पार्टीभित्रको समस्या समाधानका लागि अध्यक्षले अहिले प्रस्तुत गर्नुभएको कुरा के हो भने, विचारधारात्मक राजनीतिक कार्यदिशा दीर्घकालीन कुरा हो । माओवाद/विचारधाराको बहस पनि छ । त्यसलाई अहिले नै टुङ्गो लगाउन सक्दैनौं । त्यसलाई छलफलको प्रक्रियामा लैजाने, आन्तरिक रुपमा फोरम चलाएर लैजाने, वा अरु केहीबाट बहस चलाउने र महाधिवेशनमा लगेर टुंग्याउने । तत्कालीन कुरामा विधिमा एकरुपताका साथ जाने, अनुशासन, जनवादी केन्द्रीयता सबैले मान्ने अथवा पहिलेनै बनाइसकेको पाँचबुँदे विधिलाई सबैले मानेर जाने । बाहिर कति बहस गर्ने, कति चाहीँ भित्र बहस गर्ने भन्ने छुट्याउने ।
अर्को चाहीँ कार्यक्रममा एकरुपता गरेर जाने भन्ने हो । सबै विचारसमूहका लागि मान्य हुने साझा कार्यक्रम बनाएर जाउँ भन्ने हो । एकरुपता कायम गरेर तलैसम्म जाउँ । पार्टी प्यारालाइज भयो, त्यसलाई जीवन्त बनाएर जाउँ भन्ने प्रस्तुति अध्यक्षको छ । त्यसबाहेक शान्ति संविधानको लाइनअनुसार जे जति सहमति, सम्झौताहरु- चार बुँदे, सात बुँदे, विप्पा ) भएका छन्, ठिकै भएका छन् तर विप्पा लगायत अरु कैयौं विषयहरुमा पनि समीक्षा गर्न सकिने कुरा पनि अध्यक्षले प्रस्तुत गर्नुभएको छ ।
विगतदेखिको इतिहास हेर्दा कमरेड किरणको समस्या भनेको के हो भने कैयौं विषयबस्तुहरुलाई बहसको रुपमा उप्काइदिने, समस्याहरु छन भन्ने तर ति समास्याहरुको समाधान र अगाडिको सही दिशा दिन नसक्ने । उहाँको त्यही प्रवृत्तिका कारण हामीले लामो समयदेखि दुःख पनि पाइरहेका छौं । अहिले पनि उहाँले समस्याहरुलाई राख्नु चाहीँ भएको छ तर त्यसको समाधान बोल्नसक्नु भएको छैन् । भने अर्को तर्फ उहाँले आफ्नै विचार समूहलाई पनि नियन्त्रण गर्न सकिरहनुभएको छैन । यस्तै स्थितिमा केन्द्रीय समितिमा हाम्रो छलफल बहस चलिरहेका छन् ।
छलफल बहसका क्रममा बाहिर जस्तो कि बसन्तपुरमा, विराटनगरमा गएर अथवा चितवनमा गएर बादलजी, विप्लवजीले जसरी दलाल, गद्दार, आत्मसमर्पणवादी भनेर जसरी अध्यक्षलाई भन्नुभएको थियो तर केन्द्रीय समिति बैठकमा भन्नुभएको छैन । बैठकमात उहाँहरुं बडो चाहीँ जेन्टलम्यान’का रुपमा, भलादमीका रुपमा प्रस्तुत हुनुभयो । बैठकमात क्रान्तिकारी नेता जसरी नै प्रस्तुत हुनुभयो । बाहिर जनतालाई जे मन लाग्यो त्यही भन्दिने तर भित्र चाहीँ त्यो भन्न नसक्ने । अनि आफैले लगाएको आरोप पनि पुष्टि गर्न नसक्ने । यदि उहाँहरु साच्चैको क्रान्तिकारी नेता हे भने, बादल, विप्लवहरुले पनि आफुले लगाएको