Wednesday, 14 December 2011 17:36

राजावादी र प्रतिक्रियावादीहरु जसले शान्ति प्रक्रिया भाँड्न चाहन्थे उनीहरुको घुसपैठका कारण स्थिति असहज बनेको हो पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष एकीकृत नेकपा माओवादी

Written by 
Rate this item
(0 votes)

 

पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष एकीकृत नेकपा माओवा

तपाई केही वर्षअघिसम्म पिएलएको सुपि्रम कमाण्डर हुनुहुन्थ्यो, जुन नेपाली सेनासँग लडेको थियो । तर अहिले तपाईले पिएलए त्यहीँ नेपाली सेनालाई सुम्पनुभएको छ । यो यात्रा कसरी सम्भव भयो ?

यो विषय आफैसित लडेको सेनालाई पिएल सुम्पिएको भन्ने होइन । युद्ध शाही नेपाली सेनासँग थियो, अहिले समायोजनको प्रक्रिया अघि बढिरहेको छ नेपाली सेनासँग । उतिबेला त्यो शाही सेना थियो तर अहिले गणतान्त्रिक सेना हो । यो नै गुणात्मक फरक हो । हामी संविधानसभा चुनावको प्रजातान्त्रिक प्रक्रियाबाट सबैभन्दा ठूलो दलको रुपमा स्थापित राजनीतिक दल पनि हौँ । अहिले हामीले सरकारको नेतृत्व गरिरहेका छौँ र यो बेला नेपाली सेना र जनमुक्ति सेनाप्रतिको हाम्रो धारणामा पनि परिवर्तन आएको अवस्था छ । नेपाली सेना पनि राष्ट्रिय सेना हो र पिएलए जुन समायोजनमा गैरहेको छ त्यो पनि राष्ट्रिय सेना बन्दैछ । यो इज्जतको सबाल पनि हो र खुसीको क्षण हो । यो प्रक्रियालाई अगाडि बढाइरहेको पार्टीको अध्यक्षको हैसियतले मैले मेरो जिम्मेवारी पूरा गर्ने अवसर पाएको ठानेको छु । बाह्रबुँदे सहमतिसँगै दिल्लीबाट सुरु भएको यात्रा अहिले निष्कर्षमा पुगेको छ ।

तर तपाईले प्रतिबद्धताका कारण नभइ बाध्यताका कारण निर्णय लिनुभएको भन्ने आलोचना पनि छन् नी ? पिएलए भित्रै असन्तुष्टी सुरु हुन लागेको अवस्था थियो ?

यो निराधार आरोप हो । पछिल्लो एक वर्षयता मैले आफ्नै बलबुताले शान्ति प्रक्रिया अघि बढाइरहेको छु । म जनमुक्ति सेनाका सदस्य र हतियारद्धारा युद्धकालमा सुरक्षित थिएँ । मैले नै जनमुक्ति सेनालाई क्यान्टोनमेन्टमा पठाएँ र अहिले राज्यको सुरक्षाको मातहतमा छु । बाबुराम भटराईको सरकार बनेपछि हामीले लडाकुको पुनवर्गिकरण प्रक्रिया सुरु गर्यौँ । अहिले फेरी यस विषयमा बोल्ड निर्णय लिनुपर्छ र शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउनुपर्छ भन्ने मलाई लाग्यो । यदि म बाध्यतामा परेको भए मैले भन्नुपथ्र्यो की कांग्रेस र एमालेले समायोजन अस्विकार गरे, क्यान्टोनमेन्टमा अस्थिरता ल्याउन खोजे । त्यस्तो बेलामा आन्दोलनको विकल्प थिएन ।

के त्यसो भए क्यान्टोनमेन्टमा कुनैपनि समस्या देखिएनन् ?

