प्रमुख समाचार

प्रमुख समाचार (7)


 

शीतयुद्धका माष्टरमाइण्ड मध्य एक फास्टर डलेसले पचासको दशकको सुरु मै भनेका थिए- “अमेरिकी विदेश नीतिको निर्माणमा मलाई भनियो भने म मुक्तसञ्चार नीति बनाउँछु, अर्थात् हित अनुसारको जनमत निर्माण गरेर प्रोक्सीवार छेडछु।” उनले भने जस्तै शाही कालमा राजा ज्ञानेन्द्रलाई “यदि मलाई सञ्चारमन्त्रीको जिम्मेवारी दिए देशी तथा विदेशी मिडियालाई राम्रोसँग परिचालन गरेर सरकारको कदममा समर्थन जुटाउन सक्छु भनेर मिडिया महारथी कनकमणि दीक्षितले बिन्तिपत्र चढाएका थिए (स्रोतः मैले देखेको दरबार, लेखक विवेक शाह, पेज ३४७)। बेवास्तामा परेपछि मात्र उनी ज्ञानेन्द्र माथि खनिए राजतन्त्रमाथि हैन।

सीआईए (अमेरिकी गुप्तचर संस्था अर्थात सेन्ट्रल इण्टिलिजेन्स एजेन्सी) शैलीमा काम गर्न रुचाउने कुलीन परिवारका दीक्षितजीसँग एउटा शक्तिशाली सिण्डिकेट छ, जसले नेपाली सत्ताको चौतर्फी पहुँच र प्रभाव राख्छ। कनकजीसँग तर्कपूर्ण, मिठास र सशक्त भाषा र शैली छ। अकूत सम्पति छ। राणाकालदेखि कै कुलीन सम्बन्ध र सत्ताकेन्द्रित सोच र पहुँच। नेपालमा आउने धेरैजसो पश्चिमा कुटनीतिज्ञहरु अझै शितयुद्धको ह्याङ्ग ओभर राख्छन् भने नेपालसम्वन्धी धारणा बनाउन उनी माध्यम बन्दछन्। दाताहरुसँगको पहुँचले कथित नागरिक समाज, कारिन्दे मानवअधिकारवादीहरु, आसे र विकासे गैर सरकारी संस्थाका डलर उद्यमीहरु उनको अनुयायी बन्नु स्वभाविक हुन्छ नै। यी सबैका लागि उनको एउटा शक्तिशाली सिण्डिकेट तयार छ, जसले अन्य क्षेत्र जस्तै यथास्थितिवादी, संसदवादी र प्रतिक्रयावादी राजनीतिक शक्तिहरुको धरातलीय वातावरण र सोच र तर्क निर्माण गर्छ।

मूलतया कनक सिण्डिकेट हीतअनुसारको जनमानस तयार गर्न एउटा अघोसित सञ्जाल तयार गरेको छ भने कतिपय स्वयंसेवीहरु पनि देखिन्छन्। यो सिण्डिकेटको मूल पक्ष सामरिक महत्वको यो भूभागमा अमेरिकी हितको प्रतिनिधित्व गर्नु र अनुकूलको परिवेश तयार गर्नु हो। उदीयमान विश्व महाशक्ति चीन र भारत बीचमा अमेरिकी हितको प्रतिनिधित्व हो। उदीयमान बजार त दुबै देश हुँदै हुन्। पहिलो लक्ष्य तिब्बत केन्द्रित सोच छ भने अर्को पक्ष क्रान्तिकारी कम्युनिष्ट आन्दोलन विपक्षमा जनमत तयार गर्नु आवेग छर्नु र विभत्स चित्रण गरेर विचारमाथिको सशक्त आक्रमण गर्नुमा देखिन्छ। त्यसको लागि सिण्डिकेटले मूख्य रुपमा निम्नलिखित भूमिकामा सक्रिय राख्दछ।

१) मिडिया व्यबस्थापन

२) बौद्धिक व्यबस्थापन

३) “नागरिक समाज” र “मानवअधिकारवादीहरुको” व्यवस्थापन

४) कुटनीतिक पहुँच

१) मिडिया व्यवस्थापन– अंग्रेजी र नेपाली दुबै भाषाका पारगंत दीक्षितजीले हिमाल मिडियाबाट उपरोक्त मिसन जर्नलिज्म सुरुवात गर्नुभयो। सिण्डिकेटले गरेको मिडिया व्यबस्थापनलाई बुझ्न निवर्तमान पत्रकार महासंघको नेतृत्व र माओवादीप्रतिको धारणा, डा. भक्तमान अपहरण केसलाई उदाहरणको रुपमा लिन सकिन्छ। अनेकौँ स्वतन्त्र मिडिया संस्था र शक्तिमा आफू निकटकाको कुशलतापूर्वक प्रवेश गराएर नेपाली मिडियामा एकछत्र शीर्षस्थानमा पुग्नुभयो। शक्तिशाली मिडिया हाउसको सम्पादन कक्षलाई प्रभावमा पारेर सोच र समाचारको व्यवस्थापन हेर्दा उनी नेपालका सबै प्रमुख पत्रिकाका अघोषित प्रधान सम्पादकका रुपमा देखिन्छन्।

२) बौद्धिक व्यवस्थापन – यस भूमिकामा सबभन्दा ठूलो सहयोग र माध्यम उहाँलाई मदन पुरस्कार गुठी बन्न पुग्यो। नेपाल कै नोबल पुररुकार भनिने पुरस्कारको आकर्षण र प्रलोभनले बौद्धिक व्यवस्थापनको आधार बन्यो। आसे बौद्धिक व्यक्तित्वको नाडी राम्रै तरिकाले दीक्षित कूलले राणाकालदेखि नै पत्ता लगाएको छ। शासकहरु र बौद्धिक सम्पतिबारे नेपाली सत्ताको केन्द्रमा रहेको दीक्षित परिवारले जति अरु कसैले पनि भेउ पाउन सक्दैनन्। जसको सिता खाई उसको गीता गाई भन्ने र मान्ने नेपाली समाजमा मदन पुरस्कारका कयौँ घोषणा र तत्पछाडिको प्राप्तकर्ताहरुको वफादारीवारे एउटा ठूलै अध्ययन अनुसन्धानको आवस्यकता हुन्छ भने कसरी वौद्धिक व्यवस्थापन गरिन्छ भन्ने पनि पत्तो लाग्न सक्छ।

३) “नागरिक समाज” र “मानवअधिकारवादीहरुको” व्यवस्थापन –नेपालको नागरिक समाज भनेर सक्रिय हुनेहरुमा अधिकांश गैर सरकारी विकासे संस्थाहरु छन्। ती दाताका एजेण्डा, सामाजिक अध्ययन र प्रयोगशालाका गिनीपिगमात्र बनेर लोकप्रिय आवरण नागरिक समाजको कभरमा सक्रिय हुन्छन्। परम्परादेखि दानमा चल्ने परोपकारी संस्थाहरु या त अब नभएको अथवा अत्यन्तै न्यून र प्रभाव छोडन सकिरहेको वेला चलिरहेका एनजिओहरुलाई दाताको आवस्यकता वेगर धान्न सकिने अवस्था छैन। जति ठूलो एनजिओ छ, त्यति नै ठूलो शक्ति र स्वार्थसँग जोडिएको पनि हुन्छ भने पहिचान, संभावना र सुविधाको लोकप्रिय आवरण खोजिरहेको उदीयमान मध्यमवर्ग आकर्षित नहुने कुरै रहेन। हिजोको दिनमा लोकप्रिय आन्दोलनका सक्रियतावादीहरु समेत त्यसमा फस्ने भए नै। अझ विगत दशकमा नेपालमा द्वन्द्व उद्यमीहरुको दशैँ नै बन्दा उनीहरुको जगजगी थियो नै। कारोबार फस्टाउन पनि उनीहरुलाई सामाजिक द्वन्द्व भइरहनु पर्ने हुन्छ। त्यसको लागि आवेग, उत्तेजना फैलाउनु पर्ने हुन्छ भने दाताहरुलाई सामाजिक असन्तोष कस्तो हुन्छ र उपचार के गर्दा हुन्छ भन्ने अध्ययनशाला बनाउनु पर्ने हुन्छ। द्धन्दकालिन विषय सतहमा ल्याएर आवेग भर्नु र जनमत उत्तेजित पार्न नागरिक समाज र मिडियाको कुशलतापूर्वक चालु गराउनु त्यसैको एउटा हिस्सा हो।

४) कुटनीतिक क्षेत्र – पश्चिमा समाजमा पढे बढेका दिक्षितज्यू पश्चिमाहरुको मानसिकता र यस सामरिक भूगोलमा उनीहरुका योजनाहरुबारे अनभिज्ञ छैनन्। भाषिक सुगमता, पहुँच र सम्बन्धले उनको कुरालाई विश्वास गरेर नेपालमा आउने विदेशी मूलतः पश्चिमा कुटनीतिज्ञहरु आउँछन्। त्यसै अनुसार यहाँ प्रस्तुत हुन्छन्। अझ यस पहुँचले एनजिओहरुको दाता मिलाईदिन र उच्च वेतनधारी जमात तयार गर्न उनलाई सहज भएको छ भने अनुकूल सिण्डिकेटको आधार तयार पारेको छ।

अहिले नेपाली समाजमा प्रत्यक्ष द्वन्द्व कोल्ड कन्फ्लिक्टमा फेरिएको छ। यस्तो बेला भएका र सतहमा देखिएका विषयलाई मात्र ध्यान दिएर पुग्दैन। माओवादी फुट्छ भनेर भाकल गरिरहेका र आवश्यक भूमिका खेलिरहेकाहरुको सिण्डिकेट नबुझी अंशलाई हेरेर समग्रलाई बुझ्न सकिँदैन। नदेखिएका तर भएका र भइरहेका विषयलाई गम्भिरतापूर्वक नियालेर धारणा बनाउनु पर्दछ। तबमात्र सहमतीय राजनीति र अग्रगामी विरोधी सिण्डिकेटको नाडी छाम्न सकिन्छ।

 