आरोप बैठकमै पुष्टी गर्नसक्नुपर्दथ्र्यो । यो कारणले गद्दार, त्यो कारणले गद्दार भनेर भन्नुपथ्र्यो नि त ! त्यो नगरिकन उहाँले के भन्नुभयो भने बहसको प्रक्रियामा हामी उत्कर्षमा छौं भन्नुभयो । विप्लवजीले किरणजीकै दस्तावेजलाई पनि आफ्नै विचारका रुपमा प्रस्तुत गर्ने र सबै व्याख्या चाहीँ भएको छैन भनेर आफैं नेता बन्न खोज्नुभयो । यो खालको धुत्र्यार्इँ र फट्याईंचाहीँ बैठकमा देखा पर्यो । देव गुरुङजी जस्ता साथीहरुले जुन परिपक्वता साथ प्रस्तुत हुनुपथ्र्यो तर उहाँले के भन्नुभयो भने – अध्यक्षलाई ‘दक्षिणपन्थी अवसरवादी’ भनेर मात्रै हुँदैन, एकाधिकारवादी, दलाल, नोकरशाही, पूँजीवाद परस्त’ भन्नुपर्छ भनेर प्रस्तुत हुनुभयो । अनि ‘साम्राज्यवाद, विस्तारवादपरस्त’ भन्नुपर्छ भनेर पनि भन्नुभएको छ । के यस्तो अभिव्यक्ति गरेपछि एउटै पार्टीमा बस्न मिल्छ कि मिल्दैन ? तर बैठक संग संगै बसेर अनौठो प्रयोग भाकोछ, हाम्रो पार्टीमा । नयाँ प्रयोग पनि हो यो । यदि बैठकमा नै एउटाले अर्कालाई दलाल भएको, गद्दार भएको पुष्टी गर्ने कुराहरु राख्न सकेको भए चाहीँ सही हुने थियो । तर, भित्र नभन्ने बाहिर भने मनलाग्दि ढंगले बोल्नु क्रान्तिकारी आचारणबाट च्यूत भएको देखिन्छ । बहस अमैत्रीपूर्ण, अझ भनौं संयुक्त मोर्चाको मान्यताभन्दा पनि विपरित तरिकाले लै राख्नु भएको छ
तर अहिलेसम्म आइपुग्दाखेरी बैठकमा कताकता एउटा मनोविज्ञान, हामी फुटेपछि के हुने हो ? आखिर त नेपाली जनता, शहीद, अपाङ्ग घाइते सबैले जे दायित्व हामीलाई दिएका छन्, त्यो पुरा नगरीकन पार्टीलाई फुटमा लैजाने हो भने के हुने हो ? भन्ने खालको आत्मबोधको अवस्था पनि भएको छ । धेरै मानिसहरु जो परिपक्व छन्, नेपाली कम्युनिष्ट आन्दोलन व्यहोरेका छन्, जनआन्दोलन, जनयुद्धको चरणबाट गुजि्रएका छन् र अन्तरसंघर्षमा लामो समयदेखि खारिएर आएका छन्, तिनिहरुलाई कता कता बुद्धि फिर्न थालेजस्तो, एकता त सिध्याउन हुँदैन, पार्टी फुटाउन हुँदैन भनेजस्तो भाव कमरेड बादल, कमरेड किरणजीहरुमा आउन थालेको हो कि भन्ने जस्तो देखिएको छ । जुन सकारात्मक पनि छ ।
तर, फेरी त्यहीँभित्रको विप्लव गुटभने तिनि बुढाहरु-बादल, किरण)ले साथ दिन्नन् कि क्या हो भन्ने आशंकाका साथ बहसलाई अलि चर्काएर जानुपर्छ भनेर लागिपरेको छ । धेरैजसो कमरेडहरुचाहिँ अलि विमर्श, छलफलमा लागिराख्नुभएकोले बैठकबाट सकारात्मक निष्कर्ष निस्कन्छ र पार्टी एकतामै जान्छ भन्ने चाहीँ बैठकको अन्तिम अन्तिम तिर आउँदा अनुभूति भईरहेको छ । र त्यसका लागि अध्यक्षबाट आवश्यक गृहकार्य पनि भइराखेको छ ।
