
नेपाली जनता र अन्तर्राष्ट्रिय समुदाय सबै शान्तिको पक्षमा हु“दा उहा“ (किरण) हरू शान्तिविरोधी देखिनुभयो । तमाम जनतादेखि कार्यकर्तासम्म सबैले पार्टी विभाजन हुनु हुँदैन भन्ने जुन आवाज उठाए, उहाँहरूले त्यसको वस्तुगत आवश्यकतालाई बुझ्नुभएन ।
शालीन स्वभावका नेताका रूपमा चिनिन्छन् माओवादी स्थायी समिति सदस्य एवं विदेश विभाग प्रमुख कृष्णबहादुर महरा । माओवादी शान्तिप्रक्रियामा आउँदा निकै सक्रिय भूमिकामा देखापरेका महरा शान्तिप्रक्रिया टुंगाउने र संविधान जारी गर्ने गरी भएका पछिल्ला राजनीतिक भेटघाट र बैठकमा देखापरेका छैनन् । पार्टीभित्र मध्यमार्गी नेताका रूपमा चिनिने महराले पार्टीको अन्तर्राष्ट्रिय विभाग सम्हालेदेखि माओवादी कूटनीति सफल बनाउँदै लगेका छन् । माओवादीभित्र उनलाई चीननजिक नेताका रूपमा समेत चिन्ने गरिन्छ ।
शान्तिप्रक्रियामा आउँदा निकै सक्रिय हुनुहुन्थ्यो, अहिले शान्तिप्रक्रिया टुंगिने र संविधान जारी गर्ने वेलामा तपाईं ओझेलमा परेजस्तो देखिनुभएको छ, के गर्दै हुनुहुन्छ ?
बाहिर त्यस्तो देखिएको होला । यो बीचमा मिडियामा कमै देखिएको पनि हो । तर, म पार्टी जिम्मा पूरा गर्न क्रियाशील नै छु । सुरुमा शान्तिप्रक्रियामा आउँदा पार्टीले हामीलाई अगाडि बढाएको हो । अहिले सिंगो पार्टी, पार्टी अध्यक्ष प्रचण्ड स्वयं र अन्य नेतृत्व तहमा रहेका कमरेड यसमा लागिरहनुभएको छ । उहाँहरूको समर्थनमा हामी छौँ । प्रक्रियामा आफ्नो ठाउँबाट लागेकै छौँ, सक्रिय नै छौँ । पार्टीमा अरू राजनीति, सांगठनिकलगायत धेरै काम हुन्छन् । आफ्नो जिम्माको काममा लागेकै छु ।
संक्रमणकालीन अवस्थामा आफूलाई शान्ति र संविधानका लागि महŒवपूर्ण भूमिकामा बसेर काम गरौँ भन्ने त लाग्छ होला नि ?
मुलुकले एउटा जनताको संविधान पाउनुपर्छ, शान्तिप्रक्रिया टुंग्याउनुपर्छ भनेर जसरी र जहाँबाट सुरु गरियो, यो नै ठूलो हो भन्ने लाग्छ । सुरुको चरणमा सकारात्मक भूमिका खेलियो । त्यो भूमिका नै नकारात्मक तरिकाले खेलेको भए अहिलेको अवस्था आउने नै थिएन । अहिले यो प्रक्रियालाई निष्कर्षमा पुरयाउने वेला हो । निष्कर्षमा पु¥याउँदा आ–आफ्नो ठाउँबाट सहयोग गर्ने कुरा हो । सबैले एकै ठाउँमा बसेर भूमिका निभाउने भन्ने होइन । म संविधानसभा सदस्य त छु नै, त्यहाँ आफ्नो काम गरेकै छु । हाम्रो पार्टीका नेताले निर्णायक भूमिका खेलेका वेला उहाँहरूलाई समर्थन गरेर अगाडि बढ्ने कुरा पनि ठूलै कुरा हो । पार्टीमा नेताहरूका भूमिका फेरिन्छन् तर आफ्नो भूमिका बढाउन मरिहत्ते गर्ने मान्छे चाहिँ म होइन ।
मानिसहरू तपाईंलाई मध्यमार्गी नेताका रूपमा चिन्छन् । अहिलेको पार्टीभित्रको राजनीतिक–वैचारिक अन्तरसंघर्षमा तपार्इं आफूलाई कहाँ राख्न चाहनुहुन्छ ?
