बिचार  बिमर्श

बिचार बिमर्श (1)


मिति १२ फेप्रवरी २०१२ 

बेल्जियम स्थित् नेपाली जनप्रगतिशील मञ्च ,नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, नेपाली प्रगतिशील महिला मञ्च , तमु राष्ट्रिय मुक्ति मोर्चा , मगरात राष्ट्रिय मुक्ति मोर्चा , जनजाति सरोकार मञ्च बेल्जियम समेत प्रगतिशील संगठनहरुको संयुक्त आयोजनामा १७औं जनयुद्ध दिवस बेल्जियममा भब्य रुपमा सम्पन्न भयो । नेपाली सर्वहारा वर्गको मुक्ति र जनवादी सत्ताको स्थापनाको लागी नेपाली भुमिमा २०५२ साल देखि सञ्चालनमा रहेको जनयुद्धलाई माया गर्ने बेल्जियम स्थित् प्रवासि नेपालीहरुको उत्साहजनक उपस्थिति तथा बेल्जियम वरकर्स पार्टी, फिलिपिन्स नेशनल डेमोव्रmेटिक फ्रोन्टका प्रतिनिधि तथा विभिन्न देशका कम्युनिष्ट पार्टीका विदेसी प्रतिनिधिहरुको उपस्थितिमा अति ब्यबस्थित् तरिकाले महान सहिदहरुप्रति मौन धारण गर्दै कम्युनिष्ट अन्तराष्ट्रिय गीतबाट हर्षोल्लासपुर्वक नेपाली जनप्रगतिशील मञ्च बेलिजयमका अध्यक्ष सुरेन्द्र भुसालको सभापतित्वमा सुरु भएको थियो । सभापतिको आसनबाट बोल्दै सुरेन्द्र भुसालले जनयुद्धको महत्व र त्यसले हालसम्मा गरेका उपलब्धिको रक्षा गर्दै सामान्तवाद तथा साम्रज्यवाद विरोधि सारतत्व भएको सम्बिधान निर्माण गर्दै जनताको संघिय गणतान्त्रिक नेपालको निर्माण नै अहिलेको संकटको निकास हो भन्नु हुदैं नेपालको वर्तमान परिस्थितिमा नेपाली व्रmान्तिको वारेमा बोल्नु भएको थियो । सान्ति प्रकृयामा आएदेखि नेपाली जनयुद्धको रुपमात्र फेरिएको तर आज पनि जन युद्ध जारी रहेको कुरा बताउदैं यदि नेपाल आमाका विर सहिदहरुको रगतले प्राप्त गरेको वर्तमान संबिधान सभाबाट नेपाली जनताले चाहेको जस्तो सम्बिधान बनाउन सकेन भने नेपाली जनताले बिद्रोह गर्नेछ र त्यसको नेतृत्व व्रmान्तिकारी पार्टीले गरेमा हामी प्रवासि नेपालीहरुले ससक्त सहयोग र समर्थन गर्नको लागी तयार रहनुपर्ने बताउनु भयो । सोहि कार्यव्रmममा संयुक्त नेपाली मोर्चा युरोपको कोषाध्यक्ष दधिराज घिमिरेले अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको अनुभवको बारेमा बोल्दै रुसमा लेनिनले जसरी रुसि जनतालाई सान्ति र रोटिको नारामा एकता गर्दै जनवादी सत्ताको निर्माण गरेका थिए त्यसै गरी नेपालको वर्तमान परिस्थितिमा पनि सान्ति र संबिधानको नारामा सारा नेपालीलाई गोल बद्धगर्दै व्रmान्तिलाई निष्कर्समा पु¥याउने जुन कार्यदिसा तय गरेको छ त्यो कार्यदिसा वस्तुबादी र व्रmान्तिकारी रहेको बताउनु भयो । बेल्जियम वर्करस पार्टीका विदेश विभाग प्रतिनिधि कृस मेक्सले