गर्नुभएको छ ।
अर्कोतिरबाट किरणजीले यसको काउन्टरको रुपमा, काउन्टर दस्तावेज प्रस्तुत गर्नुभएको छ । उहाँले के भन्नुभएको छ भने जे जति प्रस्तुत भएका छन् । त्यो दक्षिणपन्थी, संशोधनवादतिर गइरहेको छ र जे भइरहेका छन्, त्यसले चाहीँ आत्मसमर्पणवाद, दलालीतिर, गद्दारीतिर गइराखेको छ है भनेर विषयबस्तुहरुलाई प्रस्तुत गर्नुभएको छ । तर उहाँ जानु यसरी पथ्र्यो वा सही यो हो भनेर दिन सक्नु भाको छैन । त्यसको अन्तिम निष्कर्ष चाहीँ के हो त भन्ने कुरामा किरणजीको दस्तावेज ले केही बोल्न सकेको छैन ।
विगतदेखिको इतिहास हेर्दा कमरेड किरणको समस्या भनेको के हो भने कैयौं विषयबस्तुहरुलाई बहसको रुपमा उप्काइदिने, समस्याहरु छन भन्ने तर ति समास्याहरुको समाधान र अगाडिको सही दिशा दिन नसक्ने । उहाँको त्यही प्रवृत्तिका कारण हामीले लामो समयदेखि दुःख पनि पाइरहेका छौं । अहिले पनि उहाँले समस्याहरुलाई राख्नु चाहीँ भएको छ तर त्यसको समाधान बोल्नसक्नु भएको छैन् । भने अर्को तर्फ उहाँले आफ्नै विचार समूहलाई पनि नियन्त्रण गर्न सकिरहनुभएको छैन । यस्तै स्थितिमा केन्द्रीय समितिमा हाम्रो छलफल बहस चलिरहेका छन् ।
बाहिरको भ्रम र भित्रको यथार्थता
छलफल बहसका क्रममा बाहिर जस्तो कि बसन्तपुरमा, विराटनगरमा गएर अथवा चितवनमा गएर बादलजी, विप्लवजीले जसरी दलाल, गद्दार, आत्मसमर्पणवादी भनेर जसरी अध्यक्षलाई भन्नुभएको थियो तर केन्द्रीय समिति बैठकमा भन्नुभएको छैन । बैठकमात उहाँहरुं बडो चाहीँ जेन्टलम्यान’का रुपमा, भलादमीका रुपमा प्रस्तुत हुनुभयो । बैठकमात क्रान्तिकारी नेता जसरी नै प्रस्तुत हुनुभयो । बाहिर जनतालाई जे मन लाग्यो त्यही भन्दिने तर भित्र चाहीँ त्यो भन्न नसक्ने । अनि आफैले लगाएको आरोप पनि पुष्टि गर्न नसक्ने । यदि उहाँहरु साच्चैको क्रान्तिकारी नेता हे भने, बादल, विप्लवहरुले पनि आफुले लगाएको आरोप बैठकमै पुष्टी गर्नसक्नुपर्दथ्र्यो । यो कारणले गद्दार, त्यो कारणले गद्दार भनेर भन्नुपथ्र्यो नि त ! त्यो नगरिकन उहाँले के भन्नुभयो भने बहसको प्रक्रियामा हामी उत्कर्षमा छौं भन्नुभयो । विप्लवजीले किरणजीकै दस्तावेजलाई पनि आफ्नै विचारका रुपमा प्रस्तुत गर्ने र सबै व्याख्या चाहीँ भएको छैन भनेर आफैं नेता बन्न खोज्नुभयो ।  