Saturday, 17 December 2011 12:10

‘असहमति भन्ने मान्छेले हतियार समातेर लड्न जानुपर्‍यो नी’

Written by 
Rate this item
(0 votes)

 

अब यो गणतन्त्रात्मक नेपालमा जनताको अधिकार सुनिश्चि गरेर अगाडी बढ्ने हो । यसका लागि सबै पार्टी केन्द्रीत भएर बढ्यो भने त्यो स्वत: हाम्रो लक्ष्य पुरा हुदैन र ? हाम्रो चाहना र आकंक्षा स्वत: पुरा हुन्छ । त्यसो भएका कारणले अहिलको उपलब्धीलाई सृदढ नगरि, संस्थागत नगरी अगाडी बढ्ने कसरी छ ? कि त हतियार समातेर लड्न जान्छु भन्नुपर्‍यो । जानुपर्‍यो नी । असहमति भन्ने मान्छेले हतियार समातेर लड्न जानुपर्‍यो नी होईन भने शान्तिको विकल्प के छ त ? अहिले नेपाली जनताको आकंक्षा भनेको नै शान्तिको आकांक्षा हो ।

शान्ति प्रकृया टुंग्याउनका लागि सेना समायोजनका विषयमा भएको सहमतिबारे  माओवादी माओवादी पार्टी भित्रै विवाद छ । जनमुक्ति सेनामै पनि फरक धारणा देखिन्छ । तपाईहरुको संस्थागत धारणा के हो ?

हाम्रो संस्थागत धारणा भनेको दलहरुले जे सहमति गरे त्यसलाई अक्षरश पालना गर्नुपर्छ, शान्ति प्रकृयालाईइ निष्कर्षमा पुराउनुपर्छ र संविधानको वाँकी रहको कामलाई पुरा गर्नुपर्छ भन्ने नै हो ।
तपाईले संस्थागत भन्दै यि भनाईहरु राखिरहदा फरक आवाजहरु पनि आईरहेका छन् नी यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
हैन, यि विभिन्न किसिमका भनाईहरु जुन बाहिर आईरहेका छन्, स्वाभाविक ढंगले शत्प्रतिशत सबै कुराहरु ठिक हुन्छ भन्ने होईन । आफ्ना बिचारहरु राख्न पाईन्छ । त्यसले शान्ति प्रकृया र अहिलेको यो सहमतिलाई खासै बाधा पुराउन्न । आफ्नो बिचारहरु राख्ने कुराहरु त स्वभाविकै ढंगले राखिरहेकै छन् ।


यि मतभेदले सहमतिको कार्यान्वयनप्रति आसंका उब्जाउने गरेको छ । यसलाई कसरी समाधान गर्ने ?
त्यसलाई अब व्यक्तिगत विचार भन्ने की वा भोली तिनै विचार संस्थागत हुने पो हो  की ?  

यस्ता कुरा संस्थागत हुने सवालै छैन । यो (असहमति) व्यक्तिगत बिचार नै हो ।

यस्ता मतदभेतले सहमति कार्यान्वयनलाई आसंकित बनाउला भन्ने हामीलाई लाग्दैन  किन भने जुन सहमति भएको छ  त्यसलाई सबै दलहरुले तदारुकताका साथ अगाडी बढाए भने यो लागु हुने कुरामा कुनै विवाद छैन । यद्यपी एकीकृत नेकपा (माओवादी) पार्टीभित्रै एक किसिमको विवाद सृर्जना भएको छ तर त्यो विवाद छलफलको माध्यामद्धारा नै हल हुने विवाद हो । त्यसले अर्को रुप लिन्छ भन्ने हामीलाई लाग्दैन । त्यस्तो किसिमको उग्रतातिर कोही लाग्छ भने आफै सिध्दिन्छ । त्यसमा हाम्रो समर्थन रहदैन ।

उग्रतातिर कोही लाग्छ भने आफै सिध्दिन्छ ।

 