महान नेपाली जनता र जनव्रmान्तिलाई अभिबादन गर्दै नेपालको व्रmान्तिकारी पार्टी भित्रको दुई लाईन संघर्षलाई उचित ब्यबस्थापन गरी विश्व साम्राज्यबादलाई परास्थ गरी सर्वहारावर्गको राज्य सत्ता स्थापना गर्ने कुरामा विश्वास र आसा रहेको बताउनु हुदैं हाम्रो तर्फबाट सहयोग र समर्थन रहने छ भन्नु भयो र फिलिपिनि नेशनल डेमोव्रmेटीक फ्रोन्टका प्रतिनिधि लुईस जलार्दोनीले नेपाली जनयुद्धले प्राप्त गरेका व्रmान्तिका नविन विचार र कार्यदिसाको खुलेर प्रसंसा गर्नुको साथै फिलिपिनी जनता र कम्युनिष्ट पार्टीले यसको अध्ययन गरीरहेको बताउनु भयो । नेपाली जनप्रगतिशील मञ्च बेल्जियमका निवर्तमान अध्यक्ष तथा सल्लहाकार बिष्णु भुजेलले वर्तमान परिस्थितिमा नेपाली जनताले चाहेको र जनयुद्धले कल्पना गरेको संघिय गणतान्त्रिक राज्यको निर्माण र जन संबिधान बनाउन नसकेमा नेपाली जनताले फेरी बिद्रोह गर्ने बताउनु हुदैं त्यसको लागी प्रवासबाट सहयोग गर्न तयार रहनु पर्ने बताउनु भयो । सो दिवसको सन्दर्भमा नेपाली लोक तान्त्रिक गणतान्त्रिक मञ्चको अध्यक्ष कृष्ण प्रसाद तिवारि, मगरात मुक्ति मोर्चाको केन्द्रिय सदस्य तथा युरोप इन्चार्ज बिरमान मगर, जनजाती सरोकार मञ्च युरोपका अध्यक्ष राम बहादुर गुरुङ्ग, तमु राष्ट्रिय मुक्ति मोर्चा बेल्जियमको महासचिव होम गुरुङ्ग , मगरात राष्ट्रिय मुक्ति मोर्चा बेल्जियमको अध्यक्ष कुल मगर , नेपाली प्रगतिशील महिला मञ्च बेल्जियमको कार्य वाहक अध्यक्ष निर्मला बझगाई , जनजाती सरोकार मञ्च बेल्जियमको महासचिव सोम थनेत समेतले नेपाली जनयुद्धको बारेमा बोल्नु भएको थियो । दिवसको कार्यक्रममा बेल्जियम स्थित् प्रगतीशिल जनकविहरु लिला पन्त, श्याम श्रेष्ठ, दिल्लि आमगाई , र अप्सरा रिमालले जनयुद्ध सम्बन्धि कविताहरु वाचन गर्नु भएको थियो । कार्यक्रमलाई नर्वेका रेड पार्टी लगाएत युरोप स्थित् भाईचारा संगठनहरुले शुभकामना तथा एक्यबद्धता पत्र पठाउनु भएको थियो । उक्त दिवसमा बेल्जियम स्थित् जनबादी कलाकारहरु सन्ध्या सुवेदी, सुरुची सुवेदी, लेना बझगाई , तारा रिमाल ,रोषण के.सि.,स्वस्तिका न्यौपाने , चाँदनी भुजेलको आकर्षक जनबादी गीतहरुमा नृत्य गर्नुृृको सथै गीत गउनु भएको थियो भने कुल मगरले जनबादी लोक गीत प्रस्तुत् गर्नु भएको थियो । गीत तथा नृत्यको संयोजन रमेश कार्की र सुशिला पराजुलीले गर्नु भएको थियो । सो दिवसको सञ्चालन प्रेम पाठकले तथा स्वागत मन्तब्य जित बहादुर लामाले गर्नु भएको थियो ।

 

 

यूरोपमा रहेका प्रगतीशिल संगठनहरु सम्पर्क-ठेगानाहरु

चर्चित वेब ठेगानाहरु

हाम्रो बारेमा