यो खालको धुत्र्यार्इँ र फट्याईंचाहीँ बैठकमा देखा पर्‍यो । देव गुरुङजी जस्ता साथीहरुले जुन परिपक्वता साथ प्रस्तुत हुनुपथ्र्यो तर उहाँले के भन्नुभयो भने – अध्यक्षलाई ‘दक्षिणपन्थी अवसरवादी’ भनेर मात्रै हुँदैन, एकाधिकारवादी, दलाल, नोकरशाही, पूँजीवाद परस्त’ भन्नुपर्छ भनेर प्रस्तुत हुनुभयो । अनि ‘साम्राज्यवाद, विस्तारवादपरस्त’ भन्नुपर्छ भनेर पनि भन्नुभएको छ । के यस्तो अभिव्यक्ति गरेपछि एउटै पार्टीमा बस्न मिल्छ कि मिल्दैन ? तर बैठक संग संगै बसेर अनौठो प्रयोग भाकोछ, हाम्रो पार्टीमा । नयाँ प्रयोग पनि हो यो । यदि बैठकमा नै एउटाले अर्कालाई दलाल भएको, गद्दार भएको पुष्टी गर्ने कुराहरु राख्न सकेको भए चाहीँ सही हुने थियो । तर, भित्र नभन्ने बाहिर भने मनलाग्दि ढंगले बोल्नु क्रान्तिकारी आचारणबाट च्यूत भएको देखिन्छ । बहस अमैत्रीपूर्ण, अझ भनौं संयुक्त मोर्चाको मान्यताभन्दा पनि विपरित तरिकाले लै राख्नु भएको छ

। त्यसो गरिनु हँुदैनथ्यो ।
तर अहिलेसम्म आइपुग्दाखेरी बैठकमा कताकता एउटा मनोविज्ञान, हामी फुटेपछि के हुने हो ? आखिर त नेपाली जनता, शहीद, अपाङ्ग घाइते सबैले जे दायित्व हामीलाई दिएका छन्, त्यो पुरा नगरीकन पार्टीलाई फुटमा लैजाने हो भने के हुने हो ? भन्ने खालको आत्मबोधको अवस्था पनि भएको छ । धेरै मानिसहरु जो परिपक्व छन्, नेपाली कम्युनिष्ट आन्दोलन व्यहोरेका छन्, जनआन्दोलन, जनयुद्धको चरणबाट गुजि्रएका छन् र अन्तरसंघर्षमा लामो समयदेखि खारिएर आएका छन्, तिनिहरुलाई कता कता बुद्धि फिर्न थालेजस्तो, एकता त सिध्याउन हुँदैन, पार्टी फुटाउन हुँदैन भनेजस्तो भाव कमरेड बादल, कमरेड किरणजीहरुमा आउन थालेको हो कि भन्ने जस्तो देखिएको छ । जुन सकारात्मक पनि छ ।
तर, फेरी त्यहीँभित्रको विप्लव गुटभने तिनि बुढाहरु-बादल, किरण)ले साथ दिन्नन् कि क्या हो भन्ने आशंकाका साथ बहसलाई अलि चर्काएर जानुपर्छ भनेर लागिपरेको छ । धेरैजसो कमरेडहरुचाहिँ अलि विमर्श, छलफलमा लागिराख्नुभएकोले बैठकबाट सकारात्मक निष्कर्ष निस्कन्छ र पार्टी एकतामै जान्छ भन्ने चाहीँ बैठकको अन्तिम अन्तिम तिर आउँदा अनुभूति भईरहेको छ । र त्यसका लागि अध्यक्षबाट आवश्यक गृहकार्य पनि भइराखेको छ ।
यतिवेला हाम्रो पार्टीमा लागेको रोग के हो त ? भन्ने बिषयमा अध्यक्षले आफ्नो प्रतिवेदनमा यही हो भनेर नभने पनि केही संकेत गर्नुभएको छ । सबै परिस्थितिलाई विश्लेषण गर्दा के भन्न सकिन्छ भने, जनयुद्धपछि दक्षिणपन्थी अवसरवादले वाम अवसरवादको घुम्टो ओढेको छ । त्यस अर्थमा अहिले लागेको रोग चाहीँ बाम अवसरवाद हो । अहिले केन्द्रीय समितिको निष्कर्ष पनि त्यतातिर गइराख्या छ । पाँच/छ वर्षको आवधिमा पार्टीको अहिलेको रोगको डायग्नोसिश गर्दा यो निष्कर्षमा पुग्न सकिन्छ ।