दुईवटा क्यान्टोनमेन्टमा केही समस्या आएका थिए । त्यसलाई शान्ति प्रक्रिया भाँड्न चाहने तत्वहरुले बल पुराइरहेका थिए । साथै आफ्नो भविष्यको विषयमा केही लडाकुमा असन्तुष्टी पनि थिए । तर राजावादी र प्रतिक्रियावादीहरु जसले शान्ति प्रक्रिया भाँड्न चाहन्थे उनीहरुको घुसपैठका कारण स्थिति असहज बनेको हो । त्यस्ता तत्वहरुलाई पार्टीका केही दक्षिणपन्थी तत्वहरु जसले परिवर्तन चाहँदैनन्, निरंकुशता चाहन्छन् त्यस्ता तत्वले पनि सघाएका थिए । त्यसैले पनि मैले शान्ति प्रक्रियालाई पूर्णता दिएको हुँ ।

तपाइँकै पार्टीका नेताहरुले यसलाई आत्मसमर्पण भनेका छन् नी ?

खासगरी पार्टीको मोहन वैद्य किरण पक्षले यस्तो आरोप लगाएको हो र मेरो पुत्ला समेत जलाएको छ । मलाई यो आत्मसमर्पण हो भन्ने लाग्दै लाग्दैन । विद्रोही सेना नेपाली सेनामा समायोजन हुँदैछ, यो त गौरवको कुरा हो । वास्तवमा पार्टीभित्र विश्व परिवेशको बुझाइ, शक्ति सन्तुलन, आर्थिक विकाशको गति, तथा अन्तराष्ट्रि कम्युनिष्ट आन्दोलनका विषयमा बुझाइका भिन्नता छ । एकपटक म सँग भेट्न आएका बेला मैले वैद्य जी लाई यी सबै विषयमा खुलस्त कुरा गरेर भनेको थिएँ की मेरो कदम यथार्थमा आधारित तथा वैज्ञानिक छ र तपाईको विचार परम्परावादी छ ।

कतिपयले प्रचण्डले यो काम पहिले नै नगरेर मूल्यवान समय खेर फाल्यो पनि भन्छन् नी ?

तपाईले नपाकेको फल टिपेर खानुभयो भने त्यसले स्वास्थ्यमा असर पार्छ । त्यस्तै संघर्षका निश्चित प्रक्रिया पूरा नभइकन निर्णय लिनुपनि नकारात्मक हुन्छ । पार्टीको नेताको हैसियतले यदि शान्ति प्रक्रियाको विषयमा यो मार्ग अवलम्बन नगरेको भए अहिले मैले यो निर्णय गर्ने थिइन । परिस्थिति ठीक नभइकन निर्णय लिँदा कहिलेकाहीँ त्यो प्रत्युत्पादक बन्छ । यो प्रचण्डको काम गराइको शैली पनि हो । हामीले शान्ति प्रक्रियामा प्रवेशका लागि पनि डेढ वर्षको समय लिएका थियौँ ।

माओवादीले युद्धकालमा भएका अपराधलाई आममाफी दिने प्रयास गरेको देखिन्छ । यसो गर्दा पीडितका परिवारप्रति अन्याय हुँदैन ?

हाम्रो पार्टीले पूरै आममाफी भनेको कुरा सही होइन । पीडितका अधिकारको रक्षा गर्ने विषयलाई ध्यान दिनुपर्छ । पीडितलाई क्षतिपूर्ति, बालबच्चालाई शिक्षा, रोजगारी लगायतका प्रवन्ध गरी दिगो शान्तीका लागि मेलमिलापको वातावरण बनाउनु तथा पीडितले पिडकलाई आफै माफी दिने वातावरण सिर्जना गर्नु अहिलेको मुख्य विषय हो ।

नयाँ संविधानमा कस्तो शासकीय स्वरुपमा सहमति जुट्ला ?

यो विषय धेरथोर टुंगिसकेको छ । सर्वदलीय कार्यदलले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्री र ती बीच शक्ति बाँडफाँडको प्रस्ताव तयार पारेको छ । यो नै मिलन बिन्दु हो ।

संघीय संरचनाको विषयमा तपाईको पार्टीको आधिकारिक धारणा के हो ?