 कांगे्रस-एमालेका साथीहरू सरकारबाहिर किन बस्नुभयो ? मलाई आशंका छ । राष्ट्रिय सरकार नबन्दा माओवादी पार्टी फुट्ला भन्ने उहाँहरूलाई आशा थियो । माओवादीलाई कमजोर पार्न आफू नगइदिएपछि माओवादी पार्टीभित्रको झगडा अझै चर्किन्छ भन्ने उहाँहरूलाई लाग्यो होला । नपाली कांगे्रसका सबै नेतालाई म आरोप लगाउन चाहन्नँ तर एकथरी नेताहरू माओवादी पार्टीभित्रको अन्तर्विरोधमा खेल्ने अर्का पक्षलाई उचाल्ने र यो एकता नहोस् ।
माओवादी फुटोस् अनि सरकारमा जाउँला भन्ने सोचले असाध्यै नराम्रो काम गरेको छ । त्यसकारण वहाँहरू सरकारमा आउनुभएन नत्र सरकारमा नआउनुनपर्ने कारणै थिएन । किनकि, हामीले हाम्रो मन्त्रिमण्डल पूरै विघटन गरेर नयाँ सरकार निर्माण गर्ने र शान्ति प्रक्रिया टुंगिएपछि सरकारको नेतृत्व दिने हामीले उहिल्यै भनेका थियांै । यो अहिले आएर भनेको कुरा होइन । देशको ठूलो पार्टी माओवादीले अहिले राज्य पुनर्संरचनाको एजेन्डमा अडान लिएको छ जो नेपाली जनताको चाहनासँग मिलेको छ । त्यसकारण यो माओवादी पार्टीलाई जसरी पनि कमजोर पार्नुपर्छ भन्ने नियतले गर्दा वहाँहरू हिजो आउनुपर्ने बेलामा सरकारमा आउनुभएन ।
समय छँदै यस कुरालाई टुंग्याउनुपर्ने बेलामा कुरो गर्नुभएन । अहिले संविधानको प्रारम्भिक खाका बुझाउन एक दिन बाँकी हुँदा उहाँहरूले सरकार परिवर्तनको बेमौसमको बाजा बजाइरहनु भएको छ । यो बिलकुल जनतालाई नपच्ने कुरो हो । अविश्वासको प्रस्ताव ल्याएर हामै्र पार्टीभित्रको असन्तुष्ट पक्षलाई उपयोग गरेर अब यो सरकार ढाल्ने खेलमा देश गयो भने फेरि पनि यसको अन्तर्यमा के छ ? नियतमा के हुन्छ ? त्यो समयले नै प्रमाणित गर्नेछ तर नियतिमा भने संविधान बन्दैन ।
देश निकै ठूलो अराजकतातिर जान्छ  । त्यसकारण अहिले हामीले के भनेका छौं भने राष्ट्रिय सरकार बनाउन तत्काल सुरु गरौं । हामीलाई आपत्ति छैन । तर, यतिबेलाको मूलभूत विषय भनेको संविधानको विवादित विषय टुंग्याउनु हो । सरकार बदल्ने र जनतालाई भ्रम छर्ने काम नगरौं । माओवादीले संयुक्त राष्ट्रिय सरकार बनाऔं, त्यसका लागि माओवादी तयार छ भन्दाभन्दै पनि कतिपय मिडियाले यसलाई बुझेनन् । संविधानको र राज्य पुनर्संरचनाको विषय उठाइएको छ यो सरकारविरुद्धको अविश्वासको प्रस्तावमा । रोग एक ठाउँमा लागेको छ, सुई अर्का ठाउँमा घोच्ने हाम्रो राजनीतिक डाक्टरहरूको प्रवृत्ति नै छ । विषयवस्तु एक ठाउँमा छ, विषय मोडेर अर्कातिर तन्काइदिएको छ, जो ज्यादै अव्यावहारिक छ । बदनाम गर्नकै लागि केही नपाएपछि माओवादीले जसरी पनि संविधान बनाउनेतिर देशलाई लग्यो भनेर त यसरी प्रश्न उठाइएको होइन ?
यति भनिसकेपछि म फेरि भन्छु, वहाँहरूलाई यसो गर्न त्यति सजिलो छैन । शान्तिको कुनै विकल्प छैन । संविधान बनाउनुको कुनै विकल्प छैन । आज हामी बसेर संविधानका विवादित विषयमा सहमति जुटाउनेतिर जान्छौं । सरकारका विषयमा पनि सहमति बन्छ । सहमतिको सरकारमा विवाद छैन । शान्ति प्रक्रियाको कुरो टंुगिएपछि नेपाली कांग्रेसलाई सरकारको नेतृत्व दिने कुरामा विमति छैन । मधेसी मोर्चा र माओवादीबीच हुने छलफलमा पनि हामीले कांग्रेस-एमालेलाई पनि सहमतिमा लिएर जानुपर्छ भन्ने विषयमा पटक-पटक छलफल भएको छ । हामी सरकारमा छौं । तिमीहरूले जे सक्छौ गर भन्ने हुन सक्दैन । त्यसकारण हामीले सबैलाई लिएर जानुपर्छ । सबैलाई लिएर मात्र संविधान बन्छ । अहिले झगडा गरेर संविधान बन्ने होइन । माओवादी र मधेसी मोर्चाका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा र शान्ति संविधानको कुरा टुंगिएपछि सरकारको नेतृत्व हस्तान्तरण गर्ने कुरामा पनि कुनै विमति छैन ।
निश्चय नै २ सय ४० सिट भएकोले सरकार छोडेर १ सय ८ सिट भएकोलाई सरकारको नेतृत्व दिने भन्ने कुरा अनौठो पनि लाग्न सक्छ । तर, राष्ट बनाउन कहिलेकाहीं यस्तै अनौठा निर्णय नगरीकन राष्ट्र बन्दो रहेनछ । त्यसकारण माओवादी पार्टीले अनौठा-अनौठा निर्णय गर्दै देश यहाँसम्म आएको छ । किनभने, शान्ति सम्झौतामा आउनु एउटा अनौठो थियो, १२ बुँदे सहमति गर्नु अर्को अनौठो, देशलाई संविधानसभाको निर्वाचन गराउन सफल हुनु अझै अनौठो थियो । अहिले संविधान बनाउनका लागि कांग्रेस-एमालेलगायत सबैको सहयोग चाहिन्छ । त्यसकारण माओवादी पार्टीले त्याग गर्दै आाएको छ । त्यसकारण अहिले पनि त्याग गर्ने भएकै हुनाले हामीले त्यसो भनेका हौं । अर्काेतर्फ हामीले के भनेका छांै भने संंविधानको पाटोमा सहमति नभईकन, संविधान नबनीकन सरकारको नेतृत्व हस्तान्तरण गर्नुको कुनै अर्थ हँुदैन । संविधानका मूलभूत मुद्दामा सहमति गरांै सरकार हामी अहिल्यै छोड्न तयार छौं । बाबुरामजीले भन्नुभएको छ- संविधानका विवादित विषयमा सहमति गरौं म यहीं राजीनामा दिन तयार छु । त्यसकारण सरकार होइन, यतिबेला संविधान हाम्रो प्रमुख विषय र सरोकारको मुद्दा हो ।  हाम्रो चासो भनको नेपाली जनताको पहिचानसहितको संघीय संविधान हो । त्यसमा हामी लचिलो हुन सक्दैनां । जनताको परिवर्तनको चाहना पूरा हुने, जनताको अधिकार ग्यारेन्टी हुने संविधान बन्ने भयो भने हामी कांग्रेसलाई नेतृत्व दिन तयार छौं ।
शासकीय स्वरूपको सन्दर्भमा कुरा गर्दा विवाद समाधान उपसमितिको बैठकमा हामी झन्डै-झन्डै सहमतिमा पुगेका थियौं । त्यहाँ एउटा कार्यदल बनेको थियो । त्यसले एउटा सुझाव पनि दिएको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रतिनिधिसभाद्वारा निर्वाचित प्रधानमन्त्री अनि शक्ति बाँडफाँड ।  यो विगतका राज्यव्यवस्थाको मूल्यांकनका आधारमा निर्माण गरिएको धारणा हो । अमूक पार्टीे या नेतालाई राष्ट्रपति चाहिएर यो भनिएको होइन । कतै यो भ्रम छर्न खोजिएको छ, जुन निकै ठूलो डिजाइनमा छ । त्यो सत्य होइन । सत्य 
के हो भने साठी वर्षको अनुभव हेर्‍यो भने ६० वर्षमा कुनै पनि सरकार पूरा कार्यकाल टिकेन । ०१७ सालमा पञ्च्ाायत आएर पञ्चायती निरंकुश शासन-सत्ता चले पनि कुनै पनि सरकारले पूरा कार्यकाल शासन गर्न पाएन । यो वा त्यो बाहनामा सरकार गिराउने, बनाउने कुरा नै दोहोरियो । नेपाली जनताको इच्छा, परिवर्तनको चाहना सम्बोधन हुन नदिने,  त्यतापट्ट िध्यान केन्दि्रत हुन नदिने राजनीतिक माखे साङ्लोमा त्यसलाई फसाइराखियो । र, नेपाली जनतालाईर् झन् पछि झन् गरिब र विपत्तिमा पार्ने काम मात्रै भयो । ०४६ सालको बहुदलीय  व्यवस्थाले पनि त्यसैको पुनरावृत्ति गर्‍यो । नेपाली कांग्रेसले तीन वर्षभन्दा बढी सरकार चलाउन सकेन र निर्वाचनमा जान बाध्य भयो । त्यसपछि त छ-छ महिनामा सरकार परिवर्तनको खेल नै चल्यो । अनि त्यसबीचमा विकृति र विसंगति यति बढ्यो सभासद् कि मन्त्री भेडा-बाख्राजस्ता भनेर नेपाली जनताले घृणा गर्ने स्थिति बन्यो । कोही सिंगापुरका होटलमा त कोही कहाँ लगरे राखिने, भोट हाल्ने समयमा एकैचोटि ल्याउनेसम्मका हास्यास्पद क्रियाकलाप पनि नेपाली जनताले देखे ।
अहिले पनि संविधानसभाको निर्वाचनपछि ४ वटा सरकार बनिसके । यो के हो ? यो एउटा विभिन्न खाले देशी-विदेशीको षड्यन्त्र त होला तर त्यति भनेर मात्र छुट पाउने अवस्था छैन । हाम्रै राजनीतिक प्रणालीमा गल्ती छ । जसले गर्दा पाँच वर्षको अवधिमा हामीले स्थिर सरकार पाएनांै । कहिल्यै जनताको पक्षमा काम हुने वातावरण तयार भएन । नेता र पार्टीको ध्यान सरकार कसरी गिराउने र कसरी टिकाउनेमै केन्दि्रत भएपछि जनताको पक्षमा कसले भूमिका खेल्ने ? कसले जनतको काम गर्ने ? यो कुरालाई ध्यान दिएर नै हामीले जनताद्वारा चुनिएको प्रत्यक्ष राष्ट्रपति चाहियो भनेका हांै । अब हामी संघीय गणतन्त्रमा आइपुगेको छांै । यसको सही ढंगले संबोधन गर्ने भनेको जनताद्वारा निर्वाचित राष्ट्रपति नै हो । जनताले निर्वाचित गरेको राष्ट्रपति भएपछि कमसेकम देशले स्थिरता प्राप्त गर्छ । पाँच वर्षमा त्यो राष्ट्रपतिले आफ्नो भिजनअनुसार देश हाँक्ने मौका पाउँछ । गल्ती गर्‍यो भने अर्काे चुनावमा त्यसलाई जनताले सजाय गरिहाल्छन् । बीचैमा ठूलो गल्ती गर्‍यो भने महाअभियोग लगाइदिए भइहाल्यो । त्यसकारण हामीलाई चाहिएको स्थिरता हो । जनताका पक्षमा काम चाहिएकाले यो भनेको हो । दोस्रो, हामी संघीयतामा जाँदैछांै, विभिन्न प्रदेशमा । यसले जनतामा एउटा अधिकार दिन्छ । त्यसलाई सन्तुलित बनाइराख्न बलियो केन्द्र पनि चाहिन्छ । प्रदेश मात्र बनाएर हाम्रो जिम्मा पूरा हुँदैन । त्यस्तो बुझाइ भयो भने त्यो बिल्कुल गलत हुन्छ । एउटा नयाँ सन्तुलनका निम्ति केन्द्रमा एउटा बलियो संस्था चाहिन्छ । त्यो बलियो संस्था राष्ट्रपति नै हुनसक्छ । यो विभिन्न देशका घटनाक्रमले देखाएको पनि छ । त्यस अर्थमा हामीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति भनेका हांै ।
हाम्रो पार्टीले नै जित्छ कि जित्दैन ? हाम्रो पार्टीभित्र विवाद छ, झगडा छ, के हुने हो, टुंगो छैन । यो सरोकारको विषय होइन । हाम्रो मुख्य सरोकार सही प्रणाली अपनाउन सकियो भने नेपाली जनताको हित हुन्छ,  राष्ट्रको हित हुन्छ, नेपाली जनताको परिवर्तन र समृद्धिको चाहना पूरा हुने वातावरण बन्छ भन्ने हो । हामीलाई अहिले पनि त्यही शासकीय स्वरूप ठीक हो भन्ने लागेको छ । तर, संविधान हामीले मात्र बनाएर बन्दैन । किनकि, हामी संविधान निर्माणका लागि आवश्यक पर्ने पूर्ण बहुमतमा छैनांै । बहुमतमा भएको भए अर्कै हुने थियो होला । तर, अहिले सम्झौताद्वारा संविधान बनाउनुपर्ने अवस्था भएकाले सम्झौता गर्न हामी बाध्य छां । सम्झौता नगरे संविधान बन्दैन । सम्झौता नगरी संविधान नबन्ने भएको हुनाले नै विवाद समाधान उपसमितिमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रतिनिधिसभामार्फत् चुनिने प्रधानमन्त्री, मुख्य शक्ति राष्ट्रपतिमा र प्रधानमन्त्रीलाई अलिकति अधिकार दिएरै भए पनि संविधान बनाउनुपर्छ भन्ने हो । यसले शक्ति पृथकीकरण हुने भएकाले थप द्वन्द्व उत्पन्न हुन्छ भन्ने धारणा पनि छ । तर, जतिसुकै चिन्ता उठेता पनि हामीले अर्काे विकल्प देखेका छैनौं । अन्ततः यही विकल्पमा सहमति गर्नुको विकल्प दलहरूका सामु छैन । प्रत्यक्ष कार्यकारी राष्ट्रपतिमा मुख्य शक्ति केन्दि्रत गरी प्रधानमन्त्रीले डे टु डे काम गर्ने विषयमा त्यहाँ किटेरै राखिदिएपछि त्यहीअनसार जानुको विकल्प छैन ।