लेनिनले के भन्नुभएको छ भने, “विद्रोह किसिकी फर्माइस से नहीँ होता । विद्रोह तब होता हे जब जनसाधारण गुस्सो से भड्क उठपाए ।” तर किरणजीहरु विद्रोहको फर्माइस गरिरहनुभएको छ । आवरण विद्रोहकोे छ । लफ्फाज विद्रोहको छ तर भित्रबाट क्रान्ति गर्ने हो त ? भनेर हेर्दाखेरि त ‘कसका लागि क्रान्ति गरिदिने ?’ भन्नुहुन्छ उहाँहरु । अर्कोतिर विद्रोह गर्नेले सरकारमा जानका लागि र राम्रो मन्त्रालय पाउनका लागि मारामार पनि गरिरहनुभएको छ । अहिले फेरी त्यो प्रक्रिया दोहरीदैछ । र अब छिट्टै सरकार पुनर्गठन हुन सक्छ र सरकारमा किरणजीहर जानुहुन्छ र त्यही यि सब विवाद मिल्ने देखिन्छ ।
जनयुद्धपछि चाहीँ वाम अवसरवाद नै हावि भएर आएको छ । त्यसका केही विषेशताहरु छन् । हाम्रो पार्टीभित्र दक्षिणपन्थी अवसरवादले वाम अवसरवादको रुप लिएको छ । र अहिले त्यो आत्मकेन्दि्रत व्यक्तिवादमा परिणत भएको छ । यतिवेला विद्रोहको राग अलाप्ने विप्लवजीको हिष्ट्री हेर्नेहो भने, म उहाँसँगसँगै लड्याछु । उहाँ कति क्रान्तिकारी हुनुहुन्छ भन्ने पनि थाहा छ । एउटा मात्रै उदाहरण, शान्तिप्रक्रिया सुरुभएपछि विप्लवजी काठमाडौं आउन चाहनुहुन्थ्यो । युद्धकालमा हेडक्वार्टरमा बस्दा उहाँलाई जे फाइदा भइराख्या थियो, त्यो फाइदा काठमाडौं अाएर पनि लिन चाहनुहुन्थ्यो, उहाँले । तर त्यो पुरा भएन । उहाँ कामिडाँडाँ बैठकबाट पश्चिम जानुपर्ने भयो ।
दोस्रो कुरा उहाँ सभासद्का लागि ग्यारेन्टेड ठाउ-रोल्पा)बाट उठ्न चाहनुहुन्थ्यो । तर त्यो मिलेन । महिला पुरुष बराबर हुनुपर्‍यो र अध्यक्ष पनि त्यहीँबाट लड्दा त्यो सम्भव भएन । तेस्रो कुरा सभासद् नभए पनि मन्त्री हुन त पाउनुपर्छ भन्ने थियो उहाँको । तर उहाँले जुन जुन मन्त्रालयमा मन्त्री भएर जान चाहनुहुन्थ्यो, उहाँभन्दा बरिष्ठ नेताहरु बाबुरामजी, बादलजी भएपछि र संयुक्त सरकार भएकोले गर्दा उहाँले पाउनुभएन । गृह, रक्षा, अर्थ, परराष्ट्र, सूचना तथा सञ्चार जस्ता मन्त्रालय नपाएपछि उहाँ सरकारमा पनि जानुभएन । यी तीनवटा घटनाक्रमका कारण, आत्मकेन्दि्रत व्यक्तिवाद भनेको के रहेछ भने आफ्ना स्वार्थ पुरा हुन्जेल पार्टीका सबै नीति, विधान सबै ठीक हुँदा रहेछन् । जब स्वार्थमा ठक्कर लागेपछि चाहीँ सबै बेठिक हुँदा रहेनछन् । त्यही आत्मकेन्दि्रत व्यक्तिवादको परिणाम चाहीँ अराजकतावाद हुन्छ । र विप्लवजी लगाएतमा त्यही अराजकतावाद हावि भएको हो ।किरणजीको पनि त्यही हो । संविधानसभामा उपनेता हुन पाउनु भएन, उहाँ । उपनेता नभएपछि अगाडि बस्नुपर्ने मान्छे सदनमा पछाडि सिटमा गएर बस्नुहुन्थ्यो । उहाँले त्यसैकारण संविधानसभाबाट राजीनामा दिनुभयो । उहाँमा आत्मकेन्दि्रत हुँदै राजीनामाको अराजकता पैदा भयो । अरु बस्नहुने संविधानसभामा उहाँचाही किन बस्न नहुँने ?