यतिवेला हाम्रो पार्टीमा लागेको रोग के हो त ? भन्ने बिषयमा अध्यक्षले आफ्नो प्रतिवेदनमा यही हो भनेर नभने पनि केही संकेत गर्नुभएको छ । सबै परिस्थितिलाई विश्लेषण गर्दा के भन्न सकिन्छ भने, जनयुद्धपछि दक्षिणपन्थी अवसरवादले वाम अवसरवादको घुम्टो ओढेको छ । त्यस अर्थमा अहिले लागेको रोग चाहीँ बाम अवसरवाद हो । अहिले केन्द्रीय समितिको निष्कर्ष पनि त्यतातिर गइराख्या छ । पाँच/छ वर्षको आवधिमा पार्टीको अहिलेको रोगको डायग्नोसिश गर्दा यो निष्कर्षमा पुग्न सकिन्छ ।
लेनिनले के भन्नुभएको छ भने, “विद्रोह किसिकी फर्माइस से नहीँ होता । विद्रोह तब होता हे जब जनसाधारण गुस्सो से भड्क उठपाए ।” तर किरणजीहरु विद्रोहको फर्माइस गरिरहनुभएको छ । आवरण विद्रोहकोे छ । लफ्फाज विद्रोहको छ तर भित्रबाट क्रान्ति गर्ने हो त ? भनेर हेर्दाखेरि त ‘कसका लागि क्रान्ति गरिदिने ?’ भन्नुहुन्छ उहाँहरु । अर्कोतिर विद्रोह गर्नेले सरकारमा जानका लागि र राम्रो मन्त्रालय पाउनका लागि मारामार पनि गरिरहनुभएको छ । अहिले फेरी त्यो प्रक्रिया दोहरीदैछ । र अब छिट्टै सरकार पुनर्गठन हुन सक्छ र सरकारमा किरणजीहर जानुहुन्छ र त्यही यि सब विवाद मिल्ने देखिन्छ ।
जनयुद्धपछि चाहीँ वाम अवसरवाद नै हावि भएर आएको छ । त्यसका केही विषेशताहरु छन् । हाम्रो पार्टीभित्र दक्षिणपन्थी अवसरवादले वाम अवसरवादको रुप लिएको छ । र अहिले त्यो आत्मकेन्दि्रत व्यक्तिवादमा परिणत भएको छ । यतिवेला विद्रोहको राग अलाप्ने विप्लवजीको हिष्ट्री हेर्नेहो भने, म उहाँसँगसँगै लड्याछु । उहाँ कति क्रान्तिकारी हुनुहुन्छ भन्ने पनि थाहा छ । एउटा मात्रै उदाहरण, शान्तिप्रक्रिया सुरुभएपछि विप्लवजी काठमाडौं आउन चाहनुहुन्थ्यो । युद्धकालमा हेडक्वार्टरमा बस्दा उहाँलाई जे फाइदा भइराख्या थियो, त्यो फाइदा काठमाडौं अाएर पनि लिन चाहनुहुन्थ्यो, उहाँले । तर त्यो पुरा भएन । उहाँ कामिडाँडाँ बैठकबाट पश्चिम जानुपर्ने भयो ।
दोस्रो कुरा उहाँ सभासद्का लागि ग्यारेन्टेड ठाउ-रोल्पा)बाट उठ्न चाहनुहुन्थ्यो । तर त्यो मिलेन । महिला पुरुष बराबर हुनुपर्यो र अध्यक्ष पनि त्यहीँबाट लड्दा त्यो सम्भव भएन । तेस्रो कुरा सभासद् नभए पनि मन्त्री हुन त पाउनुपर्छ भन्ने थियो उहाँको । तर उहाँले जुन जुन मन्त्रालयमा मन्त्री भएर जान चाहनुहुन्थ्यो, उहाँभन्दा बरिष्ठ नेताहरु बाबुरामजी, बादलजी