सहमति आत्मसर्पण हो, जनमुक्ति सेनाको निशस्त्रिकरण हो, समायोजन सम्मानजनक हुन सकेन भनेर पार्टीको एक पक्षले भनिरहेको छ । तपाईहरुको बुझाईमा के हो ? समायोजनको व्यवस्था सम्मानजनक छ की छैन ?   
यो त अहिले हामीले शान्ति प्रकृयामा आईसकेपछि हामीले धेरै ठुलो त्याग गरिरहेका छौं । यो हामीले त्याग गरेको हो । किनभने, कति छोड्ने र कति लिने भन्नेसँग सम्बन्धित छ, यो कुराहरु । त्यसो भएको हुनाले जनमुक्ति सेनाको ठुलो त्यागको बावजुद यो सहमति सम्भव भएको हो । त्यसो भएकाले यसलाई हामीले उपलब्धी नै मानेका छौं ।
त्याग गर्दा चाहीं तपाईहरुसँग के बाँकी रह्यो कति छोडियो जस्तो लाग्छ ?
हामीले छोड्न मिल्नेसम्म छोडेका छौं  । नमिल्ने कुराहरु हामीले छोड्ने कुरा हुन्न । हामीलाई के लागिरहेको छ भने सामन्तवादी संरचनाको अन्त्य र गणतन्त्रको स्थापना भएको छ । यसलाई संस्थागत नगरि अगाडी बढ्न सकिदैन । यसको जगमा टेकेर अगाडी बढ्ने कुरा नै प्रमुख कुरा हो । त्यसकारण, बाँकी तपसिलका कामहरु फेरीपनि पार्टीले अगाडी बढाउछ । यसलाई संस्थागत गर्नको लागि अहिलेको शान्ति प्रकृया अनिवार्य सम्मन्न गर्न आवश्यक छ ।
जनमुक्ति सेनाको समुहविभाजन हुँदैन छ । त्यपछि समाजोन हुन्छ । माओवादीले जुन लक्ष्य राखको थियो, तपाईहरुले जुन लक्ष्य राख्नुभएको थियो । अब तपाईहरु समायोजन भईसकेपछि कसरी पहिले तय गरिएका लक्ष्य पुरा होला ?
त्यो नहुने भन्ने कुरा हुन्न । यद्धपी सेना समायोजनको प्रकृयामा  गईसकेपछि राज्यको मातहतमा भईन्छ । राज्यको मातहतमा गईसकेपछि राज्यको सुरक्षा गर्ने नै प्रमुख विषय हो । त्यो भन्दा बाहिर रहेको शक्तिले अहिलेको उपलब्धीलाई रक्ष ागर्ने गरि सुदृढ गर्ने गरेर फेरी पनि संघर्षको माध्यामहरु, रक्तपातपूर्ण ढंगले मात्रै अगाडी बढ्छ भन्ने होईन शान्तिपूर्ण तरिकाको माध्यामले पनि अगाडी बढ्ने कुराहरु हुन्छ । त्यो भएको हुनाले यसलाई संस्थागत गरेर नै अगाडि बढ्ने बल पैदा हुन्छ । संस्थागत गरेन भने त्यो काम लथालिङ्ग छोड्दै जाने अवस्था आउ छ । त्यसले कहिले पनि  अगाडी बढ्ने बल पैदा हुदैन ।
माओवादीले लडाई त्याग्यो, हतियार त्याग्यो र शान्ति प्रकृयामा अब प्रतिबद्ध भयो भनेर  अन्य दलहरु खुशी भईरहेका छन् । माओवादीको दृष्टीकोणमा यो क्रान्तिको अन्त्य हो वा नयाँ सुरुवात  हो ?
यो क्रान्तिको अन्त्य होईन । नेपालको सापेक्षातामा सुदृढ गरेर अगाडी बढ्नेसँग नै यो जोडिएको   छ ।  हाम्रो बुझाईमा यो सुदृढीकरण नै हो ।

जनसेनाबाटै समायोजन आत्मसर्मपण भयो, सम्झौता ठिक छैन भन्ने भनाई आईरहेको छ  ।  बुझाईमा एकरुपता किन नभएको हो ? बुझाईमा एकरुपता भएको भए त सबै दलहरु एकै ठाँउ हुन्थे होला ?

माओवादीभित्र पनि बुझाईमा एक रुपता भएको भए एक मतले अगाडि बढ्थ्यो । यो आफ्नो बुझाईको कुरा हो । उहाँले बेठिक देख्नुभएको छ भने हामी चाही उहाँहरुको दृष्टीदोष हो भन्ने हामीलाई लागिराछ ।