यसमा भ्रम पर्न हुँदैन कि राजनीति र वैचारिक हिसाबले म पार्टीमा संस्थापन पक्षकै धारमा छु । तर, सांगठिनक हिसाबले पार्टी जुन तरिकाले विभाजित भएको छ, त्यसमा म चिन्तित छु । पार्टीभित्र यस्तो विभाजन आएको चिन्ताले पनि सक्रिय भूमिकामा आउन नचाहने मेरो स्वभाव बन्न गयो । विचारधारात्मक तरिकाले नेपाली क्रान्ति सिद्धियो भन्ने मलाई लाग्दैन । म यसमा प्रस्ट छु । तर, नेपाली क्रान्तिको मोडेल फेरिएको छ । पुरानै तरिकाले क्रान्ति गर्नुपर्छ भन्ने मान्यता राख्नु ठीक होइन । नयाँ स्वरूपको क्रान्तिलाई कुन ढंगले अगाडि बढाउने भन्ने विषयमा पार्टीभित्र बहस छ । त्यो बहसमा क्रान्तिलाई नयाँ ढंगले सम्पन्न गर्ने पक्षमा छु म । यसले पार्टीलाई जीवन्त पार्छ । यसले एकतामा जोड दिन्छ । राजनीतिक दृष्टिले शान्ति र संविधानलाई निष्कर्षमा पुरयाउनुपर्छ भन्ने मेरो धारणा छ । शान्ति र संविधानलाई बीचमा छाडेर हामी कहीँ जान सक्दैनौँ । शान्ति र संविधानका विषयमा हामीले उठाएका एजेन्डा छन् । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीजस्ता मुद्दा हामीले राजनीतिक उपलब्धिका रूपमा हासिल गरेका छौँ । यी उपलब्धि नै जनवादी व्यवस्थाका उपलब्धि हुन् भन्ने मेरो मान्यता पटक्कै होइन । तर पनि राजनीतिक उपलब्धि त हुन् नै । त्यसकारण शान्ति र संविधानलाई निष्कर्षमा पुरयाउने कुरा नै ठीक छ अहिले । यसको अर्को विकल्प खोज्ने वेला होइन अहिले । संविधानसभा र गणतन्त्रमा षड्यन्त्र भइदिएको भए नेपाली जनताले विद्रोह गर्थे, पार्टी यस्तो अवस्थामा जनतासँगै उभिनुपर्थ्यो । त्यो पार्टीको लाइन नै थियो । संविधानसभाको निर्वाचन र गणतन्त्रको घोषणापछि हामी नयाँ ठाउँमा आएका छौँ । यी दुईवटा कुरामा प्रस्ट भएपछि पार्टी विभाजित गर्ने तरिकाले जानुपर्ने कारण हुँदैनथ्यो । पार्टीभित्र बहुमत÷अल्पमत हुन्थ्यो । पार्टी एकढिक्का राख्न,अन्तरपार्टी संघर्षलाई व्यवस्थित गर्न जनवादी केन्द्रीयताको मालेमावादी संगठनात्मक सिद्धान्त लागू गर्नुपथ्र्याे । त्यो गर्न सकेनौँ, हाम्रो कमजोरी जस्तो देखियो । कतिपय साथी पार्टी विभाजन गर्नेसम्मको हर्कतमा आउनुभयो, यो चित्त बुझेको छैन, राम्रो पनि होइन । जहाँसम्म नेतृत्वको प्रश्न छ, आजको दिनमा अध्यक्षले नेतृत्व गर्नुभएको छ । उहाँको नेतृत्वमा एकताबद्ध भएर जाँदा नै मुलुकले एकखालको निकास पाउँछ भन्ने मेरो मान्यता हो । १४ जेठपछि निश्चित रूपमा राजनीतिले एउटा नयाँ धार पकड्नेछ । पुरानै कोर्समा राजनीति रहँदैन । त्यसवेला हामी कुन कोर्समा जान्छौँ, त्यसले मुलुकलाई साँच्चिकै क्रान्तिकारी रूपान्तरणको दिशामा लैजान्छ वा प्रतिगामी दिशामा लैजान्छ, त्यो त हेर्न बाँकी छ । हामी हेर्नेर्छौं । अहिले शान्ति र संविधानको कोर्स पूरा गरी अगाडि बढ्नेभन्दा अर्को कुनै विकल्प छैन ।
पार्टीभित्रको विवाद मिलाउन विगतमा निकै भूमिका खेल्नुभयो । अहिले अध्यक्ष प्रचण्ड र किरणबीच कुराकानी नै हुन छाडेको हो ? तपार्इं एकताका लागि आफ्नो तर्फबाट केही गरिरहनुभएको छ कि ?