 

बिसर्जनबाद र फुटबादको भण्डाफोर गरौं ! मजदुर पक्षीय संबिधान निर्माणको लागी संघर्ष गर्दै १२३ औं अन्तर्राष्ट्रिय मजदुर दिवस भब्यताका साथ मनाऔं !!! भन्ने मुल नारामा रहेर बेल्जियममा रहेका नेपाली जनप्रगतिशील मञ्च बेल्जियम लगाएत् प्रवासि प्रगतिशील संगठनहरुको आयोजनामा नेपाली समुदाय बिच बेल्जियमको आन्तोर्पेनमा भव्यताकासाथ १२३ औं अन्तर्राष्ट्रिय मजदुर दिवस संपन्न भएको छ । माहान शहिदहरु प्रति एक मिनेट मौनधारणा गरी सुरु भएको कार्यक्रममा आयोजकको तर्फबाट नेपाली प्रगतिशील महिला मंचकी का.वा. अध्यक्ष निर्मला बजगार्इंले नेपाली महिला मजदुरको समस्या र मजदुर दिवसका बारेमा आप्mनो बिचार राख्दै उपस्थित महानुभावहरुलाई स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो । आयोजकको तर्फबाट नेपाली जनप्रगतिशील मंच,बेल्जियम उपाध्यक्ष जित बहादुर लामाले अहिलेको पार्टी भित्र देखिएको समस्या भनेको अहिलेको कार्यनितिलाई हेर्ने दृष्टीकोणनै हो र समस्याको हल भनेको बहस र छलफलमा जोड दिनु पर्ने बताउनु भयो । त्यस्तै जनजाती सरोकार मंच, बेल्जियमका सल्लाहाकार मनिष गुरुङ्गले नेकपा माओबादीले प्रस्ताव गरेको जातिय राज्यको अवधारणालाई प्रवासमा रहेका संपुर्ण जनजातीहरुले एक्यवद्धता जनाउनु पर्नेमा जोड दिनु भयो । नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, बेल्जियमका अध्यक्ष कृष्ण तिवारीले नेकपा माओबादीले लिएको अहिलेको कार्यदिशा शान्ति र संबिधान नै अहिलेको लागी सहि कार्यदिशा रहेको र मजदुर तथा जनताको पक्षमा संविधान बनाउन प्रवाशबाट दवाब दिनु पर्छ भन्नु भयो । कार्यक्रममा तमु राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष गम बहादुर गुरुङ्गले केहि क्रान्तिकारी मित्रहरु नेपाल देखि बेल्जियममा जनजातीहरुमा भ्रम छर्ने र संबिधान निर्माणमा बाधक गर्दै चर्का नारा लगाएर अहिले सम्मका उपलब्धीहरुलाई ध्वंस गर्ने तर्फ लागेको बताउनु भयो ।

कार्यक्रममा एन आर एन बेल्जियमका अध्यक्ष जानकी गुरुङ्ग, एन आर एन आई सि सि सदस्य द्धय पिजी शेर्पा, अर्जुन कुमार श्रेष्ठ , नेपाली ब्यवसायिक संघ, बेल्जियमका अध्यक्ष हरी थपलिया , लोकतान्त्रिक मंच, बेल्जियमका अध्यक्ष ईन्द्र वली, नेपाली जनसम्पर्क समितिका महामन्त्रि सुवास जोशी, राप्रपा,बेल्जियमका कोषाध्यक्ष दिर्घ मल्ल, बिश्व मगर संघ,बेल्जियमका अध्यक्ष मार्के मगर , मगर राष्ट्रिय मुक्ति मोर्चा, बेल्जियमका सचिव राम पुन ले बेल्जियम तथा नेपालका मजदुरहरुले भोग्नु परेका समस्या तथा बर्तमान राजनैतिक अवस्था बारेमा बिचार ब्यक्त गर्नुभएको थियो । सोही कार्यक्रममा बेल्जियमका बिभिन्न संघ संगठनहरु— मगराँत मुक्ति मोर्चा, यूरोपका संयोजक बिरमान घर्ति मगर, सिक्लेस पार्चे कल्याण कोष, बेल्जियम अध्यक्ष होम गुरुङ्ग , चितवन सहायता कोष, बेल्जियमका अध्यक्ष तथा नेपाली जनप्रगतिशील मंच, बेल्जियमका निवर्तमान कोषाध्यक्ष रामहरी घिमिरे, नवलपरासी सहायताकोष, बेल्जियमका अध्यक्ष अमृत प्रधान, ब्रसेल्स नेपाल मिलन केन्द्रका अध्यक्ष उत्तम गौतम, यूरो नेपाल कलाकार संघ, बेल्जियमका अध्यक्ष पदम गुरुङ्ग , एन आर एन बेल्जियम यूवा संयोजक तथा नेपाली जनप्रगतिशील मंच, बेल्जियमका केन्द्रिय सदस्य पवन सुबेदी, एन आर एन बेल्जियम महिला संयोजक लिला शर्मा मानन्धर, एन आर एन बेल्जियमका भुतपुर्व अध्यक्ष तथा बर्तमान सल्लाहाकार यूवराज गुरुङ्ग, एमाले प्रवाश कमिटी बेल्जियमका अध्यक्ष शिव बरुवाल, यूरो नेपाल खेलुकुद संघ, बेल्जियमका अध्यक्ष किसन केसी को समेत उपस्थिति रहेको थियो । उपस्थित अतिथिहरुलाई बाल कलाकार बहिनीहरु सन्ध्या सुबेदी, सुरुची सुबेदी , लेना बजगांई, अप्सारा रिमाल , तारा रिमालले ब्याच बितरण गर्नु भएको थियो ।

मजदुर दिवसलाई उत्सव र बैचारीक रुपमा मनाउने क्रममा प्रगतिशील कलाकार नेपाली जनप्रगतिशील मंच, बेल्जियमका आन्तोर्पेन क्षेत्रिय समितिका अध्यक्ष रमेश कार्कीको संयोजनमा कलाकार सन्ध्या सुबेदी, सुरुची सुबेदी , लेना बजगांई, अप्सारा रिमाल , तारा रिमालकोे नेपाली जनवादी गितको नृत्यले पुरा हल नै गुन्जायमान गराएको थियो भने विभिन्न नेपाली खानाको परिकारले नेपाली स्वाद र नेपाललाई स्मरण गराएको थियो । सोही अवसरमा नेपाली जनप्रगतिशील मंच, बेल्जियमका सल्लाहाकार लिला पन्तले बेल्जियममा रहेका नेपाली मजदुरहरुको मर्म भरिएको कबिता बाचन गर्नु भएको थियो भने यूवा बिद्यार्थी कमल सापकोटाले आप्mनो कबिताको साथमा जोसपुर्ण बिचार राख्नु भएको थियो ।