भएपछि र संयुक्त सरकार भएकोले गर्दा उहाँले पाउनुभएन । गृह, रक्षा, अर्थ, परराष्ट्र, सूचना तथा सञ्चार जस्ता मन्त्रालय नपाएपछि उहाँ सरकारमा पनि जानुभएन । यी तीनवटा घटनाक्रमका कारण, आत्मकेन्दि्रत व्यक्तिवाद भनेको के रहेछ भने आफ्ना स्वार्थ पुरा हुन्जेल पार्टीका सबै नीति, विधान सबै ठीक हुँदा रहेछन् । जब स्वार्थमा ठक्कर लागेपछि चाहीँ सबै बेठिक हुँदा रहेनछन् । त्यही आत्मकेन्दि्रत व्यक्तिवादको परिणाम चाहीँ अराजकतावाद हुन्छ । र विप्लवजी लगाएतमा त्यही अराजकतावाद हावि भएको हो ।किरणजीको पनि त्यही हो । संविधानसभामा उपनेता हुन पाउनु भएन, उहाँ । उपनेता नभएपछि अगाडि बस्नुपर्ने मान्छे सदनमा पछाडि सिटमा गएर बस्नुहुन्थ्यो । उहाँले त्यसैकारण संविधानसभाबाट राजीनामा दिनुभयो । उहाँमा आत्मकेन्दि्रत हुँदै राजीनामाको अराजकता पैदा भयो । अरु बस्नहुने संविधानसभामा उहाँचाही किन बस्न नहुँने ?
किरणजीको मुख्य अर्को समस्या भनेको जो आफू होइन त्यही हो भन्ने, जुन कुराको दोषी आफू हो त्यही दोष अरुलाई लगाउने हो । विप्लवजी, किरणजी, गजुरेलजी, हरिभक्तजीले क्रान्तिकारी हो भनेको सुहाउँदैन । सर्वसाधारणलाई त ढाँट्न सकिएला, तर हामीलाई त सकिँदैन । गजुरेल जीलेत यहाँ बस्न सक्दिन भनेर निवेदन गरेको कारण पार्टीले यूरोपतिर पठाँऊ भन्दा चेन्नई विमानस्थलमा पक्राउ पर्नुभयो । पार्टीले त उहाँले यहाँ बस्न सक्दिन भनेर ठूलो निवेदन गरेको हुनाले, अब गोरोगोरो पनि हुनुहुन्छ युरोप तिरै राखिदिउँ भनेर पठाउने योजना बनाउँदै थियो । तर उहाँ आफै जानुभयो र गिरफ्तार पर्नुभयो । हरिभक्तजी जनयुद्ध सुरु हुनेवित्तिकै छ महिना भाग्नु भयो । कहाँ भाग्नुभयो, आज सम्म थाहा छैन । छ महिना पछि खोजेर उहाँलाई ल्याइया हो। अनि उहाँहरुले क्रान्तिकारी हौं भन्ने ? जो त्यो होइन त्यही हो भन्दा चाहीँ जोक लाग्छ । जतिबेला किलो सेरा टु चलिराख्या थियो, २०५५ सालमा चौथो विस्तारित बैठकबाट आधार इलाकामा जाने, नेतृत्व केन्द्रीकरण गर्ने भन्ने भयो । त्यतिवेला मध्यमाञ्चल ब्युरोको इन्चार्ज किरणजी हुनुहुन्थ्यो । उहाँले परिस्थिति देखि डराएर अध्यक्षसंग छ महिनाको विदा माग्नुभाको थियो । यो कुरा आजसम्म हामीले सार्वजनिक रुपमा भन्या थिएनौं । बढ्ता गरेपछि चाहीँअब भन्छौं। संस्थापन हुनुको नाताले धेरै सहेर विगि्रयो । विप्लवजी क्रान्तिकारी भनेर धरै मान्छेलाई भ्रम परिराख्या छ । युद्धमा जानलाई विप्लवजी कति लत्रिनुहुन्थ्यो भन्ने मलाई राम्रो संग थाहा छ । पाँचगाटिया हान्दाखेरी तलबाट हिँड्नै नसकेर सोनामजी भागेका जस्ता तथ्यहरु धरै छन । आत्मकेन्दि्रत व्यक्तिवाद भनेको त्यही हो । जो त्यो होइन त्यही हो भन्ने ।