पछिल्लो चरणमा दूरी बढेको छ, दुई पक्षबीच । केही समयअगाडिसम्म त कुराकानी भएका थिए । कतिपय राजनीतिक विषयमा वस्तुगत तरिकाले सोच्न नसक्ने केही साथीको कमजोरीका कारण पार्टीलाई एकताबद्ध गर्न सकेनौँ, मिहिनेत गर्दागर्दै पनि । तर, पछिल्लो चरणमा विचारमा मात्र नभएर विचार र राजनीतिको तहभन्दा तल झरेर अराजनीतिक गतिविधि मा देखिनुले अस्वस्थता र अधैर्यता उहा“हरूमा प्रस्ट देखियो । फेरि पनि पार्टीलाई एकताबद्ध बनाउन हामी सबै गम्भीर बन्नै पर्छ । यो मेरो सबैलाई अपिल पनि हो ।
तपाईंले किरण र उहा“पक्षीय नेतामा रहेको विश्वास गुमाउनुभयो भन्ने कुरा छ नि ? तपाईं के भन्नुहुन्छ ?
उहाँहरूले कसरी हेर्नुभयो त्यो उहा“हरूले नै जान्ने कुरा हो । व्यक्तिगत सम्बन्धका तरिकाले म कसैलाई पनि आग्रह पूर्वाग्रहको तरिकाले हेर्दिनँ । राजनीतिक दृष्टिकोणले हेर्ने हो । म राजनीतिक व्यक्ति हुँ । राजनीतिक व्यक्तिले राजनीतिक आँखाले हेर्दा आग्रह–पूर्वाग्रह राख्न हुँदैन । म पार्टीबाहिर त आग्रह राख्दिनँ भने भित्रका साथीसँग त्यस्तो आग्रह राख्ने कुरै छैन । राजनीतिमा आफ्नो जस्तो धारण बन्छ, त्यसअनुसार चल्नुपर्छ भन्ने हो । त्यसका लागि बाधक बन्ने कुरा होइन । यसैका आधारमा विश्वास गुमाएको भन्ने कुरा उहाँहरूले जान्ने कुरा हो । यसबीचमा उहाँहरू दुईवटा विषयमा प्रस्ट रूपमा देखिनुभयो । एउटा नेपाली जनता र अन्तर्राष्ट्रिय समुदाय सबै शान्तिको पक्षमा हुँदा उहाँ (किरण) हरू शान्तिविरोधी देखिनुभयो । दोस्रो, तमाम जनतादेखि कार्यकर्तासम्म सबैले पार्टी विभाजन हुनु हुँदैन भन्ने वस्तुगत आवश्यकतालाई बुझ्नुभएन र विभाजनको दोष उहाँहरूको टाउकोमा गयो । पार्टीभित्रको विभाजनमा संस्थापन पक्षलाई मात्र दोष दिएर हुँदैन, उहाँहरू भित्रै बसेर अन्तरसंघर्ष चलाउने पद्धति त मिच्नुभयो । तेस्रो कुरा दुश्मनले क्रान्तिकारीहरूलाई विभाजन गर्ने, जनतालाई विभाजन गर्ने जुन षड्यन्त्र गरिराखेको छ, त्यसमा ध्यान दिनुभएन । दुश्मनको विशेषतालाई बुझ्न नसक्नु उहाँहरूको ठूलो कमजोरी बन्न गयो । यसरी हेर्दा उहाँहरूले कसलाई कस्तो देख्नुहुन्छ उहाँहरूले जान्ने कुरा हो । मैले भन्ने कुरा भएन ।
किरणजीहरूले सेना समायोजनमा आत्मसमर्पण भयो भन्नुभाछ, तपाईं आफैँ पनि पिएलएको इतिहासबारे जानकार हुनुहुन्छ ? तपार्इंलाई लाग्दैन कि किरणजीहरूले ठीकै कुरा गर्नुभाछ ?
