बिसर्जनबाद र फुटबादको भण्डाफोर गरौं ! मजदुर पक्षीय संबिधान निर्माणको लागी संघर्ष गर्दै १२३ औं अन्तर्राष्ट्रिय मजदुर दिवस भब्यताका साथ मनाऔं !!! भन्ने मुल नारामा रहेर बेल्जियममा रहेका नेपाली जनप्रगतिशील मञ्च बेल्जियम लगाएत् प्रवासि प्रगतिशील संगठनहरुको आयोजनामा नेपाली समुदाय बिच बेल्जियमको आन्तोर्पेनमा भव्यताकासाथ १२३ औं अन्तर्राष्ट्रिय मजदुर दिवस संपन्न भएको छ । माहान शहिदहरु प्रति एक मिनेट मौनधारणा गरी सुरु भएको कार्यक्रममा आयोजकको तर्फबाट नेपाली प्रगतिशील महिला मंचकी का.वा. अध्यक्ष निर्मला बजगार्इंले नेपाली महिला मजदुरको समस्या र मजदुर दिवसका बारेमा आप्mनो बिचार राख्दै उपस्थित महानुभावहरुलाई स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो । आयोजकको तर्फबाट नेपाली जनप्रगतिशील मंच,बेल्जियम उपाध्यक्ष जित बहादुर लामाले अहिलेको पार्टी भित्र देखिएको समस्या भनेको अहिलेको कार्यनितिलाई हेर्ने दृष्टीकोणनै हो र समस्याको हल भनेको बहस र छलफलमा जोड दिनु पर्ने बताउनु भयो । त्यस्तै जनजाती सरोकार मंच, बेल्जियमका सल्लाहाकार मनिष गुरुङ्गले नेकपा माओबादीले प्रस्ताव गरेको जातिय राज्यको अवधारणालाई प्रवासमा रहेका संपुर्ण जनजातीहरुले एक्यवद्धता जनाउनु पर्नेमा जोड दिनु भयो । नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, बेल्जियमका अध्यक्ष कृष्ण तिवारीले नेकपा माओबादीले लिएको अहिलेको कार्यदिशा शान्ति र संबिधान नै अहिलेको लागी सहि कार्यदिशा रहेको र मजदुर तथा जनताको पक्षमा संविधान बनाउन प्रवाशबाट दवाब दिनु पर्छ भन्नु भयो । कार्यक्रममा तमु राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष गम बहादुर गुरुङ्गले केहि क्रान्तिकारी मित्रहरु नेपाल देखि बेल्जियममा जनजातीहरुमा भ्रम छर्ने र संबिधान निर्माणमा बाधक गर्दै चर्का नारा लगाएर अहिले सम्मका उपलब्धीहरुलाई ध्वंस गर्ने तर्फ लागेको बताउनु भयो ।
कार्यक्रममा एन आर एन बेल्जियमका अध्यक्ष जानकी गुरुङ्ग, एन आर एन आई सि सि सदस्य द्धय पिजी शेर्पा, अर्जुन कुमार श्रेष्ठ , नेपाली ब्यवसायिक संघ, बेल्जियमका अध्यक्ष हरी थपलिया , लोकतान्त्रिक मंच, बेल्जियमका अध्यक्ष ईन्द्र वली, नेपाली जनसम्पर्क समितिका महामन्त्रि सुवास जोशी, राप्रपा,बेल्जियमका कोषाध्यक्ष दिर्घ मल्ल, बिश्व मगर संघ,बेल्जियमका अध्यक्ष मार्के मगर , मगर राष्ट्रिय मुक्ति मोर्चा, बेल्जियमका सचिव राम पुन ले बेल्जियम तथा नेपालका मजदुरहरुले भोग्नु परेका समस्या तथा बर्तमान राजनैतिक अवस्था बारेमा बिचार ब्यक्त गर्नुभएको थियो । सोही कार्यक्रममा बेल्जियमका बिभिन्न संघ संगठनहरु— मगराँत मुक्ति मोर्चा, यूरोपका संयोजक बिरमान घर्ति मगर, सिक्लेस पार्चे कल्याण कोष, बेल्जियम अध्यक्ष होम गुरुङ्ग , चितवन सहायता कोष, बेल्जियमका अध्यक्ष तथा नेपाली जनप्रगतिशील मंच, बेल्जियमका निवर्तमान कोषाध्यक्ष रामहरी घिमिरे, नवलपरासी