किरणजीको मुख्य अर्को समस्या भनेको जो आफू होइन त्यही हो भन्ने, जुन कुराको दोषी आफू हो त्यही दोष अरुलाई लगाउने हो । विप्लवजी, किरणजी, गजुरेलजी, हरिभक्तजीले क्रान्तिकारी हो भनेको सुहाउँदैन । सर्वसाधारणलाई त ढाँट्न सकिएला, तर हामीलाई त सकिँदैन । गजुरेल जीलेत यहाँ बस्न सक्दिन भनेर निवेदन गरेको कारण पार्टीले यूरोपतिर पठाँऊ भन्दा चेन्नई विमानस्थलमा पक्राउ पर्नुभयो । पार्टीले त उहाँले यहाँ बस्न सक्दिन भनेर ठूलो निवेदन गरेको हुनाले, अब गोरोगोरो पनि हुनुहुन्छ युरोप तिरै राखिदिउँ भनेर पठाउने योजना बनाउँदै थियो । तर उहाँ आफै जानुभयो र गिरफ्तार पर्नुभयो । हरिभक्तजी जनयुद्ध सुरु हुनेवित्तिकै छ महिना भाग्नु भयो । कहाँ भाग्नुभयो, आज सम्म थाहा छैन । छ महिना पछि खोजेर उहाँलाई ल्याइया हो। अनि उहाँहरुले क्रान्तिकारी हौं भन्ने ? जो त्यो होइन त्यही हो भन्दा चाहीँ जोक लाग्छ । जतिबेला किलो सेरा टु चलिराख्या थियो, २०५५ सालमा चौथो विस्तारित बैठकबाट आधार इलाकामा जाने, नेतृत्व केन्द्रीकरण गर्ने भन्ने भयो । त्यतिवेला मध्यमाञ्चल ब्युरोको इन्चार्ज किरणजी हुनुहुन्थ्यो । उहाँले परिस्थिति देखि डराएर अध्यक्षसंग छ महिनाको विदा माग्नुभाको थियो । यो कुरा आजसम्म हामीले सार्वजनिक रुपमा भन्या थिएनौं । बढ्ता गरेपछि चाहीँअब भन्छौं। संस्थापन हुनुको नाताले धेरै सहेर विगि्रयो । विप्लवजी क्रान्तिकारी भनेर धरै मान्छेलाई भ्रम परिराख्या छ । युद्धमा जानलाई विप्लवजी कति लत्रिनुहुन्थ्यो भन्ने मलाई राम्रो संग थाहा छ । पाँचगाटिया हान्दाखेरी तलबाट हिँड्नै नसकेर सोनामजी भागेका जस्ता तथ्यहरु धरै छन । आत्मकेन्दि्रत व्यक्तिवाद भनेको त्यही हो । जो त्यो होइन त्यही हो भन्ने ।
यदि उहाँहरुले अर्थमन्त्री र परराष्ट्र पाएको भए त चारबुँदे राष्ट्रवादी हुने रहेछ नी । दुई/चार दिनसम्म किन नभनेको त्यसलाई राष्ट्रघाती ? जब मन्त्रीमण्डलको लिष्ट आयो त्यसपछि त्यसलाई राष्ट्रघाती भन्ने ? पहिले त राम्रै भयो भनेर गोजीमा हालेर जानुभयो, किरणजीले पछि केही पर गएपछि त भूमिकै ठीक रहेनछ रे ? पर गएपछि होइन विप्लवजीले सिकाएपछि हो त्यो भनेको ।
वहाँहरुको अर्को समस्या भनेको पोजेटिभ कुरा गर्ने तर नेगेटिभ उद्देश्य राख्ने हो । झलनाथ खनाल प्रधानमन्त्री हुँदा समानुपातिक प्रतिनिधित्व भएन भनेर सकारात्मक कुरा राख्नुभएको थियो । त्यसबाट के गरियो भने सभासद्हरुको हस्ताक्षर गराएर अध्यक्षलाई संसदीय दलबाट हटाउन खोज्ने नकारात्मक उद्देश्य मा त्यो हस्ताक्षेरलाई प्रयोग गरियो । धोविघाटमा पनि बैज्ञानिक कार्यविभाजन हुनुपर्छ भन्ने कति राम्रो कुरा गर्नुभएको थियो । तर उहाँहरुको उद्देश्य के थियो भने बहुमत पाएको भए, अध्यक्षलाई पदबाट गुल्ट्याउने ।