उहाँहरूले राजनीतिक विज्ञानको आवश्यकताभन्दा जनयुद्धको भावनालाई बढी समात्नुभयो । शान्तिप्रक्रियामा प्रवेश गरिसकेपछि हाम्रो यहाँसम्मको राजनीतिक यात्रा अनिवार्य थियो ।
उहाँले चुनवाङदेखि बाटो फरक परेको हो कि भन्ने लागेको छ भन्नुभाछ । किरणजीबाहेक अरू साथी हामीसँगै थिए । जो साथीले अहिले उग्र कुरा गरिरहनुभएको छ, म उहाँहरूलाई प्रश्न गर्न चाहन्छु यो कुरा त्यही हतियार र सेना व्यवस्थापनसम्बन्धी सम्झौता गर्दा लाग्नुपथ्र्याे । मलाई त्यति वेला नै चिसो लागेको थियो । उहाँहरूले केही भन्नुभएको थिएन । समझदारी अनुसार हामीले जति सेना क्यान्टोनमेन्टमा राखेका थियौ“, जति हतियार कन्टेनरमा राखेका थियौँ र अनमिनलाई जिम्मा दियौँ । त्यतिवेला मैले के बुझेको थिएँ भने ढिलो चाँडोको कुरा हो त्यो हतियार बुझाउने हो, केही सेना समायोजन गर्ने हो । यसो भएपछि कि त साथीहरूले अब भन्नुपर्छ चुनवाङबाट यता आउनु नै गल्ती थियो । यसमा किरणजीलाई दोष दिन चाहन्न । उहाँ जेलमा हुनुहुन्थ्यो । बाहिर भएका साथीले त राजनीतिको विश्लेषण गरेका थिएनन् भन्न सकिन्न । उहाँहरू छलफलमा सहभागी भएकै थिए । हामीले अहिले जे गरेका थियौँ, चुनावाङको कार्यनीतिले भनेकै गरेका छौँ । शान्ति र संविधानमा अहिले जे गरेका छौँ,उतिवेलाको निर्णयको अनिवार्य परिणाम हो यो त । अझ ढिलो भयो यो त । एक दुई वर्षअगाडि नै हुन्थ्यो । तर, परिस्थितिले हामीलाई यहाँसम्म ल्यायो । हामीसँग योभन्दा अर्को विकल्प थिएन । सेना समायोजनमा पछिल्लो चरणमा भएको निर्णय राजनीतिक पहलकदमी आफ्नो हातमा लिने कुरा पनि हो । राजनीतिक पहलका दृष्टिकोणले यो निर्णय सही छ । तर, प्रक्रिया र प्राविधिक दृष्टिकोणले केही कमजोरी भए होलान्, त्यो मान्न सकिन्छ । यहाँ आउने निर्णय र राजनीतिक पहलका दृष्टिकोणले जे गरियो, त्यो सही निर्णय हो ।
पछिल्लो सहमति हेर्दा १४ जेठमा संविधान ल्याउने भनेको छ, तपार्इंले कसरी हेर्नुभएको छ, संविधान जारी होला ?
संविधान त बन्नै पर्छ । राजनीतिक पार्टीका बहसका तर्कको रूप पक्ष मात्र सुन्दा संविधान नबनाउने खोट लगाउने ठाउँ देखिँदैन तर संविधान बनाउने र संविधान नबनाउने सोच कमजोर छैनन् । अहिले दुई धार प्रस्टै देखिन्छन् । एक धार संविधान बनाउनुपर्छ भन्ने र अर्को धार संविधानविरोधी धार छ । संविधान बनाउने तिरको जोड नै सही धार हो । चुनौती छन् । राजनीतिक पार्टीका केही बैठकमा भाग लिएर उनीहरूका तर्क सुन्दा के लाग्छ भने उनीहरू तर्क चाहिँ मीठा गर्छन् । तर, सकारात्मक नियतका तर्क देखि“दैनन् । व्यक्तिगत स्वार्थ टकराएका छन् । प्रवृत्तिहरू टकराएका छन् । यी स्वार्थ र टकराब आगामी संविधानमा नदेखिएलान् भन्न सकिँदैन । त्यसकारण चुनौतीका बाबजुद पनि संविधान बन्छ भन्ने मेरो मान्यता छ । संविधान भाँडिन पनि सक्छ, हामी सचेत भएनौँ भने ।
संघीयता सबैभन्दा जटिल बनेको छ, यो हल गर्ने सूत्र के हुन्छ त ?