पहिचान र सामथ्र्य संघीयताका आधार हुन् भन्ने विषयमा सहमति भैसकेको छ । अहिलेको लागि यी दुईमध्ये पहिचान मुख्य कुरो हो । दोश्रो कुरा प्रान्तको संख्या हो । संविधानको समितिले १४ वटा संघीय राज्यको प्रस्ताव तयार पारिसकेको अवस्था छ । तर हामी यस विषयमा लचकता अपनाउन तयार छौ्रँ ।

के छिटै राष्ट्रिय सरकार गठन होला ?

हामीले भन्दै आएको कुरा के हो भने राष्ट्रिय सहमतिको सरकार बन्यो भने त्यसले यो प्रक्रियालाई सहज बनाउनेछ । अहिले शान्ति प्रक्रिया निकै अघि बढेको छ त्यसैले राष्ट्रिय सरकार बन्छ । तर राष्ट्रिय सरकार बाबुराम भटराइकै नेतृत्वमा हुनुपर्छ भन्ने हाम्रो दाबी हो र यस्तो सरकार शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने तथा संविधानका आधारभुत विषयमा सहमति जुट्ने बेला सम्म रहनेछ । तर संविधानको घोषणा कांग्रेस नेतृत्वको सरकारले गरेपनि हाम्रो विमती रहनेछैन ।

पछिल्ला महिनामा भारतीय भूमिका कस्तो देख्नुभएको छ ?

१२ बुँदे सहमतिदेखि संविधानसभाको निर्वाचनसम्म भारतको सक्रिय सहयोगले यो प्रक्रियालाई अघि बढाउन सहयोग गर्यो । तर मेरो नेतृत्वमा सरकार बनेपछि भने सम्बन्धमा चिसोपना आयो । पछिल्लो डेढ वर्षयता भने सम्बन्धमा केही सुधार आएको छ र एकअर्कामा समझदारीको विकाश भएको छ । अहिले भारतले नेपालमा राजनीतिक स्थिरता, शान्ति प्रक्रियाको पूर्णता र संविधान लेखन चाहन्छ । यो बाहेक भारतको अरु स्वार्थ छ भन्ने मलाई लाग्दैन ।

भारतसँगको सम्बन्धमा कसरी सुधार आयो ?

हामी सबैले परिस्थितिको विश्लेषण गर्यौँ । मैले गएको अपि्रलमा पार्टी बैठकमा बाह्र बुँदे सहमतिमा आधारित भएर शान्ति र संविधान निर्माण प्रक्रिया अघि बढाउनु पर्छ भन्ने दस्तावेज प्रस्तुत गरेँ । त्यसपछि भारतले माओवादीप्रतिको धारणामा परिवर्तन गर्यो र यो प्रक्रिया सफल बनाउनु पर्छ भन्ने सोँच्यो । १२ बुँदे सहमति ताकाको जस्तो विश्वासको वातावरण बनाउनुपर्छ भन्ने विषयको बुझाइले नै सम्बन्धमा सुधार आएको हो ।

भारतको सहयोग बिना नेपालको शान्ति प्रक्रिया र संविधान लेखन प्रक्रिया सम्भव छैन भनियो भने त्यो सही हुन्छ ?

निश्चित रुपमा । १२ बुँदे सहमतिमा दिल्लीमै हस्ताक्षर भएको हो जुन भारतको सक्रिय सहभागिता बिना सम्भव थिएन । संविधानसभा चुनाव पनि सम्भव थिएन । गणतन्त्र घोषणामा पनि समस्या आउन सक्थ्यो । र अहिले शान्ति र संविधान लेखनलाई अघि बढाउँदा पनि भारतीय सहयोग बिना गाह्रो हुन्छ ।

भारतसँगको आर्थिक सम्बन्धका विषयमा तपाइँको धारणा के छ ? सरकारले हालै चीनसँग एक जलविद्युत सम्झौतामा हस्ताक्षर गरेको छ तर भारतसँग सम्झौता भैसकेको आयोजना भने अघि बढ्न सकेको छैन ।