उहाँहरुको अर्को कमजोरी भनेको अग्रगामी कुरा पश्चगामी व्यवहार । अहिले छापामार युद्धको कुरा गर्नु के हो ? कि त उहाँहरुले अहिलेका उपलब्धिहरु सकिए भन्नु पर्‍यो । हामीले त भनेको विद्रोह चाहीँ अहिलेको उपलब्धिमा टेक्दै समग्र सत्ता हातमा लिने भन्ने हो । किरणजीले अबको विद्रोहचाहीँ ‘जनयुद्ध-२’ भन्नुभा’छ ‘तिसरी दुनियाँ’मा दिएका अन्तरवार्तामा । फेरी जनयुद्ध लड्ने हो ? चुनवाङ बैठक बेठीक हो भने ठिक के हो त ? चुनवाङ बैठकको परिणाम राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना हो । त्यसो भए उहाँहरुलाई राजतन्त्र रहिरहनु ठिक हुन्थ्यो त ? चुनवाङ बैठकको परिणाम नमान्ने हो भने राजतन्त्र ठीक भन्ने हुन्छ । त्यसकारण उहाँहरुको कुरा अग्रगामी काम पश्चगामी छ ।
सुरुमा वाम अवसरवादीहरु उत्तराधिकारीका रुपमा प्रस्तुत हुने, मानौं कि यीनै हुन् प्रचण्डलाई थाम्ने नेता भन्या जस्तो हुने, पछि गएर समानान्तर रुपमा अस्त हुने, सिद्धिने हाम्रो पार्टीमा विगतदेखिनै देखिएको छ । आलोक पनि त सुरुमा यिनीभन्दा क्रान्तिकारी त कोही छैनन् जस्तो हुन्थ्यो, तर पछि उहाँले एउटा पोष्टरमा आफ्नो कोटेशन र प्रचण्डको कोटेशनलाई समानान्तर रुपमा राखे । रविन्द्र श्रेष्ठलाई पनि सुरुमा छोटे प्रचण्ड भन्थे, पछि चाहीँ उहाँले दिवाकरजीलाई स्थायी समितिबाट हट्नुस म आउँछु भनेर प्रस्तावै गरे । अहिले विप्लवजीमा पनि त्यही देखा परेको छ । सुरुमा प्रचण्डभन्दा ठुलो कोही छैन भन्ने थियो, विप्लवजीमा । तर अहिले समानान्तर अध्यक्षका रुपमा देखिनुभएको छ । त्यसकारण दक्षिणपन्थी अवसरवाद पनि छ तर प्रमुख रुपमा वाम अवसरवादले नै पार्टीलाई हानिरहेको स्थिति हो, अहिले । यो हामीकहाँ मात्र नभएर संसारभर नै यस्तै कुराहरु देखा परीरहेका छन् । इतिहासलाई हेर्ने हो भने जतिवेला लेनिनले ट्राटस्कीलाई जर्मनीसँग सम्झौता गर्ने जिम्मा दिनुभयो तर ट्राटस्कीले सम्झौता नगरी आए भुखारीनको आदेशमा । भुखारिनचाहीँ वाम अवसरवादी थिए । लेनिन भने आफ्नो एउटा शक्ति सञ्चय गर्नुथियो र सम्झौता गर्नुपर्छ भन्नेमा हुनुहुन्थ्यो । जसकारण  पछि अझ धेरै जमिन दिएर उहाँले सम्झौता गरेर आउनुभयो । त्यतिबेला लेनिनलाई पनि गद्दार, राष्ट्रघातीको आरोप लगाइयो । पछि त गद्दार को रहेछन् ? ट्राटस्की र भुखारिन । उनीहरु त जर्मनीको एजेण्ट रहेछन् नि ? लिन प्यायो र माओको पनि त्यस्तै भयो । त्यसकारण अहिले दक्षिणपन्थी अवसरवाद मात्रै भनेर पुग्दैन । एकाधिकारवादी, दलाल, नोकरशाही पूँजीवादपरस्त भनेर जुन आरोप उहाँहरुले नेतृत्वलाई लगाईरहनुभएको छ तिनीहरु नै कति पानीमा छन् भन्ने कुरा राम्रोसँग थाहा छ । त्यो सावित हुन्छ, इतिहासले पुष्टी गनेर्छ ।
पार्टीको अहिलेको लाईन भनेको शान्ति र संविधानको माध्यमबाट अन्तिम सम्म लड्ने हो । त्यसो गर्दा बाटोमा अवरोध तेर्सिए भने त्यसलाई जनविद्रोह मार्फत फाल्नै पर्छ । विद्रोह गर्ने भनेको त्यत्तिकै होइन जनता सहित हो ।यतिवेला केन्द्रीय समितिको बैठक चलिरहँदा अधिकांशमा एकता गरेरै जानुपर्छ भन्ने भावना पैदा भएको छ । केन्द्रीय समितिमा एकताकै लागि पहल भइरहेको छ । केही सैद्धान्तिक मतभेदहरुलाई फोरम चलाएर महाधिवेशनसम्म लगिन्छ । त्यसका लागि निश्चित विधिहरु हुन्छन् । त्यसबाहेक तत्कालीन कार्यक्रमहरुमा अध्यक्ष र किरणजीको खासै भिन्नता छैन । कार्यक्रमहरुमा सहमति जुटाएर एकरुपताका साथ अघि बढ्ने हुन्छ । त्यसो गर्दा पनि उहाँ -बैद्य विचारसमूह)हरु सहमत हुन सक्नुहुन्न भने त उहाँहरुलाई पनि विद्रोह गर्ने अधिकार छ । र संस्थापन पक्षसँग पनि उहाँहरुमाथि कारवाही गर्ने अधिकार छ । त्यो स्थितिमा खासगरी अहिले विप्लवजीले नेतृत्व गरिरहनुभएको ग्याङ -समूह)ले चाहीँ स्थिति चर्काउने देखिन्छ ।(कुराकानिमा आधारित)

 