हामीले यथार्थलाई आत्मसात गर्नुपर्छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलुक हो भन्ने बुझ्नुपर्छ । हिजोको केन्द्रीकृत राज्यले अधिकार केन्द्रित ग¥यो । विकेन्द्रित हुन पाएनन् । यसले गर्दा राजनीतिक, आर्थिक, सामाजिक अधिकार नपाएका जनसमुदायले अहिले अधिकार खोजिरहेका छन् । संघीयता भनेको जनसमुदायको आफ्नो राष्ट्रिय (जातीय) र क्षेत्रीय पहिचानको अधिकार स्थापित गर्नु यसको सार हो । पहिचानलाई मुख्य आधार बनाएर अगाडि बढ्दा संख्या वा नाममा धेरै विवाद गर्नु हुँदैन । हाम्रो विविधतालाई सम्बोधन गर्ने सबैको मनोविज्ञानलाई समेट्ने गरी पहिचानलाई आधार बनाएर संघीयतामा जाने कुरा स्वीकार गरियो भने नाम र संख्यामा विवाद हुँदैन । त्यसो भएमात्र संघीयताको सम्बोधन हुन्छ । मुलुक नयाँ संरचनामा जान्छ । जनताले अधिकार पनि पाउँछन् । जनताले अहिले नै सबै अधिकार प्राप्त गरिहाल्छन् भन्ने पनि छैन । क्रमशः अधिकार प्राप्त हुँदै जानेछ । अहिले नै अन्तिम यात्रा हो भन्ने होइन ।
तपार्इंलाई के लाग्छ किरणजीहरू यो सरकारमा सहभागी नभए पनि अर्को सरकारमा सहभागी हुनुहुन्छ होला ?
उहाँहरूको कुरा म आफैँ भन्न सक्दिनँ। उहाँहरूलाई हाम्रो अपिल सरकारमा सहभागी गराउने भन्ने हुन्छ । बाहिर बसेर विरोध गर्दा त्यसको प्रतिफल क्रान्तिकारीहरूलाई नभई प्रतिक्रान्तिकारीलाई पुग्छ । उहाँहरूको नियत राम्रो हुँदाहुँदै पनि बाहिर बस्नु राम्रो हुँदैन । त्यही कुरा भित्र बसेर गर्दा पार्टी नै बलियो हुन्छ । मलाई लाग्छ उहाँहरूले यो कुरा मनन गर्नुहुन्छ ।
सरकारको कामको मूल्यांकन चाहिँ कसरी गर्नुभएको छ ?
सरकारमा अहिले विकृति बढेको छ । सबै पार्टीमा सरकारमा जाने होडबाजी चलेको देख्दा पार्टीहरू र नेतृत्वको संकीर्ण स्वार्थलाई मात्र अभिव्यक्त भइरहेको छ । सानो घेराबाट मात्र हेरिन थालेको छ । सरकार, आफ्नो व्यक्तिगत स्वार्थ र थोरै फराकिलो हुँदा राजनीति गोलचक्कर जस्तो देखिन थालेको छ । सिंगो देश र जनतालाई ध्यान दिएर नीतिगत प्रश्नमा केन्द्रित गर्ने परिपाटी कम छ सरकारमा लागेका पार्टीमा । एउटा त सरकारमा लागेका मान्छे असाध्यै सानो घेरामा छन् । बृहत् घेरा नबनाउने, नीतिगत काम नगर्ने अवस्था छ ।
माओवादीभित्र राजनीतिक वैचारिक मतभेदको समस्या त छ नै, यो पार्टीभित्र देखापरेका अरू समस्या के हुन् ?