उक्त कार्यक्रममा संयूक्त नेपाली मोर्चा, यूरोपका कोषाध्यक्ष दधिराज घिमिरेले अहिले पार्टीमा अन्तरसंघर्ष चर्कनुको प्रमुख कारण भनेको कार्यदिशामा देखीएको अन्तर हो भन्नु भयो । त्यस्तै कार्यक्रमका सभापतिको आसनबाट नेपाली जनप्रगतिशील मञ्च बेल्जियमका अध्यक्ष सुरेन्द्र भुषालले आप्mना बिचार राख्ने क्रममा भन्नु भयो अहिले एकिकृत नेकपा माओबादी भित्र देखिएको अन्तरसंघर्ष भनेको किरण कमरेडहरुले राख्ने दृष्टीकोण रुढीवादी छ र परम्परागत ढंगले सोचिरहेसम्म यो समस्याको हल गर्न सकिंदैन । अहिलेको चिन्तन लिएर जाने हो भने उहांहरु पुग्ने कि बर्मा वा मलाय हो, कि मोहनविक्रम या मातृका यादवको बाटोमा हो भन्नु भयो । किरण समुहले मुखले गर्ने भन्ने तर नगर्ने , उहांहरु संग स्पष्ट कार्य दिशा पनि छैन । अहिले यूरोपमा पनि नेपालमा भएको गतिबिधिको प्रतिबिम्व देिखएको छ । हिजो सम्म संगैं रहेका केहि साथिहरुमा नेपालको क्रान्तिलाई बुभ्mने सवालमा जडतामा हुनुहुन्छ, त्यसैले नेपालको अहिलेको बस्तुगत स्थितिलाई बुझि बहस र छलफललाई निरन्तरता दिदै पार्टीले लिएको अहिलेको कार्यदिशा नै बैज्ञानिक र सान्दर्भिक रहेको छ भन्नु भयो । कार्यक्रमलाई नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, बेल्जियमका महासचिव तथा नेपाली जनप्रगतिशील मंच, बेल्जियमका केन्.िद्रय सल्लाहाकार चित्र सुबेदीले संचालन गर्नु भएको थियो ।

 


मिति १४ मे का दिन नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको केन्द्रिय कार्यसमिति, सल्लहाकार तथा क्षेत्रिय समितिका अध्यक्ष तथा प्रतिनिधिहरुले नेपाल सरकारको तर्फबाट बेल्जियम, नेदरल्याण्ड लक्जम्बर्ग र युरोपियन युनियनको लागी नवनियुक्त महामहिम राजदुत राम मणि पोखरेललाई ब्रसेल्सको दुताबासमा एक कार्यक्रमका साथ बेल्जियम आगमनको स्वागत गर्दै मञ्चका अध्यक्ष सुरेन्द्र भुसाल, सल्लहाकार बिष्णु भुजेल, राम बहादुर गुरुङ, कृष्ण तिवारी, चित्र सुबेदि, उपाध्यक्ष जित बहादुर लामा, कोषाध्यक्ष कुष्ण पौडेल, लोक दहाल, बिरमान मगर तथा मनिस गुरुङ लगाएतले बेल्जियमको बस्तुगत अवस्थाको साथै संगठनको कृयाकलापको बारेमा छोटकरिमा ब्याख्या गर्दै उहाँको कार्यकालमा नेपाल र नेपालीको हितमा काम गर्न पूर्ण सफलता मिलोस् भन्नु भयो । सोहि अवसरमा नवनियुक्त महामहिम राजदुत राम मणि पोखरेलले आफुले सबै नेपाली समुदायहरुको सल्लहा र सहयोगमा नै काम गर्ने र आफुले सधैं नेपाल र नेपालीकै बिकास र उन्नतिमा ध्यान दिई कुटनितिक रुपले नेपालको राजनैतिक, ब्यापारिक तथा समाजिक, साँस्कृतिक बिकासमा कार्य गर्ने बताउनु भयो । कार्यक्रमको संयोजन तथा सञ्चालन मञ्चका उपाध्यक्ष दधिराज घिमिरेले गर्नु भएको थियो ।

  • नेपाली कम्युनिस्ट  आन्दोलनमा  विचारधारत्मक संघर्ष र पार्टी निर्माणको प्रश्न विषयक विचार गोष्ठीमा माओवादी अध्यक्ष प्रचण्डले दिनुभएको मन्तव्यको अंश

