Tuesday, 13 December 2011 13:45

समाचारहरु

Written by 
Rate this item
(0 votes)

पार्टीभित्रैबाट मलाई सिध्याउने खेल भइरहेको छ : देउवा

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफूलाई पार्टीभित्रैबाट कसैले सिध्याउन लागेको बताएका छन् । पार्टीभित्र व्यापक गुठबन्दी भएको भन्दै उनले एकतापछि पनि एकताको भावनाका पार्टीमा नदेखिएको दाबी गरे ।

सरकारबाट समर्थन फिर्ता लिने मोर्चाको चेतावनी

 प्रधानमन्त्री एकलौटी ढंगले अगाडि बढिरहेको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले सरकारबाट समर्थन फिर्ता लिन सकिने चेतावनी दिएका छन् । आज माओवादीसँगको वार्तामा सरकारको मुख्य घटकसमेत रहेको मोर्चाले यस्तो चेतावनी दिएको हो 

 

तीन माओवादी नेताको छलफल

२८ मंसिर, काठमाण्डौ । पार्टी सचिव सीपी गजुरेलले माओवादी फुटको औपचारिक घोषणा हुनमात्र बाँकी रहेको बताएको भोलीपल्ट तीन मुख्य माओवादी नेतावीच छलफल भएको छ ।

प्रचण्डनिवास नयाँ बजारमा अध्यक्ष प्रचण्ड, उपाध्यक्ष मोहन वैद्य र उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईवीच बुधबार बिहान छलफल भएको छ । भागबण्डा मिलाउन वैद्य पक्षसँग अनौपचारिक र सघन छलफल भइरहेको बेला वैद्य पक्षकै सचिव सीपी गजुरेलले मंगलवार सिन्धुली पुगेर फुटको औपचारिक घोषणा हुनमात्र बाँकी रहेको बताएपछि आक्रोशित बनेका प्रचण्डले दुई उपाध्यक्षलाई छलफलका लागि बोलाएका थिए ।

Read 168 times Last modified on Wednesday, 14 December 2011 15:38

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

यूरोपमा रहेका प्रगतीशिल संगठनहरु सम्पर्क-ठेगानाहरु

चर्चित वेब ठेगानाहरु

हाम्रो बारेमा