पार्टीमा विवाद रहेका कारण वैचारिक राजनीतिक समस्या त छ नै । हामीसँग अहिले सांगठनिक अराजकताको समस्या जब्बर छ । संगठनलाई व्यवस्थित गर्न नसक्ने समस्या व्योरहेका छौँ । अर्को कार्यकर्ता व्यवस्थापन पनि हाम्रो ठूलो समस्या बनेको छ । हाम्रो पार्टी युद्धबाट आएको पार्टी हो । युद्धबाट आएका साथी जो पूर्णकालीन थिए,उहाँहरूको कामको ठोस व्यवस्थापन हुन सकेको छैन । उहाँहरूको व्यवस्थापन ठोस नभएपछि पार्टीभित्र समान खालको व्यवस्थापन हुन नसक्दा, यसले पार्टीभित्र असमानता जस्तो, अवसर पाउने र नपाउने जस्तो भयो । पार्टीभित्र विकृति र विसंगति बढ्यो । गाउँ र सहरमा काम गर्ने साथीको विषयमा पनि असमानता देखियो । थुप्रै साथी गाउँमा छन्, जसले कुनै अवसर पाएका छैनन् । यो समस्या पार्टीभित्र जटिल नै छ । राजनीति र वैचारिक समस्या हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहन्छ । यो स्वाभाविक हो कम्युनिस्ट पार्टीभित्र । विभाजित मानसिकता, व्यवस्थापनमा असमानता, स्तरको मापनमा देखिने समस्याको हल गर्न आवश्यक छ । पार्टीले कार्यदल बनाएको थियो । हामीले पार्टी निर्माणसँगै कार्यकर्ताको व्यवस्थापनबारे सुझाब पनि दिएका छौँ । सम्भवतः संविधान निर्माण प्रक्रियासँगै देशको राष्ट्रिय राजनीति एउटा नयाँ प्रक्रियामा जान्छ । त्यससँगै पार्टी निर्माणमा गम्भीरतापूर्वक लाग्नैपर्छ र लाग्छौँ । यसले कार्यकर्ता व्यवस्थापनमात्र हुने होइन, पार्टी एकढिक्का भएर जान सक्छ ।
पार्टी विभाजनको खतरा छ कि छैन ?
अन्तरसंघर्षको समस्या जटिल नै छ, अहिले नै सबै कुराको छिनोफानो भैसकेको छैन ।
पार्टी विभाजन गर्न खोज्नेलाई तपाईंको सुझाब ?
दुस्मनको रणनीति नबुझी आफ्नो रणनीति सफल हुँदैन । पार्टीलाई एकताबद्ध गराएर वर्गदुश्मनको रणनीतिलाई पराजित गराउनु नै बुद्धिमान क्रान्तिकारीहरूको दायित्व हो । बदलि“दो परिवेशअनुसार संघर्षको स्वरूप पनि बदलेर अगाडि बढ्ने कुरा सामाजिक रूपान्तरणको नियम नै हो । सिद्धान्तको रक्षा गर्दा प्रतिक्रान्तिकारी रणनीति सफल नहोस् भन्ने उहाँहरू (किरण) ले गम्भीरतापूर्वक सोच्नुहुनेछ भन्ने मेरो अपेक्षा छ ।
बाबुरामजीको नेतृत्वको सरकारमा त पुरानै अनुहार नै मन्त्री हुने निर्णय आयो । त्यसपछि बन्ने अर्को सरकारमा तपार्इं मन्त्री हुने वा भएर काम गर्ने मानसिकतामा हुनुहुन्छ?
म धेरैपटक मन्त्री भएँ । सरकारमा जाने रहर मलाई खासै छैन । सरकार, राज्यसंयन्त्रलाई मैले राम्ररी बुझेको छु । सरकारमा जान रहर गर्ने साथीहरूको लामै कतार छ हाम्रो पार्टीमा पनि । सरकारबाहिर बसेर सरकारलाई आलोचनामात्र गर्नुभन्दा आफै“ गएर अनुभव गर्दा राम्रो हुन्छ भन्ने मलाई लाग्छ । त्यसैले नया“ साथीहरूलाई अवसर दिनुपर्छ भन्ने मेरो धारणा छ । सरकारमा गएर भन्दा बाहिरबाट राजनीतिक काम गर्दा पनि जनताको पक्षमा काम गर्न सकिन्छ । जनताको काम गर्ने कुरा माथिल्लो तहको काम हो ।
जिम्मेवारी आयो भने त जानुहुन्छ नि ?