यदि उहाँहरुले अर्थमन्त्री र परराष्ट्र पाएको भए त चारबुँदे राष्ट्रवादी हुने रहेछ नी । दुई/चार दिनसम्म किन नभनेको त्यसलाई राष्ट्रघाती ? जब मन्त्रीमण्डलको लिष्ट आयो त्यसपछि त्यसलाई राष्ट्रघाती भन्ने ? पहिले त राम्रै भयो भनेर गोजीमा हालेर जानुभयो, किरणजीले पछि केही पर गएपछि त भूमिकै ठीक रहेनछ रे ? पर गएपछि होइन विप्लवजीले सिकाएपछि हो त्यो भनेको ।
वहाँहरुको अर्को समस्या भनेको पोजेटिभ कुरा गर्ने तर नेगेटिभ उद्देश्य राख्ने हो । झलनाथ खनाल प्रधानमन्त्री हुँदा समानुपातिक प्रतिनिधित्व भएन भनेर सकारात्मक कुरा राख्नुभएको थियो । त्यसबाट के गरियो भने सभासद्हरुको हस्ताक्षर गराएर अध्यक्षलाई संसदीय दलबाट हटाउन खोज्ने नकारात्मक उद्देश्य मा त्यो हस्ताक्षेरलाई प्रयोग गरियो । धोविघाटमा पनि बैज्ञानिक कार्यविभाजन हुनुपर्छ भन्ने कति राम्रो कुरा गर्नुभएको थियो । तर उहाँहरुको उद्देश्य के थियो भने बहुमत पाएको भए, अध्यक्षलाई पदबाट गुल्ट्याउने ।
उहाँहरुको अर्को कमजोरी भनेको अग्रगामी कुरा पश्चगामी व्यवहार । अहिले छापामार युद्धको कुरा गर्नु के हो ? कि त उहाँहरुले अहिलेका उपलब्धिहरु सकिए भन्नु पर्यो । हामीले त भनेको विद्रोह चाहीँ अहिलेको उपलब्धिमा टेक्दै समग्र सत्ता हातमा लिने भन्ने हो । किरणजीले अबको विद्रोहचाहीँ ‘जनयुद्ध-२’ भन्नुभा’छ ‘तिसरी दुनियाँ’मा दिएका अन्तरवार्तामा । फेरी जनयुद्ध लड्ने हो ? चुनवाङ बैठक बेठीक हो भने ठिक के हो त ? चुनवाङ बैठकको परिणाम राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना हो । त्यसो भए उहाँहरुलाई राजतन्त्र रहिरहनु ठिक हुन्थ्यो त ? चुनवाङ बैठकको परिणाम नमान्ने हो भने राजतन्त्र ठीक भन्ने हुन्छ । त्यसकारण उहाँहरुको कुरा अग्रगामी काम पश्चगामी छ ।
सुरुमा वाम अवसरवादीहरु उत्तराधिकारीका रुपमा प्रस्तुत हुने, मानौं कि यीनै हुन् प्रचण्डलाई थाम्ने नेता भन्या जस्तो हुने, पछि गएर समानान्तर रुपमा अस्त हुने, सिद्धिने हाम्रो पार्टीमा विगतदेखिनै देखिएको छ । आलोक पनि त सुरुमा यिनीभन्दा क्रान्तिकारी त कोही छैनन् जस्तो हुन्थ्यो, तर पछि उहाँले एउटा पोष्टरमा आफ्नो कोटेशन र प्रचण्डको कोटेशनलाई समानान्तर रुपमा राखे । रविन्द्र श्रेष्ठलाई पनि सुरुमा छोटे