पहिलो कुरा त भारतले नेपालका अरु पार्टी आफ्नो नजिक छन् र माओवादी टाढा छ भन्ने भ्रम त्याग्नुपर्छ । हाम्रो भारतसँग नजिकको सम्बन्ध छ र आर्थिक निर्भरता पनि । हाम्रो विकाशका लागि भारतीय सहयोग आवश्यक छ, चाहे यो जलविद्युत होस्, उद्योग होस वा भौतिक पूर्वाधार हो । त्यस्तै हामीलाई चीनको सहयोग पनि चाहिन्छ । वास्तवमा यी दुई छिमेकीबीचको सम्बन्धमा सन्तुलन आवश्यक छ । तर पनि भारतसँगको सम्बन्ध विशेष छ । मैले माथिल्लो कणर्ालीको विषयमा भएका विवादका विषयमा छलफल गरी त्यसलाई अघि बढाउन प्रधानमन्त्रीलाई सल्लाह दिइसकेको छ ।

तपाई लुम्बिनी विकाशका लागि राष्ट्रिय समितिको अध्यक्ष हुनुहुन्छ । तपाईको लक्ष्य के हो ? लुम्बिनी विकाशमा चिनियाँ संस्थाको चासोलाई कसरी लिनुहुन्छ ?

सरकारले लुम्बिनीलाई विश्व शान्ति सहर बनाउने उद्धेश्य अनुरुप राष्ट्रिय समिति बनाएको छ । मलाई लाग्छ छिमेकीको सहयोग बिना यो सम्भव छैन । यसमा भारतीय सहयोग खासमा महत्वपूर्ण छ । बुद्ध नेपालमा जन्मे र भारतमा बुद्धत्व प्राप्त गरे । गया, कुशिनगर लगायतका ठाउँ निकै महृत्वपूर्ण छन् र हामीले लुम्बिनीसँग संजाल बनाउनुपर्छ । त्यस्तै हामीलाई बुद्ध धर्माबलम्बी भएका देशसँग सहकार्य गर्नु आवश्यक हुन्छ । चीन पनि धेरै बुद्ध धर्माबलम्बी भएको देश हो । अहिले लुम्बिनीको विकाशका लागि राष्ट्रिय समिति नै बनेकाले कुनै अन्तराष्ट्रिय गैरसरकारी संस्थाको संलग्नता आवश्यक छैन । लुम्बिनी विकाशका बारे अन्तराष्ट्रिय गैरसरकारी संस्थामा यसअघिको मेरो संलग्नताको विषयमा अहिले प्रश्न उठाउनु आवश्यक छैन ।

तपाई केही समय यता कुनै राजनीतिक पदमा हुनुहुन्न । तपाईको राजनीतिक लक्ष्य के हो ?

यो समयमा म कुनै पदमा जान इच्छुक छैन् । दुई वर्षअघि संसदमा भएको प्रधानमन्त्री चुनावमा म ७ पटकसम्म लडेँ । तर त्यसपछि मैले मेरो भूमिकाको विषयमा मुल्यांकन गरेँ र मैले सोचेँ अब म शान्ति र संविधानका विषयमा केन्दि्रत हुनुपर्छ । यदि मैले कुनै पदलाई लक्ष्य बनाएँ भने शान्ति प्रक्रिया अझै कठिन हुनेछ र नेपाली जनता, राजनीतिक दल तथा अन्तराष्ट्रिय समुदायसँग मेरो सम्बन्ध नराम्रो बन्नेछ ।

तर यसो भन्नुको मतलब म शक्तिशाली पदमा कहिल्यैपनि जाँदिन भन्ने होइन । देशलाई अगाडि बढाउने विस्तृत दृष्टिकोण मेरो छ । शान्ति र संविधानको पूर्णतापछि म नेपाली जनताको सेवा गर्न चाहन्छु । मेरो भिजन कार्यान्वयन गर्न मलाई ५-१० वर्ष चाहिन्छ ।

Read 526 times Last modified on Sunday, 22 April 2012 11:02

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

यूरोपमा रहेका प्रगतीशिल संगठनहरु सम्पर्क-ठेगानाहरु

चर्चित वेब ठेगानाहरु

हाम्रो बारेमा