पार्टीले आवश्यक ठान्यो र जिम्मेवारी दियो भने त जाने कुरा नै भयो । हिजो जनयुद्धमा जाँदा सबै कुरा त्यागेर मर्न पनि तयार भएर हि“डेको हो । पार्टी र जनताको हितका लागि मैले दिनुपर्ने योगदान, गर्नुपर्ने त्यागका लागि सधैँ तयार छु । तर, म यसलाई मेरो व्यक्तिगत इच्छाको विषय बनाउँदिनँ ।
एक बर्षभित्र निर्वाचनमा जाने गरी नया“ सरकार बनाउने भनिएको छ, आगामी चुनावमा माओवादी कसको नेतृत्वमा चुनावमा जान्छ ?
१४ जेठपछि मुलुकको राजनीति, कसरी अगाडि बढ्छ हेर्नुपर्छ । अग्रगामी र यथास्थितिवादी प्रवृत्ति र सोचबीच द्वन्द्व हुने नै छ । यसको राजनीतिक समाधान कसरी हुन्छ त्यति वेलादेखि नै अन्तरविरोधको विशेषतामा भर पर्नेछ । जस्तोसुकै स्थितिमा पनि हाम्रो पार्टीबाट त्यसको वैचारिक राजनीतिक नेतृत्व अध्यक्ष प्रचण्डले नै गर्नुहुनेछ । । निर्वाचन आउने कुरा त संविधान बनिसकेपछि मात्र हो । अहिले त्यता नजाऔँ । नया“ संविधानले कतातिर लैजान्छ । नयाँ सरकारले राज्य संयन्त्रलाई जनभावनाअनुसार लैजान सक्यो भने, नयाँ संविधानको भावनाअनुसार जनतालाई अधिकार सम्पन्न गरियो भने, जनभावनाअनुसार शान्तिप्रक्रिया टुंगियो भने, द्वन्द्वको व्यवस्थापन राम्रो भयो भने शान्तिपूर्ण चुनाव हुन सक्छ । त्यस वेला एउटा नाराले देशलाई केन्द्रित गर्न सक्छ । तर, यसरी गएन, विषय उल्टो दिशातिर गए भने जनताले विद्रोहको बाटो समाउन पनि सक्छन् । त्यस वेला उहाँ (प्रचण्ड) विद्रोहको नायक बन्न सक्नुहुन्छ । जनताको भावनाअनुसार भएन भने जनता विरोधमा उत्रन सक्छन् । जनता आन्दोलनमा जान्छन् । इतिहासमा खास नायकको खोजी हुन्छ । हाम्रो पार्टी जनताको पक्षमा जान्छ । हाम्रो पार्टी जनताको पक्षमा रहने भएकाले अध्यक्षले नै जनताको भावनाको नेतृत्व गर्नुहुनेछ ।
तपार्इं विदेश विभाग प्रमुख भएर काम गरिरहनुभएको छ, शान्तिप्रक्रियामा प्रवेश गर्दा र अहिलेको माओवादीलाई हेर्ने अन्तर्राष्ट्रिय समुदायमा के फरक पाउनुभएको छ ?
धेरै अन्तर छ । सुरुका दिनमा माओवादीलाई अन्तर्राष्ट्रिय समुदायले जसरी हेर्थे आज धेरै फरक पाएको छु । अन्तर्राष्ट्रिय समुदायस“गको सम्बन्धलाई लिएर कतिपयले पहिला माओवादीलाई जनताले जसरी साथ दिएका थिए, अहिले छैनन् भन्ने तर्क पनि गर्छन् । तर, कुरा त्यसो होइन । हामीले तय गरेको कार्यदिशाका आधारमै भन्ने हो भने अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध विस्तारमा हामी काफी सफल भएका छौँ । यो सफलता मैले अन्तर्राष्ट्रिय विभाग सम्हालेकै कारणमात्र हो भन्ने होइन, सिंगो पार्टीकै नीति र अध्यक्षलगायत नेताकै भूमिकाको कारण हो । यो सम्बन्धलाई हामीले जनताको अधिकार प्रयोग गर्ने हदसम्म पुरयाउनुपर्छ । त्यहाँ लैजान सकेनौँ