प्रचण्ड भन्थे, पछि चाहीँ उहाँले दिवाकरजीलाई स्थायी समितिबाट हट्नुस म आउँछु भनेर प्रस्तावै गरे । अहिले विप्लवजीमा पनि त्यही देखा परेको छ । सुरुमा प्रचण्डभन्दा ठुलो कोही छैन भन्ने थियो, विप्लवजीमा । तर अहिले समानान्तर अध्यक्षका रुपमा देखिनुभएको छ । त्यसकारण दक्षिणपन्थी अवसरवाद पनि छ तर प्रमुख रुपमा वाम अवसरवादले नै पार्टीलाई हानिरहेको स्थिति हो, अहिले । यो हामीकहाँ मात्र नभएर संसारभर नै यस्तै कुराहरु देखा परीरहेका छन् । इतिहासलाई हेर्ने हो भने जतिवेला लेनिनले ट्राटस्कीलाई जर्मनीसँग सम्झौता गर्ने जिम्मा दिनुभयो तर ट्राटस्कीले सम्झौता नगरी आए भुखारीनको आदेशमा । भुखारिनचाहीँ वाम अवसरवादी थिए । लेनिन भने आफ्नो एउटा शक्ति सञ्चय गर्नुथियो र सम्झौता गर्नुपर्छ भन्नेमा हुनुहुन्थ्यो । जसकारण पछि अझ धेरै जमिन दिएर उहाँले सम्झौता गरेर आउनुभयो । त्यतिबेला लेनिनलाई पनि गद्दार, राष्ट्रघातीको आरोप लगाइयो । पछि त गद्दार को रहेछन् ? ट्राटस्की र भुखारिन । उनीहरु त जर्मनीको एजेण्ट रहेछन् नि ? लिन प्यायो र माओको पनि त्यस्तै भयो । त्यसकारण अहिले दक्षिणपन्थी अवसरवाद मात्रै भनेर पुग्दैन । एकाधिकारवादी, दलाल, नोकरशाही पूँजीवादपरस्त भनेर जुन आरोप उहाँहरुले नेतृत्वलाई लगाईरहनुभएको छ तिनीहरु नै कति पानीमा छन् भन्ने कुरा राम्रोसँग थाहा छ । त्यो सावित हुन्छ, इतिहासले पुष्टी गनेर्छ ।
पार्टीको अहिलेको लाईन भनेको शान्ति र संविधानको माध्यमबाट अन्तिम सम्म लड्ने हो । त्यसो गर्दा बाटोमा अवरोध तेर्सिए भने त्यसलाई जनविद्रोह मार्फत फाल्नै पर्छ । विद्रोह गर्ने भनेको त्यत्तिकै होइन जनता सहित हो ।यतिवेला केन्द्रीय समितिको बैठक चलिरहँदा अधिकांशमा एकता गरेरै जानुपर्छ भन्ने भावना पैदा भएको छ । केन्द्रीय समितिमा एकताकै लागि पहल भइरहेको छ । केही सैद्धान्तिक मतभेदहरुलाई फोरम चलाएर महाधिवेशनसम्म लगिन्छ । त्यसका लागि निश्चित विधिहरु हुन्छन् । त्यसबाहेक तत्कालीन कार्यक्रमहरुमा अध्यक्ष र किरणजीको खासै भिन्नता छैन । कार्यक्रमहरुमा सहमति जुटाएर एकरुपताका साथ अघि बढ्ने हुन्छ । त्यसो गर्दा पनि उहाँ -बैद्य विचारसमूह)हरु सहमत हुन सक्नुहुन्न भने त उहाँहरुलाई पनि विद्रोह गर्ने अधिकार छ । र संस्थापन पक्षसँग पनि उहाँहरुमाथि कारवाही गर्ने अधिकार छ । त्यो स्थितिमा खासगरी अहिले विप्लवजीले नेतृत्व गरिरहनुभएको ग्याङ -समूह)ले चाहीँ स्थिति चर्काउने देखिन्छ ।(कुराकानिमा आधारित)