 / जेठ १४ नजिकिंदै गर्दा नेपाली दलहरू बीचका असहमति, असमझदारीको दायरा झनै बढ्दै गइरहेको अवस्थामा बनेको पाँच बुँदे सहमतिप्रति अहिले राजनीतिक दल, नागरिक समाज र सर्वसाधारण जनताबाट मिश्रति प्रकारका प्रतिक्रियाहरू आइरहेका छन् । पाँच बुँदे सहमति बिगतमा भएका सात बुँदे र छ बुँदे सहमतिको निरन्तरताका रूपमा बुझ्नु उपयुक्त हुन्छ ।

यतिबेलाको मुख्य कार्यभार संविधान निर्माण नै हो । संविधान निर्माणका निम्ति एकीकृत नेकपा माओवादीले बिगतदेखि नै आफ्ना पृथक एजेन्डा जनताका बीचमा प्रस्तुत गरेको छ । तिनै एजेन्डा प्राप्ति गर्न र नयाँ जनवादीक्रान्ति सम्पन्न गर्न दश वर्षे जनयुद्ध पनि सञ्चालन गरेको हो । त्यही दश वर्षे जनयुद्धको जगमा अहिले राज्य पुनर्संरचनाको मुद्दा अकाट्य रूपमा स्थापित भैसकेको छ । अहिले हामीले पहिचान र सामथ्र्यलाई आधार बनाएर राज्यको पुनर्संरचना गर्ने मुद्दा बटमलाइनका रूपमा पेश गरेका छौं । शासकीय स्वरूपमा पनि अधिकारसम्पन्न कार्यकारी राष्ट्रपति जो जनताद्वारा निर्वाचित हुन्छ, त्यसले निश्चित अवधिसम्म देशलाई नेतृत्व प्रदान गरोस भनेर त्यो मुद्दा उठाएका छौं । त्यस्तै अन्य मुद्दाहरू जसले नयाँ नेपालको मर्म, आन्दोलनका मर्म र मूल्यहरूलाई आत्मसात गर्न र सम्बोधन गर्नका लागि उठाइएका हुन वा त्यसको जगमा उठेका हुन । जसको उचित र व्यवस्थित हिसाबले सम्बोधन हुनैपर्छ । देश अहिले सम्झौताबाट अगाडि बढिरहेको छ ।

माओवादीले उठान गरेका समग्र मुद्दा पूरा हुन्छन वा संविधानमा लेखिन्छन् भन्ने अहिलेको अवस्था होइन । यो बेला सबै दलहरूलाई साथमा लिएर अगाडि बढनुपर्छ । नयाँ नेपालको निर्माणमा उनीहरूको भूमिका पनि कतै न कतै, कुनै न कुनै रूपमा हुन्छ नै । उनीहरूलाई पनि सहमतिमा ल्याएर मात्र संविधान बनाउनु पर्ने वर्तमानको बाध्यता हो । यो अवस्थालाई मनन् गरी संविधान निर्माणलाई सहज बनाउन पाँच बुँदे सहमति भएको हो ।

पाँच बुँदे सहमतिको विरोध गर्नेहरूले यो सहमतीय सरकार होइन यो बहुमतीय सरकार हो भनेर प्रश्न उठाइरहेका छन् । यो तर्कका लागि तर्क मात्र हो । पार्टीहरू जब यो सरकारमा समावेश हुन्छन तब त्यो स्वतः सहमतीय हुन्छ । बरु अहिले पाँच बुँदेको विरोध गर्नुका पछाडि दुईटा आशंका जब्बर रूपमा उठेका छन् । एउटा सकेसम्म सहमति नहोस भन्ने कोण र अर्काे संविधान नबनोस् भन्ने केही तत्त्वहरूको चलखेल । पुरानो संविधान ब्यूताउन चाहने एकथरी तत्त्वको पनि षड्यन्त्र भइरहेको छ । एकीकृत नेकपा माओवादीले देशलाई नयाँ ढंगले अगाडि बढाउन खोजेको छ । माओवादीको नेतृत्वमा दश वर्षे जनयुद्ध नभएको भए आज मुलुक यो ठाउँमा आउने नै थिएन । कांग्रेस एमाले त ०४७ को संविधान नै