यतिबेला हामीले लेनिनलाई सम्झनुको अर्थ लेनिनले माक्र्सवादको कुरा गर्दा बडो जोड दिएर पटक–पटक भन्ने गर्नुहुन्थ्यो, ‘ठोस वस्तुको ठोस विश्लेषण नै माक्र्सवादको ज्युँदो आत्मा हो, त्यसो गर्न सकिएन, ठोस वस्तुको ठोस विश्लेषण गरेर नीतिहरू, योजनाहरू, कार्यक्रमहरू बनाउन सकिएन भने त्यो माक्र्सवाद हुँदैन ।’ यसलाई पछि आएर माक्र्सवादको रक्षा, प्रयोग र विकास पनि हो । रक्षा, प्रयोग र विकास विचारधारात्मक संघर्षकै बीचबाट हुन्छ । यो एकातिर दायाँ विचलन अर्कोतिर बायाँ विचलनका विरुद्धको संघर्ष हो । विचारको संघर्ष पनि कुनै खास परिस्थितिमा, खास देशमा त्यतिबेलाको शक्ति सन्तुलन के छ, आफ्नो शक्तिको स्थिति र आफ्ना मित्रहरूको स्थिति के छ र प्रतिक्रियावादी वैरीहरूको शक्ति र उनीहरूका मित्रहरूको शक्ति के छ भनेर ठीक–ठीक आकलन गर्ने र त्यसैका आधारमा कार्यनीति र रणनीतहरू निर्धारण गर्नेसँग सम्बन्धित छ ।
हामीले क्रान्तिलाई के भन्यौं भने, ‘कहिल्यै पनि क्रान्तिको पुनरावृत्ति हुँदैन, क्रान्तिको विकास मात्रै हुन्छ ।’ कम्युनिस्ट आन्दोलनमा कहीं न कहीं क्रान्तिको पुनरावृत्ति गर्न खोज्ने प्रवृत्ति हामीले देख्दै आयौं । त्यो फ्रान्सको पेरिस कम्युनपछि, रुसको अक्टुबर समाजवादी क्रान्तिका बीचमा त्यस्ता थुप्रै प्रवृत्तिहरू देखापरे । रुसको अक्टुबर समाजवादी क्रान्तिपछि चिनियाँ क्रान्ति सम्पन्न नहुँदासम्म विश्वभरि कम्युनिस्ट आन्दोलनमा त्यस्ता प्रवृत्तिहरू देखा परे । रुसी क्रान्तिको यान्त्रिक नक्कल गर्न खोज्ने प्रवृत्तिहरू देखा परे र ती प्रवृत्तिहरूले क्रान्तिलाई निकै ठूलो क्षति पनि पुर्‍याए ।
माओले जहिले पनि के भन्नुहुन्थ्यो भने, ‘हामीले माक्र्सवाद, लेनिनवाद र माओवादका सार्वभौम सिद्धान्तलाई आफ्नो देश, काल र परिस्थितिअनुसार, देशको ठोस परिस्थितिअनुसार लागु गर्नुपर्ने हुन्छ यदि त्यसो गरिएन र अन्धानुकरण गर्ने प्रयास मात्र भयो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ ।’ फेरि पनि कम्युनिस्ट आन्दोलनमा एउटा यान्त्रिक, अन्धानुकरणको प्रवृत्ति देखा परि नै रहेको छ । एकातिर कम्युनिस्ट पार्टीभित्र वर्गसमन्वय गर्ने सम्झौतावादमा जाने प्रवृत्ति निकै खतरनाक रूपले देखा पर्दै आयो जसलाई दक्षिणपन्थी संशोधनवाद भनेर हामी भन्छौं । त्यो प्रवृत्तिका विरुद्ध संघर्ष गर्नुपर्छ भन्ने हदसम्म कम्युनिस्ट आन्दोलनभित्र एउटा क्रान्तिकारी प्रवृत्ति देखा पर्‍यो तर त्यससँग लड्दै जाँदा फेरि अर्को बायाँ विचलनका रूपमा एउटा अर्को खालको विर्सजनवाद, अर्को खालको संशोधनवाद, अलिकति जडसूत्रवाद  पनि गम्भीर रूपमा देखियो । हामीले नेपाली कम्युनिस्ट आन्दोलनमा अझ त्यसमा पनि मुख्यत: एकीकृत नेकपा माओवादीअन्तर्गत धेरै बहस गर्‍यौं ।
कहीं न कहीं हाम्रो पार्टीभित्र, हाम्रो आन्दोलनभित्र बेलामौकामा अधिभूतवाद, यान्त्रिकता, संकीर्णता, मनोगतवाद यी प्रवृत्तिहरूले टाउको उठाउने गरेका छन् । यतिबला हामी विचारधारात्मक पार्टी निर्माणको कुरा गर्दैछौं, यतिबेला नेपालको ठोस परिस्थितिमा क्रान्तिलाई अगाडि बढाउने कुरा गर्दैछौं, यतिबेला दक्षिणपन्थी संशोधनवादबाट बाह्य रूपमा खतरा छ  । त्यससँग विचारधारात्मक संघर्ष अहिले पनि त्यत्तिकै टड्कारो छ । हाम्रो क्रान्तिकारी आन्दोलनभित्र यान्त्रिक, जड अधिभूतवादी, संकीर्ण मनोगतवादी सोचका विरुद्ध पनि संघर्ष गर्दै पार्टी निर्माण प्रक्रिया अगाडि बढाउनु पर्ने खाँचो छ । म यतिबेला लेनिनको क्रान्तिकारी लफ्फाजी भन्ने संकलन स्मरण गर्दछु । कसरी क्रान्तिकारी लफ्फाजीले प्रतिक्रान्तिलाई सेवा गर्छ । नियत राम्रो भएर मात्रै हुँदैन । हामीले के सोच्छौं, हाम्रो सोच्ने तरिका वैज्ञानिक छ कि छैन भन्ने कुरा मुख्य हुन्छ ।
२०४६ सालको आन्दोलनभन्दा अगाडिदेखि मैले यो पार्टीको नेतृत्वमा रहँदा सधैं यस्ता प्रवृत्तिका विरुद्ध लडें । मूलभूत सिद्धान्त र मूलभूत कर्यदिशा एउटै हुनेहरू एकले अर्कालाई दक्षिणपन्थी, मध्यपन्थी वा गद्दार भनेर विभिन्न खालको आरोप लगाएर टुटफुटको शृंखलातिर गएको बेला एकीकृत बनाउन मेरो पहल रहिरह्यो । एकै ठाउँमा बसेर नै विचारधारात्मक संघर्ष चलाएर पार्टी र आन्दोलनलाई अगाडि लैजान जरुरी छ भनेर पहिलो पहलकदमी पनि भयो । त्यतिबेला सशस्त्र संघर्ष वा वर्गसंघर्षबारे जे सोचाइ थियो, सशस्त्र संघर्षबाहेक अरू कुरा गर्ने क्रान्तिकारी हुनै सक्दैनन् भन्ने माओवादी आन्दोलनभित्र पनि एउटा पक्षमा एउटा सोच थियो । हतियारबाहेक अरूको कुरा गर्‍यो कि त्यो दक्षिणपन्थी हो, जनयुद्धबाहेक अरू कुरा गर्‍यो कि त्यो दक्षिणपन्थी नै हो, उसले जतिसुकै वैचारिक ढंगले माझिएको कुरा गरे पनि, जतिसुकै द्वन्द्वात्मक कुरा गरे पनि त्यो चाहिं दक्षिणपन्थी नै हो भन्ने एउटा बालरोगजस्तो त्यतिबेला पनि थियो । त्यस प्रवृत्तिलाई कम–बेसी त्यतिबेलाको चौथो महाधिवेशनको स्कुल पनि भन्न सकिन्छ । त्यसबेला पनि ती धाराहरूका बीचमा संघर्ष थियो । अहिले सेना समायोजन भएको छ । अहिलेको माओवादी अध्यक्षले सबै चीज छोडेको हो कि भन्ने भ्रम पनि परेको छ साथीहरूलाई । म उनीहरूलाई के ध्यानाकर्षण गराउन चाहन्छु भने ०४६ सालको जनआन्दोलनपछि सशस्त्र संघर्षमा गइहाल्ने परिस्थिति छैन, त्यसकारण हामीले पार्टी एकता पनि गर्नुपर्छ र संसदीय निर्वाचनलाई पनि उपयोग गर्न जानुपर्छ, अहिले तुरुन्तै छापामार कारबाही गर्नु नेपाली जनताको चाहनाविपरीत हन्छ भन्दा मलाई अहिलेकै आरोप लगाइएको थियो । त्यतिबेला मैले क्रान्तिको तयारी, विचारधारात्मक तयारी, राजनीतिक तयारी, सांगठनिक तयारी गर्नकै निम्ति आएको हो भन्ने कुरा भन्दा पनि केहीले मानेनन् तर त्यो प्रमाणित छ आज पनि ।
नेपालमा क्रन्तिकारी भनेको मोहनविक्रम सिंह हो भनेर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा थुप्रै पोथाहरू, दस्ताबेजहरू तयार पारिए । तर, त्यो विश्लेषण यान्त्रिक थियो, अधिभूतवादी थियो भन्ने कुरा पछि जनयुद्धले पुष्टि गर्‍यो । उनीहरूले हामीलाई के आरोप लगाए भन्ने कुराको पर्वाह नै नगरी नेपाली क्रान्तिलाई अघि बढायांै । हामीले जनयुद्ध उनीहरूले भन्या जस्तो गरी अगाडि बढाएनांै । हामीले जनयुद्ध एक ठाउँमा चिङकाङसाङ बनाएर पनि सुरु गरेनौं । हामीले जनयुद्ध र जनआन्दोलनको सम्बन्धलाई इन्कार पनि गरेनांै । कतिपय यान्त्रिक र संकीर्ण मान्छेहरूले भन्छन्, ‘हामीले त ०४६ सालभन्दा अगाडि नै भनेका थियौं, यिनीहरू दक्षिणपन्थी हुन्, त्यसकारण अहिले सावित भए ।’ अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका मानिसहरूले गएको २० वर्षमा के गरे ? तिनीहरूले बनाएका पार्टीहरू विसर्जन भए । के त्यही हो माक्र्सवाद ? अहिले त्यसो भन्ने मान्छेहरू युरोप–अमेरिकामा मुट्ठीभर बुद्धिजीवीबाहेक साम्राज्यवादीहरूको प्रतिकार गर्नेमा कुनै सिन्को भाँचेको हामीले देखेका छैनांै ।
हामीले हाम्रो वर्ग, राष्ट्र र जनताका निम्ति कसरी क्रान्ति अगाडि बढाउँछौं भन्ने प्रश्न हाम्रो हो । हामीले आफैं जानेका पनि छांै, यो अर्काले अर्ती दिने विषय होइन । हामी विज्ञानको चोटीमा चढ्न प्रतिबद्ध छौं, हामी निरन्तर अगाडि बढ्छौं । हामी नेपालमा त्यही ढंगले अगाडि आएका छांै । अहिले हामीमाथि जे आरोप लागे पनि कुनै पर्वाह छैन । ठोस परिस्थितिको ठोस विश्लेषण गरेर नेपाली क्रान्तिलाई अगाडि लाँदैछांै । हामीले त्यस्तो बाटो अपनाएनौं, जसले बर्मा, मलाया र पेरु पुर्‍याउँथ्यो । हामीले हाम्रै जीवनकालमा पेरुको उदाहरण पनि हेर्‍यांै । हामीले त्यो बाटो पनि जान चाहेनौं । हामी नितान्त नयाँ र जोखिमपूर्ण बाटोबाट जाँदैछांै । त्यसकारण हामीलाई के विश्वास छ भने त्यसरी जाँदा मात्रै क्रान्तिको विकास गर्न सक्छौं । क्रान्तिका उपलब्धिको रक्षा गर्न सक्छौं भन्ने विश्वास छ ।
हामी कहिलेकाहीं के सोच्छांै भने एकचोटि बनाएपछि त्यो बडो शुद्ध, पवित्र र निरन्तर गतिमा ंगइरहनु पर्छ । पार्टी बन्छ, पार्टी भत्किन्छ, भताभुंग हुन्छ, फेरि बन्छ । त्यसकारण माओले के भन्नुभयो भने पार्टी भनेको जमेको पोखरीजस्तो होइन, गडगडाउने याङसी नदीजस्तो भत्काउँदै हिंड्छ । मेरै जीवनकालमा धेरै चोटि पार्टी भत्काइदिएको छु, धेरैचोटि पार्टी बनाएको पनि छु । त्यसको नेतृत्व मैले गरेको छु भन्ने मलाई विश्वास छ । किनभने, म आउनेबित्तिकै मैले मशाल सिध्याइदिएको हो । यो मोटो मशालको पछि लागेर हुँदैन भनेर त्यसको दाहसंस्कार गरेपछि एकता केन्द्र बन्यो । एकता केन्द्र पनि फेरि भत्काइयो र माओवादी बनाइयो । फेरि माओवादी भत्काइयो र एकीकृत माओवादी बनाइयो, भोलि के हुन्छ हेर्दै जानुहोला । त्यसकारण पार्टी भनेको साधु–सन्तको जमातजस्तो केही मान्छेहरूले ठान्छन्, बडो सिस्टमभित्र हुन्छ । तर त्यस्तो हँुदैन । वर्गसंघर्षको प्रतिविम्ब पार्टीमा पर्छ, विचारको भीषण संघर्ष पनि चल्छ । पार्टी भत्किंदै गर्छ, पार्टी बन्दै गर्छ । पार्टी अगाडि बढिरहन्छ । यो वर्गसंघर्षको यात्रा हो । त्यसकारण मैले धेरै पार्टी भत्काएको छु ।  धेरै पार्टीे बनाएको छु । म नेतृत्वमा हुँदाहँुदै पनि केही पार्टी भत्किंदै छ, केही बन्दै छ । त्यसकारण पार्टी भनेको नयाँ–नयाँ बन्ने वस्तु हो । कहिले हामी पुरानो पार्टी हो भन्ठान्छौं । होइन, यो पुरानो पार्टी हुँदै होइन । पार्टी नयाँ हो, नयाँ भइराख्छ । त्यसकारण निरन्तर नयाँ पार्टी बनाउनेतिर हामी जानुपर्छ । नयाँ पार्टी बनाउने बेलामा नयाँ विचारधारात्मक लाइन त्यसमा दृढतापूर्वक उभिने र परिस्थितिको ठीक–ठीक आकलन गर्ने, संघर्षकै बीचबाट पार्टी निर्माण गर्ने हो । हामी सबै शान्त मनस्थितिले एक ठाउँमा बसेर योजना बनाएर पार्टी बन्ने होइन । भीषण लडाइँभित्रबाट पार्टी बन्ने हो । भीषण लडाइँबाटै पार्टी अगाडि जाने हो । यही स्पिरिटले सोच्यौं भने धेरै नयाँ र धेरै राम्रो ठाउँमा पुग्छांै ।
हामी अहिले नेपाल सरकारको नेतृत्व पनि गरिराखेका छौं । विचारधारात्मक संघर्ष पनि गरिराखेका छौं । हामी सेना समायोजन गरिराखेका छांै । हामीले शाही नेपाली सेनासँग समायोजन गरेको होइन, नेपाली सेनासँग, गणतन्त्रवादी सेनासँग समायोजन गरेको हो । किन डराउनु पर्‍यो ? यत्रो सानो चित्त भएकाले क्रान्ति गर्ला भनेर कसैले नसोचे हुन्छ । क्रान्ति गर्न ठूलो छाती चाहिन्छ । पार्टी निर्माण गर्ने कुरा पनि त्यही हो । नेपाली सेनालाई विश्वासमा लिन किन तयार नहुने ? त्यसलाई दुस्मनै ठान्नु पर्ने कारण के छ ? त्यो किन नबुझने ? चार आधार र तयारी गर्ने भनेको के हो ? यस दृष्टिकोणले पार्टी संघर्षकै बीचमा बन्छ, संघर्षभित्रै भत्कन्छ । फेरि संघर्षकै बीचमा बन्छ । त्यसकारण यो पार्टी निर्माणबारे पनि हामीले यान्त्रिक भौतिकवादी, अधिभूतवादी सोचाइ राख्नु हुँदैन । द्वन्द्वात्मक भौतिकवादी हुनुपर्छ । परिस्थितिअनुसार हाम्रै पार्टीभित्र देख्दादेख्दै हामी कति चोटि फुट्यांै ,कति चोटि जुट्यांै । कहा आइपुग्यौं ? त्यसकारण नेतृत्व गर्ने द्वन्द्वात्मक भौतिकवादी विचार भयो भने हामी जित्छांै । हाम्रो विकल्प नेपालमा छैन । हाम्रो पराजयको कारण बाहिर छैन, तपाईं–हामीले बुझेनांै भने तपाईं–हामीभित्रै छ । त्यो नै हाम्रो काल हो । अरू कसैले हामीलाई हराएर हराउन सक्दैन ।

 

पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष एकीकृत नेकपा माओवा

तपाई केही वर्षअघिसम्म पिएलएको सुपि्रम कमाण्डर हुनुहुन्थ्यो, जुन नेपाली सेनासँग लडेको थियो । तर अहिले तपाईले पिएलए त्यहीँ नेपाली सेनालाई सुम्पनुभएको छ । यो यात्रा कसरी सम्भव भयो ?