जनक जी तपाई नयाँ ढंगले क्रान्तिलाई नयाँ ढंगले लैजाने भन्नुहुन्छ, सुदृढीकरण गर्ने भन्नुहुन्छ अर्कोतिर समायोजित भएर सरकारको मातहतमा गएर राष्ट्रिय सेना बन्दै हुनुहुन्छ । कसरी संयोजन गराउनुहुन्छ । किनभने माओवादी पनि संसदवादी धारमा फस्यो, यिनै संसदवादी दलहरुसँग मिलेर जाने भयो भन्ने आवाज पनि सुनिदैछ । कसरी हुन्छ क्रान्तिको सुदृढीकरण ? जनताले कसरी बुझ्ने ?
जनतालाई बुझ्नका लागि सरल छ किन भने हिजोको यो सामान्तबादी संरचनाको स्वत अन्त्य भएको छ र गणतन्त्रात्मक नेपाल बनेको छ । अब यो गणतन्त्रात्मक नेपालमा जनताको अधिकार सुनिश्चि गरेर अगाडी बढ्ने हो । यसका लागि सबै पार्टी केन्द्रीत भएर बढ्यो भने त्यो स्वत: हाम्रो लक्ष्य पुरा हुदैन र ? हाम्रो चाहना र आकंक्षा स्वत: पुरा हुन्छ । त्यसो भएका कारणले अहिलको उपलब्धीलाई सृदढ नगरि, संस्थागत नगरी अगाडी बढ्ने कसरी छ ? कि त हतियार समातेर लड्न जान्छु भन्नुपर्‍यो । जानुपर्‍यो नी । असहमति भन्ने मान्छेले हतियार समातेर लड्न जानुपर्‍यो नी होईन भने शान्तिको विकल्प के छ त ? अहिले नेपाली जनताको आकंक्षा भनेको नै शान्तिको आकांक्षा हो । तर मृत शान्तिको कुरा गरेका छैनन् नेपाली जनताले अधिकारसहित सशक्त ढंगले अगाडी बढ्नुपर्छ भनिरहेका चाहना गरिरहेका छन् त्यो पुरा गर्ने हाम्रो दायित्व हो ।
माओवादी र अन्यदलहरुबीच सहमति भईराख्दाखेरी विवाद देखिएको छ । नेपालमा १० १५ वर्षको अन्तरालमा एउटा आन्दोलन वा सशस्त्र क्रान्ति हुने जुन चलन थियो त्यसलाई फेरी बिजारोपण गर्ने हो की भन्ने टिप्पणीहरु आएका छन नी ?
यो द्धन्द्धात्मक भौतिकवादले एकको दुईमा विभाजन गर्ने हुन्छ । त्यो हुनसक्ने कुरा भयो र सम्भावनाको कुराहरुसँग हामी जाने कुरा भएन । अहिले ठोस वस्तु जे देखिएको छ, जे हामी लागु गर्न सक्छौं त्यो नै हामीले बोल्ने हो । त्यसकारण यो कुनै आन्दोलन वा क्रान्तिको विजारोपण भन्दा पनि समाधानको बिजारोपरण नै हुन्छ । दलहरुले गरेको सहमति मान्छौं त भनिहाल्नु भयो । अब समायोजनको तयारी हुदैछ । व्यक्तित ईच्छा पनि सोधिएला । व्यक्तिग रुपमा तपाईको चाहना के छ ? किन भने तपाई एउटा कमाण्डर पनि हो तपाईले लिने निर्णयले धेरै प्रभाव पार्न सक्छ । व्यक्ति  ईच्छाको कुरा गर्ने हो भने हामी कुनै जागिरे बनौंला अर्थात राज्यको पेशेवर सेना बनौंला भनेर आन्दोलनमा लागेका थिएनौं ।

समाजमा भएको अन्र्तविरोधको हल गर्नका लागि र समाजमा जुन भेदभाव थियो त्यसको विरुद्धमा लडेका हौं । लड्दै यो ठाँउमा पुग्यौं आन्दोलनले यो ठाँउमा पुरायो भने हामीलाई के लाग्छ भने फेरी पनि नीति निर्माणकै प्रकृयामा अगाडी बढ्न पाउदा खेरी देशको सेवा गर्न पाउनु हाम्रो पहिलो अधिकार हो । किन त भने हामी नयाँ बीचारका साथ आएको हो । त्यस कारण हामीले अहिलेको परिबेशलाई नेतृत् वगर्न पाउने कुराहरु हाम्रो दायित्व हो भनेर पनि बुझेका छौं । तर सहमति र समझदारीको प्रकृया आउदाखेरी मान्छेको ईच्छा र आकांक्षामा मात्रै भर पर्ने कुरा भएन । अर्को पक्षको ईच्छा र आकांक्षलाई मध्यनजर गर्दिनुपर्छ । त्यसैले अहिलको कुरा के हो भने त्यो सहमतिलाई लागु गर्ने भन्दा पनि व्यक्तिगत कुरा अगाडि आउछ भन्ने होईन ।
सहमति कार्यान्वयन हुन्छ भन्नेमा त कुनै संका रहेन तपाईले यतिका भनिसक्नुभयो । यहाँले भन्नुभयो नी देशको सेवा गर्छु । सेनामा गएर सेवगर्ने कि बाहिर रहनेर किन भने दुईवटा बाटो त छ नी ?
जहाँ हाम्रो आवश्यकता जहाँ पर्छ पुरा गर्न सक्छौ । जहाँ बसेर देश निर्माणको प्रकृयामा अगाडी बढ्न सक्छौं जहाँ बढी फाईदाजनक देखिन्छ । त्याही जाने हो ।
यहाँ बसेर धेरै जनसेनाका सदस्यका धोरण बुझ्नुभएको होला । उनीहरुको चाहना चाही कतापट्टी छ नी ?
धेरैको चाहना चाही देशको सेवागर्न पाउनुपर्छ भन्ने नै हो ।
त्यो भनेको के ? सेनाभित्रै रहेर वा बाहिर रहेर ?
अहिले चाही धेरैले सेनाभित्रै रहेर भन्ने नै साथीहरुको चाहना छ 

Read 136 times Last modified on Saturday, 17 December 2011 12:26

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

यूरोपमा रहेका प्रगतीशिल संगठनहरु सम्पर्क-ठेगानाहरु

चर्चित वेब ठेगानाहरु

हाम्रो बारेमा