सहायताकोष, बेल्जियमका अध्यक्ष अमृत प्रधान, ब्रसेल्स नेपाल मिलन केन्द्रका अध्यक्ष उत्तम गौतम, यूरो नेपाल कलाकार संघ, बेल्जियमका अध्यक्ष पदम गुरुङ्ग , एन आर एन बेल्जियम यूवा संयोजक तथा नेपाली जनप्रगतिशील मंच, बेल्जियमका केन्द्रिय सदस्य पवन सुबेदी, एन आर एन बेल्जियम महिला संयोजक लिला शर्मा मानन्धर, एन आर एन बेल्जियमका भुतपुर्व अध्यक्ष तथा बर्तमान सल्लाहाकार यूवराज गुरुङ्ग, एमाले प्रवाश कमिटी बेल्जियमका अध्यक्ष शिव बरुवाल, यूरो नेपाल खेलुकुद संघ, बेल्जियमका अध्यक्ष किसन केसी को समेत उपस्थिति रहेको थियो । उपस्थित अतिथिहरुलाई बाल कलाकार बहिनीहरु सन्ध्या सुबेदी, सुरुची सुबेदी , लेना बजगांई, अप्सारा रिमाल , तारा रिमालले ब्याच बितरण गर्नु भएको थियो ।
मजदुर दिवसलाई उत्सव र बैचारीक रुपमा मनाउने क्रममा प्रगतिशील कलाकार नेपाली जनप्रगतिशील मंच, बेल्जियमका आन्तोर्पेन क्षेत्रिय समितिका अध्यक्ष रमेश कार्कीको संयोजनमा कलाकार सन्ध्या सुबेदी, सुरुची सुबेदी , लेना बजगांई, अप्सारा रिमाल , तारा रिमालकोे नेपाली जनवादी गितको नृत्यले पुरा हल नै गुन्जायमान गराएको थियो भने विभिन्न नेपाली खानाको परिकारले नेपाली स्वाद र नेपाललाई स्मरण गराएको थियो । सोही अवसरमा नेपाली जनप्रगतिशील मंच, बेल्जियमका सल्लाहाकार लिला पन्तले बेल्जियममा रहेका नेपाली मजदुरहरुको मर्म भरिएको कबिता बाचन गर्नु भएको थियो भने यूवा बिद्यार्थी कमल सापकोटाले आप्mनो कबिताको साथमा जोसपुर्ण बिचार राख्नु भएको थियो ।
उक्त कार्यक्रममा संयूक्त नेपाली मोर्चा, यूरोपका कोषाध्यक्ष दधिराज घिमिरेले अहिले पार्टीमा अन्तरसंघर्ष चर्कनुको प्रमुख कारण भनेको कार्यदिशामा देखीएको अन्तर हो भन्नु भयो । त्यस्तै कार्यक्रमका सभापतिको आसनबाट नेपाली जनप्रगतिशील मञ्च बेल्जियमका अध्यक्ष सुरेन्द्र भुषालले आप्mना बिचार राख्ने क्रममा भन्नु भयो अहिले एकिकृत नेकपा माओबादी भित्र देखिएको अन्तरसंघर्ष भनेको किरण कमरेडहरुले राख्ने दृष्टीकोण रुढीवादी छ र परम्परागत ढंगले सोचिरहेसम्म यो समस्याको हल गर्न सकिंदैन । अहिलेको चिन्तन लिएर जाने हो भने उहांहरु पुग्ने कि बर्मा वा मलाय हो, कि मोहनविक्रम या मातृका यादवको बाटोमा हो भन्नु भयो । किरण समुहले मुखले गर्ने भन्ने तर नगर्ने , उहांहरु संग स्पष्ट कार्य दिशा पनि छैन । अहिले यूरोपमा पनि नेपालमा भएको गतिबिधिको प्रतिबिम्व देिखएको छ । हिजो सम्म संगैं रहेका केहि साथिहरुमा नेपालको क्रान्तिलाई बुभ्mने सवालमा जडतामा हुनुहुन्छ, त्यसैले नेपालको अहिलेको बस्तुगत स्थितिलाई बुझि बहस र छलफललाई निरन्तरता दिदै पार्टीले लिएको अहिलेको कार्यदिशा नै बैज्ञानिक र सान्दर्भिक रहेको छ भन्नु भयो । कार्यक्रमलाई नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, बेल्जियमका महासचिव तथा नेपाली जनप्रगतिशील मंच, बेल्जियमका केन्.िद्रय सल्लाहाकार चित्र सुबेदीले संचालन गर्नु भएको थियो ।