यो विषय आफैसित लडेको सेनालाई पिएल सुम्पिएको भन्ने होइन । युद्ध शाही नेपाली सेनासँग थियो, अहिले समायोजनको प्रक्रिया अघि बढिरहेको छ नेपाली सेनासँग । उतिबेला त्यो शाही सेना थियो तर अहिले गणतान्त्रिक सेना हो । यो नै गुणात्मक फरक हो । हामी संविधानसभा चुनावको प्रजातान्त्रिक प्रक्रियाबाट सबैभन्दा ठूलो दलको रुपमा स्थापित राजनीतिक दल पनि हौँ । अहिले हामीले सरकारको नेतृत्व गरिरहेका छौँ र यो बेला नेपाली सेना र जनमुक्ति सेनाप्रतिको हाम्रो धारणामा पनि परिवर्तन आएको अवस्था छ । नेपाली सेना पनि राष्ट्रिय सेना हो र पिएलए जुन समायोजनमा गैरहेको छ त्यो पनि राष्ट्रिय सेना बन्दैछ । यो इज्जतको सबाल पनि हो र खुसीको क्षण हो । यो प्रक्रियालाई अगाडि बढाइरहेको पार्टीको अध्यक्षको हैसियतले मैले मेरो जिम्मेवारी पूरा गर्ने अवसर पाएको ठानेको छु । बाह्रबुँदे सहमतिसँगै दिल्लीबाट सुरु भएको यात्रा अहिले निष्कर्षमा पुगेको छ ।

तर तपाईले प्रतिबद्धताका कारण नभइ बाध्यताका कारण निर्णय लिनुभएको भन्ने आलोचना पनि छन् नी ? पिएलए भित्रै असन्तुष्टी सुरु हुन लागेको अवस्था थियो ?

यो निराधार आरोप हो । पछिल्लो एक वर्षयता मैले आफ्नै बलबुताले शान्ति प्रक्रिया अघि बढाइरहेको छु । म जनमुक्ति सेनाका सदस्य र हतियारद्धारा युद्धकालमा सुरक्षित थिएँ । मैले नै जनमुक्ति सेनालाई क्यान्टोनमेन्टमा पठाएँ र अहिले राज्यको सुरक्षाको मातहतमा छु । बाबुराम भटराईको सरकार बनेपछि हामीले लडाकुको पुनवर्गिकरण प्रक्रिया सुरु गर्यौँ । अहिले फेरी यस विषयमा बोल्ड निर्णय लिनुपर्छ र शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउनुपर्छ भन्ने मलाई लाग्यो । यदि म बाध्यतामा परेको भए मैले भन्नुपथ्र्यो की कांग्रेस र एमालेले समायोजन अस्विकार गरे, क्यान्टोनमेन्टमा अस्थिरता ल्याउन खोजे । त्यस्तो बेलामा आन्दोलनको विकल्प थिएन ।

के त्यसो भए क्यान्टोनमेन्टमा कुनैपनि समस्या देखिएनन् ?

दुईवटा क्यान्टोनमेन्टमा केही समस्या आएका थिए । त्यसलाई शान्ति प्रक्रिया भाँड्न चाहने तत्वहरुले बल पुराइरहेका थिए । साथै आफ्नो भविष्यको विषयमा केही लडाकुमा असन्तुष्टी पनि थिए । तर राजावादी र प्रतिक्रियावादीहरु जसले शान्ति प्रक्रिया भाँड्न चाहन्थे उनीहरुको घुसपैठका कारण स्थिति असहज बनेको हो । त्यस्ता तत्वहरुलाई पार्टीका केही दक्षिणपन्थी तत्वहरु जसले परिवर्तन चाहँदैनन्, निरंकुशता चाहन्छन् त्यस्ता तत्वले पनि सघाएका थिए । त्यसैले पनि मैले शान्ति प्रक्रियालाई पूर्णता दिएको हुँ ।

तपाइँकै पार्टीका नेताहरुले यसलाई आत्मसमर्पण भनेका छन् नी ?

खासगरी पार्टीको मोहन वैद्य किरण पक्षले यस्तो आरोप लगाएको हो र मेरो पुत्ला समेत जलाएको छ । मलाई यो आत्मसमर्पण हो भन्ने लाग्दै लाग्दैन । विद्रोही सेना नेपाली सेनामा समायोजन हुँदैछ, यो त गौरवको कुरा हो । वास्तवमा पार्टीभित्र विश्व परिवेशको बुझाइ, शक्ति सन्तुलन, आर्थिक विकाशको गति, तथा अन्तराष्ट्रि कम्युनिष्ट आन्दोलनका विषयमा बुझाइका भिन्नता छ । एकपटक म सँग भेट्न आएका बेला मैले वैद्य जी लाई यी सबै विषयमा खुलस्त कुरा गरेर भनेको थिएँ की मेरो कदम यथार्थमा आधारित तथा वैज्ञानिक छ र तपाईको विचार परम्परावादी छ ।

कतिपयले प्रचण्डले यो काम पहिले नै नगरेर मूल्यवान समय खेर फाल्यो पनि भन्छन् नी ?

तपाईले नपाकेको फल टिपेर खानुभयो भने त्यसले स्वास्थ्यमा असर पार्छ । त्यस्तै संघर्षका निश्चित प्रक्रिया पूरा नभइकन निर्णय लिनुपनि नकारात्मक हुन्छ । पार्टीको नेताको हैसियतले यदि शान्ति प्रक्रियाको विषयमा यो मार्ग अवलम्बन नगरेको भए अहिले मैले यो निर्णय गर्ने थिइन । परिस्थिति ठीक नभइकन निर्णय लिँदा कहिलेकाहीँ त्यो प्रत्युत्पादक बन्छ । यो प्रचण्डको काम गराइको शैली पनि हो । हामीले शान्ति प्रक्रियामा प्रवेशका लागि पनि डेढ वर्षको समय लिएका थियौँ ।

माओवादीले युद्धकालमा भएका अपराधलाई आममाफी दिने प्रयास गरेको देखिन्छ । यसो गर्दा पीडितका परिवारप्रति अन्याय हुँदैन ?

हाम्रो पार्टीले पूरै आममाफी भनेको कुरा सही होइन । पीडितका अधिकारको रक्षा गर्ने विषयलाई ध्यान दिनुपर्छ । पीडितलाई क्षतिपूर्ति, बालबच्चालाई शिक्षा, रोजगारी लगायतका प्रवन्ध गरी दिगो शान्तीका लागि मेलमिलापको वातावरण बनाउनु तथा पीडितले पिडकलाई आफै माफी दिने वातावरण सिर्जना गर्नु अहिलेको मुख्य विषय हो ।

नयाँ संविधानमा कस्तो शासकीय स्वरुपमा सहमति जुट्ला ?

यो विषय धेरथोर टुंगिसकेको छ । सर्वदलीय कार्यदलले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्री र ती बीच शक्ति बाँडफाँडको प्रस्ताव तयार पारेको छ । यो नै मिलन बिन्दु हो ।

संघीय संरचनाको विषयमा तपाईको पार्टीको आधिकारिक धारणा के हो ?

पहिचान र सामथ्र्य संघीयताका आधार हुन् भन्ने विषयमा सहमति भैसकेको छ । अहिलेको लागि यी दुईमध्ये पहिचान मुख्य कुरो हो । दोश्रो कुरा प्रान्तको संख्या हो । संविधानको समितिले १४ वटा संघीय राज्यको प्रस्ताव तयार पारिसकेको अवस्था छ । तर हामी यस विषयमा लचकता अपनाउन तयार छौ्रँ ।

के छिटै राष्ट्रिय सरकार गठन होला ?

हामीले भन्दै आएको कुरा के हो भने राष्ट्रिय सहमतिको सरकार बन्यो भने त्यसले यो प्रक्रियालाई सहज बनाउनेछ । अहिले शान्ति प्रक्रिया निकै अघि बढेको छ त्यसैले राष्ट्रिय सरकार बन्छ । तर राष्ट्रिय सरकार बाबुराम भटराइकै नेतृत्वमा हुनुपर्छ भन्ने हाम्रो दाबी हो र यस्तो सरकार शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने तथा संविधानका आधारभुत विषयमा सहमति जुट्ने बेला सम्म रहनेछ । तर संविधानको घोषणा कांग्रेस नेतृत्वको सरकारले गरेपनि हाम्रो विमती रहनेछैन ।

पछिल्ला महिनामा भारतीय भूमिका कस्तो देख्नुभएको छ ?

१२ बुँदे सहमतिदेखि संविधानसभाको निर्वाचनसम्म भारतको सक्रिय सहयोगले यो प्रक्रियालाई अघि बढाउन सहयोग गर्यो । तर मेरो नेतृत्वमा सरकार बनेपछि भने सम्बन्धमा चिसोपना आयो । पछिल्लो डेढ वर्षयता भने सम्बन्धमा केही सुधार आएको छ र एकअर्कामा समझदारीको विकाश भएको छ । अहिले भारतले नेपालमा राजनीतिक स्थिरता, शान्ति प्रक्रियाको पूर्णता र संविधान लेखन चाहन्छ । यो बाहेक भारतको अरु स्वार्थ छ भन्ने मलाई लाग्दैन ।

भारतसँगको सम्बन्धमा कसरी सुधार आयो ?