सर्वोत्कृष्टको नारा अलापेर बसिरहेका थिए । उनीहरू त्यही संरचनाभित्र नै लाभ छ भन्ने सोचेका हुन पनि सक्छन । त्यसकारण मुलुकमा नयाँ सहमति हुन नदिने काम त भइरहेको छैन भन्ने पनि प्रश्नहरू उठेका छन् । अहिले जे विरोध भइरहेको छ त्यो सामान्य विरोध मात्र होइन । पाँच बुँदे सहमतिको आधारमा पहिलेको सरकार पुनर्गठन गरेर नयाँ सरकार निर्माण गर्नु सहमतिको ठोस अभिव्यक्ति हो । सरकारमा सबै दलको सहभागिताले पाँच बुँदे सहमतिलाई मूर्तिकरण गरेर देखाएको छ । त्यसकारण पाँच बुँदे सहमति संविधान निर्माणको बलियो आधार बनेको छ । संविधानका मूलभूत विषयमा पनि एक/दुई दिनमा आवश्यक छलफल पछि टंुगो लगाइनु पर्छ ।

पाँच बुँदेको विषयमा बाह्य विरोध त स्वभाविक थियो तर माओवादी पार्टीभित्रका वैद्य समूहका साथीहरूले पनि विरोध गर्नु सहमति स्वाभाविक छैन । गल्ती कमजोरी सच्याउन पनि विरोध गर्न सकिन्छ । तर सहमति कायम नहोस भन्ने भएपछि अर्कै हुन्छ त्यसको उद्देश्य । अहिले भएको पाँच बुँदे सहमति राजनीतिक ध्रुवीकरण गर्न गरेको होइन् । किनभने यसको हस्ताक्षरकर्ता चार वटा दलका शीर्षस्थ नेताहरू छन् । त्यसकारण यो कुनै एक पार्टीका स्वार्थमा आधारित सहमति भएको भन्ने बिल्कुलै गलत हो । अर्काे कुरा प्रधानमन्त्रीलाई मात्र केन्द्रविन्दु बनाएर यो सरकारमा सहभागी नहुने भन्ने हो भने पनि पाँच बुँदे सहमतिले प्रधानमन्त्रीले राजीनामा दिने बाटो खुला गरेकोले आग्रह-पूर्वाग्रह राख्नुपर्ने कारण छैन । हाम्रै पार्टीका उपाध्यक्ष प्रधानमन्त्रीभन्दा अर्काेपार्टीको प्रधानमन्त्री राष्ट्रवादी वा राम्रो हुन्छ भन्ने कुरा त युक्तिसंगत भएन ।

अर्कोतर्फ प्रधानमन्त्रीले राजीनामा नदिएकाले यो पुरानै आधारको सरकार हो भन्ने पनि उहाँहरूको तर्क सुनिन्छ तर त्यो कानुनी तर्कमात्र हो । कानुनी तर्क ठूलो होइन । राजनीतिकर्मीले, राजनीतिक दलले कानुनी तर्कलाई बढाइ-चढाइ गरेर राजनीतिक तर्कलाई ओझेलमा पार्न मिल्दैन । मुख्य कुरा संविधान र सहमति हुन नदिने नियतले काम गरिरहेकाले यो विषय जवर्जस्त रूपमा उठाइएको हो ।  पार्टी चुनुवाङ बैठकदेखि जुन कार्यनीतिक-राजनीतिक प्रक्रियामार्फत् शान्ति र संविधानको बाटोमा आउने जे निर्णय गर्‍यो, त्यसपछि १२ बुँदे सहमति भयो र त्यसपछि तमाम सम्झौता भएका छन् । अब सेना समायोजन गर्ने, संविधान निर्माण गर्ने बाटोमा आउनै पथ्र्या । त्यो त पार्टीको निर्णय नै हो । यो बीचमा संविधान निर्माणका क्रममा आउने खतराहरू टरिसकेका छैनन् । षड्यन्त्र हुन पनि सक्छन् । गणतन्त्र आयो तर गणतन्त्र आउन नदिन थुप्रै षडयन्त्र पनि भएका थिए । नेपाली जनता अगाडि बढे र ती षड्यन्त्रको पर्दाफास गरे । यस बीचमा षड्यन्त्र भयो भने जनतामा गएर आन्दोलन गर्ने कुरा पनि आफ्नो ठाउँमा छ । तर त्यसो भन्दैमा हामीले सापेक्षतामा संविधान बन्ने स्थिति हुँदासम्म संविधान बनाउने कुरामा जोड दिनुपर्छ भन्ने कुरा पार्टीको निर्णय नै हो । हाम्रो नीतिले नै त्यही भन्छ । सहमतिलाई अन्यथा मान्नहुँदैन । सहमति गर्न खोज्नु, सहमति बनाउन खोज्नु कुनै अन्यथा