दाङ, २६ मंसिर (ओएनएस) : नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफूलाई पार्टीभित्रैबाट कसैले सिध्याउन लागेको बताएका छन् । पार्टीभित्र व्यापक गुठबन्दी भएको भन्दै उनले एकतापछि पनि एकताको भावनाका पार्टीमा नदेखिएको दाबी गरे ।
जिल्ला दौडाहमा रहेका उनले आज दाङमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टीमा सम्मानजनक भावानात्कम एकता अझै नआइसकेको बताए । उनले एक अर्कोलाई सिध्याउने खेलमा लाग्दा कसैको भलो नहुने भन्दै यस्तो खेल कसैले नखेल्न आग्रह गरे । उनले पार्टी सभापति सुशील कोइरालाले विवादको विउ छरेको आरोप समेत लगाए ।
शान्ति प्रक्रिया नटुंगिएसम्म संविधान बन्न नसक्ने बताउँदै देउवाले देशमा हत्या हिंसाको अन्य हुनुपर्ने बताए । क्यानटोनमेन्ट खाली गरेर माओवादी लडाकुहरुका हतियार सरकारलाई नबुझाउँदासम्म स्थायी शान्ति स्थापना हुन नसक्ने उनको भनाइ थियो ।