हामी सबैले परिस्थितिको विश्लेषण गर्यौँ । मैले गएको अपि्रलमा पार्टी बैठकमा बाह्र बुँदे सहमतिमा आधारित भएर शान्ति र संविधान निर्माण प्रक्रिया अघि बढाउनु पर्छ भन्ने दस्तावेज प्रस्तुत गरेँ । त्यसपछि भारतले माओवादीप्रतिको धारणामा परिवर्तन गर्यो र यो प्रक्रिया सफल बनाउनु पर्छ भन्ने सोँच्यो । १२ बुँदे सहमति ताकाको जस्तो विश्वासको वातावरण बनाउनुपर्छ भन्ने विषयको बुझाइले नै सम्बन्धमा सुधार आएको हो ।

भारतको सहयोग बिना नेपालको शान्ति प्रक्रिया र संविधान लेखन प्रक्रिया सम्भव छैन भनियो भने त्यो सही हुन्छ ?

निश्चित रुपमा । १२ बुँदे सहमतिमा दिल्लीमै हस्ताक्षर भएको हो जुन भारतको सक्रिय सहभागिता बिना सम्भव थिएन । संविधानसभा चुनाव पनि सम्भव थिएन । गणतन्त्र घोषणामा पनि समस्या आउन सक्थ्यो । र अहिले शान्ति र संविधान लेखनलाई अघि बढाउँदा पनि भारतीय सहयोग बिना गाह्रो हुन्छ ।

भारतसँगको आर्थिक सम्बन्धका विषयमा तपाइँको धारणा के छ ? सरकारले हालै चीनसँग एक जलविद्युत सम्झौतामा हस्ताक्षर गरेको छ तर भारतसँग सम्झौता भैसकेको आयोजना भने अघि बढ्न सकेको छैन ।

पहिलो कुरा त भारतले नेपालका अरु पार्टी आफ्नो नजिक छन् र माओवादी टाढा छ भन्ने भ्रम त्याग्नुपर्छ । हाम्रो भारतसँग नजिकको सम्बन्ध छ र आर्थिक निर्भरता पनि । हाम्रो विकाशका लागि भारतीय सहयोग आवश्यक छ, चाहे यो जलविद्युत होस्, उद्योग होस वा भौतिक पूर्वाधार हो । त्यस्तै हामीलाई चीनको सहयोग पनि चाहिन्छ । वास्तवमा यी दुई छिमेकीबीचको सम्बन्धमा सन्तुलन आवश्यक छ । तर पनि भारतसँगको सम्बन्ध विशेष छ । मैले माथिल्लो कणर्ालीको विषयमा भएका विवादका विषयमा छलफल गरी त्यसलाई अघि बढाउन प्रधानमन्त्रीलाई सल्लाह दिइसकेको छ ।

तपाई लुम्बिनी विकाशका लागि राष्ट्रिय समितिको अध्यक्ष हुनुहुन्छ । तपाईको लक्ष्य के हो ? लुम्बिनी विकाशमा चिनियाँ संस्थाको चासोलाई कसरी लिनुहुन्छ ?

सरकारले लुम्बिनीलाई विश्व शान्ति सहर बनाउने उद्धेश्य अनुरुप राष्ट्रिय समिति बनाएको छ । मलाई लाग्छ छिमेकीको सहयोग बिना यो सम्भव छैन । यसमा भारतीय सहयोग खासमा महत्वपूर्ण छ । बुद्ध नेपालमा जन्मे र भारतमा बुद्धत्व प्राप्त गरे । गया, कुशिनगर लगायतका ठाउँ निकै महृत्वपूर्ण छन् र हामीले लुम्बिनीसँग संजाल बनाउनुपर्छ । त्यस्तै हामीलाई बुद्ध धर्माबलम्बी भएका देशसँग सहकार्य गर्नु आवश्यक हुन्छ । चीन पनि धेरै बुद्ध धर्माबलम्बी भएको देश हो । अहिले लुम्बिनीको विकाशका लागि राष्ट्रिय समिति नै बनेकाले कुनै अन्तराष्ट्रिय गैरसरकारी संस्थाको संलग्नता आवश्यक छैन । लुम्बिनी विकाशका बारे अन्तराष्ट्रिय गैरसरकारी संस्थामा यसअघिको मेरो संलग्नताको विषयमा अहिले प्रश्न उठाउनु आवश्यक छैन ।

तपाई केही समय यता कुनै राजनीतिक पदमा हुनुहुन्न । तपाईको राजनीतिक लक्ष्य के हो ?

यो समयमा म कुनै पदमा जान इच्छुक छैन् । दुई वर्षअघि संसदमा भएको प्रधानमन्त्री चुनावमा म ७ पटकसम्म लडेँ । तर त्यसपछि मैले मेरो भूमिकाको विषयमा मुल्यांकन गरेँ र मैले सोचेँ अब म शान्ति र संविधानका विषयमा केन्दि्रत हुनुपर्छ । यदि मैले कुनै पदलाई लक्ष्य बनाएँ भने शान्ति प्रक्रिया अझै कठिन हुनेछ र नेपाली जनता, राजनीतिक दल तथा अन्तराष्ट्रिय समुदायसँग मेरो सम्बन्ध नराम्रो बन्नेछ ।

तर यसो भन्नुको मतलब म शक्तिशाली पदमा कहिल्यैपनि जाँदिन भन्ने होइन । देशलाई अगाडि बढाउने विस्तृत दृष्टिकोण मेरो छ । शान्ति र संविधानको पूर्णतापछि म नेपाली जनताको सेवा गर्न चाहन्छु । मेरो भिजन कार्यान्वयन गर्न मलाई ५-१० वर्ष चाहिन्छ ।

 

 

आहुति /  एक्काइसौं शताब्दीको पहिलो दशकमा क्रान्तिका चुनौतीपूर्ण कार्यभारहरू क्रान्तिकारीहरूका सामू छन् । एक्काइसौं शताब्दी र आजको सूचना प्रविधिको विकास भइसकेको चरणमा सर्वहारा रणनीति के हुने भन्ने प्रश्नको हल हामीले नै खोज्नुपर्छ । यो माक्र्सवाद-लेनिनवाद-माओवाद/विचारधाराको परम्परागत सीमाबाट मात्रै खोजेर सम्भव छैन, बरु त्यसलाई विकास गरेर नै त्यो सम्भव छ । नेपाली क्रान्तिक लेनिनको दिशामा गएर पनि अघि बढेको होइन, माओले देखाएको दिशाबाट मात्रै पनि हामी यहाँसम्म आएका होइनौं । माओले जस्तै छापामार युद्ध गरेर सिधै राज्यसत्ता जित्ने स्थितिमा नेपाली क्रान्ति गएन । त्यसो नगरीकन दीर्घकालीन जनयुद्धको प्रक्रियाबाट अगाडि बढ्ने, छापामार इलाका र आधार इलाकाहरू निर्माण गर्ने तर त्यो आधार इलाकाको विकास सँगसँगै त्यसलाई सहरी जनविद्रोहसँग जोड्ने र गाउँको शक्तिलाई सहरमा ल्याउने नेपाली क्रान्तिको मौलिक रणनीतिअनुसार हामी यहाँसम्म आइपुगेका हौं । हाम्रो यो अनुभवले विश्वक्रािन्तकै क्षेत्रमा पनि नयाँ रणनीतिको आवश्यकता छ भन्ने कुरा देखाएको छ । क्रान्तिका सन्दर्भमा परम्परावादी ढंगले सोच्नेहरू विश्वकम्युनिस्ट आन्दोलनमा सबै सिद्धिए । बर्मा, थाइल्यान्ड, फिलिपिन्स, बंगलादेश, मलायालगायतका देशका क्रान्तिहरू सबै सकिए । अहिले नेपाली क्रान्ति मात्रै जोगिएको छ । यो जोगिन किन सम्भव छ त ? किनभने हामीले परम्परावादी सोच र परम्परावादी रणनीतिलाई परिमार्जन गरेका छौं र नै क्रान्ति जोगिएर यहाँसम्म आइपुगेका हौं ।

नेपाली क्रान्तिले नयाँ बाटो नलिएको भए यो ध्वस्त भइसक्थ्यो । चुनवाङ बैठकबाट लोकतान्त्रिक गणतन्त्रको कार्यनीति लिएर संविधानसभातिर आएर घुम्नुपर्छ भन्ने बाटो लिइँदैनथ्यो भने क्रान्ति धेरै नराम्रोसँग जोखिममा पर्ने खतरा थियो । पेरूमा भएको त्यही हो, असी प्रतिशत भूभाग जितिसकेको भनियो तर कमरेड गोन्जालो गिरफ्तारीमा पर्नासाथ क्रान्तिले धक्का खाइहाल्यो । उहाँले वार्ताको रणनीति लिनै सक्नुभएन् । सैद्धान्तिक रूपमा त लिनुभयो, तर व्यवहारिक पहल गर्न सक्नुभएन् । जसको कारण नेतृत्वको गिरफ्तारीले मात्रै पनि सिंगो क्रान्तिकारी आन्दोलन ध्वस्त भयो । त्यसकारण नेपाली क्रान्तिका बारेमा परम्परावादी ढंगले मात्रै सोच्ने कि नयाँ ढंगले सोच्ने ? अहिले एकीकृत माओवादीभित्र चलिरहेको अन्तर्संघर्षका सम्बन्धमा मूल प्रश्न यही हो ।

कमरेड किरणजीहरू परम्परातग ढंगले मात्रै सोचिरहनु भएको छ । उहाँहरूलाई भित्रैदेखि लागिरहेको छ- सिधै गएर -दीर्घकालीन जनयुद्धको बाटोबाट) जितिन्थ्यो, यतातिर -शान्ति र संविधान निर्माणतिर) किन आउनुपथ्र्यो ? यो नै उहाँहरूको चिन्तनमा रहेको परम्परावादी सोचको दोष हो । अहिले एकीकृत नेकपा माओवादीमा देखिएको अन्तर्विरोध र अन्तर्संघर्षको मुख्य कारण पनि चिन्तन प्रक्रियामा रहेको यही जडसूत्रवादी समस्या हो । किरणजीहरूले अहिले जे सोचिरहनुभएको छ, त्यो सिद्धान्तका क्षेत्रमा जडसूत्रवादी र यान्त्रिक ढंगले आएको छ । यही कारण उहाँहरूले क्रान्तिलाई पनि परम्परावादी ढंगबाट मात्रै सोच्नुहुन्छ । क्रान्तिको प्रक्रियालाई पनि त्यसरी नै बुझ्नुहुन्छ । उहाँहरू राजनीतिको क्ष्ाेत्रमा क्रान्तिकारी लफ्फाजी र वामविसर्जनवादी दिशातिर जाँदै हुनुहुन्छ । संगठनको क्षेत्रमा उहाँहरूले माक्र्सवादको होइन, अराजकतावादको अभ्यास गरिरहनु भएको छ । गुटबन्दी गर्न स्वाभाविक रूपमा लेनिनवादी संगठनात्मक सिद्धान्तभन्दा बाहिर जानुपर्छ । त्यो अराजकतावाद नै हो । त्यही चिन्तनगत कारणले नै नेपाली क्रान्तिलाई बुझ्ने सन्दर्भमा उहाँहरूले कमजोरी गरिरहनु भएको छ ।