प्रयास होइन् । त्यो त स्वभाविक राजनीतिक प्रक्रिया नै हो । अहिले संविधान बनाउनु शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु जनताको चाहना पनि यही हो । त्यसकारण जनताको चाहना र आवश्यकतालाई पार्टीले सम्बोधन गरिराखेको छ । विरोध गर्नुपर्ने कुनै कारण छैन । हिजो मधेसी मोर्चा र माओवादी बीच भएको चार बुँदे सम्झौताको वैद्य समूहबाट विरोध भएको थियो तर अहिलेको सहमति त चार पार्टीले हस्ताक्षर गरेको सहमति हो । यसकारण अब त्यो चार बुँदेको निरन्तरता होइन नयाँ आधारमा अहिलेको सरकार निर्माण भएको हो । यो दुई पार्टीको सहमतिका आधारमा बनेको सरकार नभई चार पार्टीको सहमतिमा बनेको सरकार भएका हुनाले यसको म्यान्डेट पनि नयाँ हुन्छ । त्यसकारण उहाँहरूको विरोधको कुनै अर्थ छैन ।

माओवादीले जनयुद्ध सुरुवात नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने उद्देश्यसहित गरेको थियो । जनयुद्धभन्दा अगाडिदेखि नै हाम्रो त्यो लक्ष्य थियो । जनवादी व्यवस्था ल्याउने लक्ष्य त शान्तिकालमा पनि राखेका थियौं । त्यसलाई सशस्त्र विद्रोहका माध्यमबाट प्राप्त गर्नुपर्छ भन्ने मान्यतामा बस्यांै । अहिले पनि हामी शान्तिपूर्ण कालमा छांै यसको अर्थ यो होइन कि हामीले जनवादी क्रान्ति पूरा गर्न पर्छ भन्नेमा बिचलित भयौं । यो सत्य होइन । अहिले हामीले त्यो नयाँ जनवादी व्यवस्था अनुरूपको संविधान हुनुपर्छ भन्ने ठान्न हुँदैन र त्यो अनुरूप हुँदैन पनि । सापेक्षतामा आजको सामाजिक रूपान्तरणलाई सम्बोधन गर्न एकीकृत माओवादीले जुन मुद्दा अगाडि सारेको छ जस्तो संघीयताको मुद्दामा, शासकीय स्वरूपका मुद्दामा, दलित, महिला, जनजातिलाई अधिकारदिने विषयमा हामीले अहिलेसम्म कुनै सम्झौता गरेका छैनांै ।

अड्कलबाजीका भरमा भन्ने गरिएको छ माओवादीले छोडछ तर सम्झौता आवश्यकता भएपनि सबैकुरा छोडेर सम्झौता गर्ने भन्ने हुनै सक्दैन । त्यसमा माओवादी पार्टी सचेत छ । यदि ती मुद्दा माओवादीले छोड्यो भने पनि नेपाली जनताले छोडदैनन् । जनताले नछोडनु भनेको माओवादी जनताबाट अलग हुनु हो । माओवादी जनताबाट अलग हुन सक्दैन । जनताका भावना अन्य पार्टीले पनि बुझिसकेका छन् । यथास्थितिमा देशलाई राख्न सकिन्छ भन्ने सोच्नु मूर्खता हुन्छ । त्यसो भएकोले माओवादीका सबै एजेन्डामा दलहरू सहमत हुन नसक्लान तर आधारभूत रूपले पहिचान सहितको संघीय संरचनामा जाने कुरा, प्रत्यक्ष निर्वाचनद्वारा चुनिने राष्ट्रपतिका विषयमा सबै दल सहमत हुनुको विकल्प छैन । दलहरूले त्यसो गर्न नसके उनीहरूको गम्भीर गल्ति हुनेछ । अहिले संविधान निर्माणमा ढिलासुस्ती भएको माओवादीको कारणले होइन अन्यदल माथि उठ्न नसकेका कारण हो । माओवादी अन्यदलको धरातलमा र्झन कुनै सम्भावना छैन । मुलुक पुरानो ठाउँमा जान सक्दैन र्फकन सक्दैन । हामी बीच भएका छलफलले हामी छिट्टै सकारात्मक निष्कर्षमा पुग्नेछांै । तुलनात्मक रूपले हामीले जनताका पक्षमा रहेको संविधान निर्माण गर्ने छांै ।

यूरोपमा रहेका प्रगतीशिल संगठनहरु सम्पर्क-ठेगानाहरु

चर्चित वेब ठेगानाहरु

हाम्रो बारेमा