अहिले हाम्रो पार्टीको आधिकारिक र संस्थापन पक्षले सोचेको के हो भने नेपाली क्रान्ति वा विश्वक्रान्ति सिधा बाटोबाट गएर जितिन्न । झन् एक्काइसौं शताब्दीमा, सूचनाप्रविधिको यत्रो विकास भइरहेको अवस्थामा, संसारको कुनै पनि ठाउँमा बसेर कुनै पनि पहाडको टाकुरा देख्न सकिने अवस्थामा, हामीले परम्परावादी ढंगले मात्रै सोचेर गयौं भने क्रान्तिले क्षति मात्रै बेहोर्नुपर्ने हुन्छ । सर्वहारा रणनीति पनि नयाँ ढंगले विकास गर्नुपर्नेछ र क्रान्तिलाई पनि नयाँ ढंगले अगाडि बढाउनु जरुरी छ । त्यसका लागि तत्काललाई पार्टीले शान्ति र संविधान निर्माणको यो प्रक्रियालाई सम्मानजनक ढंगले अघि बढाएर सामन्तवाद-साम्राज्यवादविरोधी सारतत्त्व भएको संविधान निर्माण गर्दै र फेरि शक्ति सञ्चय गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्ने दिशामा जानुपर्छ । यो नै अहिलेको आधिकारिक पार्टी लाइन हो । कमरेड किरणहरूले त्यसैलाई संशोधनवाद देखिरहनु भएको छ । नयाँ ढंगले सोच्नेबित्तिकै जडसूत्रवादीहरूले त्यसलाई संशोधनवाद देख्ने खतरा क्रान्तिमा जहिले पनि हुन्छ । वास्तवमा नयाँ ढंगले नसोच्ने हो भने कुनै पनि देशको क्रान्ति आफ्नै ढंगले अघि बढ्दैन, अहिलेसम्म कहीं बढेको पनि छैन । क्रान्तिको विकास हुन्छ, पुनरावृत्ति हुँदैन । परम्परागत ढंगले सोच्न छाडेर सिर्जनात्मक हुनुभयो भने मात्रै उहाँहरूको रूपान्तरण हुन्छ ।

किरण कमरेडहरूले परम्परागत ढंगले सोचिरहेसम्म यो समस्याको हल गर्न सकिंदैन । अहिलेकै चिन्तन लिएर जाने हो भने उहाँहरू पुग्ने कि बर्मा वा मलाया हो, कि मोहनविक्रमको बाटोमा । उहाँहरूले जे गर्ने भन्नुभएको छ, त्यो गर्नुभयो भने बर्मा-मलाया पुग्नुहुन्छ र ध्वंस हुनुहुन्छ । मुखले गर्ने भन्ने तर नगर्ने हो भने उहाँहरू केवल प्रतिक्रिया मात्रै व्यक्त गर्ने ठाउँमा पुग्नुहुन्छ, त्यो भनेको मोहनविक्रमपथ हो । त्यसकारणले समस्या चिन्तनप्रक्रिया र कार्यदिशामा हो । अहिले उहाँहरूसँग स्पष्ट कार्यदिशा पनि छैन । भन्न-भन्न खोज्नुहुन्छ, तर सक्नुहुन्न । चुनवाङ नै बेठीक हो भन्न पनि खोज्नुहुन्छ, तर सक्नुहुन्न । पार्टीको ०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलन नै बेठीक हो भन्न पनि खोज्नुहुन्छ, त्यसो भन्न पनि सक्नुहुन्न । त्यसकारण उहाँहरूका अगाडि अहिले तीनवटा विकल्प छन् । पहिलो विकल्प, संविधानसभा र सरकार छाड्ने र अहिलेसम्मका उपलब्धिहरू सबै यथास्थितिवादी र प्रतिक्रियावादीको जिम्मा लगाएर आफू सडक आन्दोलनमा जाने । यो यथास्थितिवादी विकल्प हो । किनभने आफैले लडेर प्राप्त गरेका उपलब्धिहरू यथास्थितिवादीहरूका हातमा छाडिदिनु र आफू चाहिं पाखा लाग्नु सही कदम हुँदैन । दोस्रो विकल्प, अहिलेका सबै प्रक्रिया छाडेर छापामार युद्धमा र्फकने हो । यो पनि प्रतिगामी राजनीति मात्रै हुन्छ । छापामार युद्ध हुँदै चलायमान युद्ध र त्यसबाट शक्ति सन्तुलनको स्थितिमा पुगेर रणनीतिक प्रत्याक्रमणको चरणसम्म पुगेर नै पार्टी सहर पसेको हो । सहरमा दुश्मनको अखडा बलियो हुन्छ भनेर नै शक्ति निर्माण गर्नका लागि गाउँबाट छापामार युद्ध सुरु गरिने हो । अहिले त गाउँबाट सहर पसेर प्रधानमन्त्री हुने, संविधानसभाको सबैभन्दा ठूलो पार्टी हुने, प्रत्येक होटल, कारखाना, रेस्टुराँ र प्रत्येक यातायातका साधनमा माओवादी नै हुने स्थिति छ । यस्तो अवस्थामा फेरि यो सबै चिज छाडेर दुई नाल बन्दूक बोकेर चौकी आक्रमण गर्नेतिर जाने रणनीति लिने हो भने त्यो प्रतिगमन हुन्छ । त्यो पनि ठीक छैन । तेस्रो विकल्प मात्रै अहिले सही छ, त्यो हो- शान्ति र संविधानलाई सम्मानजनक ढंगले सामन्तवाद-साम्राज्यवादविरोधी सारतत्त्वसहितको संविधान निर्माण गर्ने र भएका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी-समानुपातिकता, शिक्षा-स्वास्थ्य-रोजगारी मौलिक अधिकार, खाद्यसुरक्षा, महिला/मधेसी/दलित/जनजातिका हकलाई व्यवस्थापन गर्नेलगायतका उपलब्धिलाई संस्थागत र रक्षा गर्दै त्यसैमा टेकेर आमजनतासँग क्रान्तिका लागि फेरि अपिल गर्दै नयाँ ढंगले क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्नेतिर लाग्ने ।

पार्टीमा अन्तर्संघर्ष चुलिनुको प्रमुख कारण यही कार्यदिशामा परेको अन्तर हो । यसबाहेक केही साथीका महत्वाकांक्षा पूरा नभएका, केही साथीका असन्तुष्टिहरू, कतिपय साथीमा 'मलाई अन्याय भयो' भन्ने परेको इत्यादि कुराले पनि अन्तर्संघर्ष बढाउनमा भूमिका खेलेको छ । कतिपय साथीलाई त प्रचण्डलाई नसिध्याउने हो भने हाम्रो व्यक्तित्व कसरी बन्छ भन्ने पनि परेको छ । 'प्रचण्ड किन प्रचण्ड भए भने उनले हिजो मोहनविक्रमको विरोध गरे' भनेर मात्रै बुझ्ने साथीहरू पनि छन् । प्रचण्डको विरोध गरेर उनलाई परास्त गरियो र पतन गराइयो भने मात्रै हाम्रो व्यक्तित्व बन्छ भनेर सोच्नेहरू हिजो पनि थिए, जो पार्टीमा रहन सकेनन् । अहिले पनि त्यसरी सोच्ने तत्त्व पार्टीभित्रै छन् । ती सबै कुराको खिचडी त्यहाँ छ । तर, त्यो नै मूल समस्या होइन । मूल समस्या चिन्तन प्रक्रियामा रहेको जडसूत्रवाद र यान्त्रिकता नै हो, यसले क्रान्तिको रणनीति र आजको समाजलाई सिर्जनात्मक ढंगले बुझ्न सकिराखेको छैन । र, उहाँहरू परम्परावादमा फँस्नुभएको छ । 
दुईटा अवस्थामा पार्टीलाई अझै पनि एकीकृत बनाएर लैजान सकिन्छ । एउटा, यथास्थितिवादी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्र कारण अग्रगामी संविधान बनेन भने ठूलो आँधीबेहरीयुक्त आन्दोलनको सिर्जना हुनेछ र सिंगो पार्टी त्यसमा एकीकृत भएर होमिनेछ । त्यतिबेला सारा उत्पीडित समुदायसहित क्रान्तिकारी पंक्ति एकातिर र यथास्थितिवादी-प्रतिगामी शक्ति अर्कोतिर हुने अवस्था आउँछ । यसले पार्टी एकतालाई पनि जोगाउनेछ । अर्को, सामन्तवाद-साम्राज्यवादविरोधी सारतत्त्वसहितको संविधान निर्माण भयो भने त्यो संविधानका बारेमा किरणजीको पक्षमा रहेका साथीले पनि गहिरिएर त्यसको मूल्यांकन गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । त्यस्तो संविधान बन्यो भने त्यहाँभित्रका सिर्जनात्मक ढंगले सोच्न प्रयत्न गर्ने साथीहरूले त्यसलाई गम्भीरतापूर्वक लिनुहुनेछ । त्यो अवस्थामा पार्टीले लिएको दिशा सही रहेछ भन्ने उहाँहरूमा अनुभूति हुनेछ र आफ्ना केही फरक मत राखेरै पनि पार्टी मूलभूत रूपमा ठीकै दिशातिर गएको रहेछ भनेर एकीकृत बुझाइ बनाउन सकिन्छ । त्यसले पनि पार्टीलाई नयाँ आधारमा नयाँ एकतामा लैजान सकिन्छ ।

(कुराकानीमा आधारित)

यूरोपमा रहेका प्रगतीशिल संगठनहरु सम्पर्क-ठेगानाहरु

चर्चित वेब ठेगानाहरु

हाम्रो बारेमा